By Dikendra
झापा । झापाको कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले आज ६२औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नवनिर्मित भवन उद्घाटन, शिक्षक तथा अक्षयकोष दाताहरु सम्मान, अक्षयकोष घोषणा, पुरस्कार वितरण र वृहत साँस्कृतिक कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष होमबहादुर बरालको अध्यक्षतामा बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो । बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कमल गाउँपालिकाका प्रमुख हुकुमसिंह राई र गाउँपालिकाकी उपप्रमुख प्रमिला न्यौपाने तिवारीले गर्नुभएको थियो ।
सो समारोहमा विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा कार्यरत खेमप्रसाद सापकोटा र विद्यालय व्यस्थापन समितिका पूर्व अध्यक्ष डिल्लीराम अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । २०८१ असारबाट विद्यालयबाट सेवानिवृत हुनुहुने शिक्षक सापकोटालाई दीर्घसेवाबाट सम्मान गरिएको हो ।
त्यस्तैं, विद्यालयमा विभिन्न विषयगत उत्कृष्ट हुनुहुने शिक्षक तथा शिक्षिकाहरुलाईसमेत सम्मान पत्र प्रदान गरिएको थियो । यसरी सम्मानित हुनुहुनेहरु शिक्षक तथा शिक्षिकाहरुमा यामनारायण प्रधान, मदन मिश्र, बिमल भट्टराई, मनोज गौतम, मुना खड्का लगायत छन् ।
सम्मानित शिक्षक तथा शिक्षिकासहित सेवानिवृत शिक्षक सापकोटा र विद्यालय व्वस्थापन समितिका पूर्वअध्यक्ष अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि एबम् गाउँपालिका प्रमुख राई, बिशिष्ट अतिथि एबम् उपप्रमुख न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा विद्यालयमा दुई वटा फरक फरक विषयगत अक्षयकोष स्थापन गर्ने घोषणा गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी, सामाजिक अगुवा तथा शिक्षक बिष्णु निरौलाले दिवगंत आफ्ना पिता गौरीनाथ निरौलाको स्मृतिमा रु १ लाखको अक्षयकोष र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जीतलाल गौतमले रु १ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
त्यस्तैं, दमकका व्यवसायी राजेन्द्र ढकालले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार १ सय ५० बढी विद्यार्थीहरुलाई स्वीटर वितरण गर्नुभएको छ ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक आइतबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसबीच, विद्यालयका प्रधानध्यापका हिमप्रसाद दाहालले विद्यालय स्थापनाकालदेखि हालसम्म भएका प्रगती तथा संस्थागत बिबरणहरुसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कमल २ का वडाध्यक्ष अशोक सुब्बा, १ का वडाध्यक्ष केदार कटुवाल, ३ का अध्यक्ष अग्नीप्रसाद कोइराला, शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सापकोटा, स्वास्थ्य शाखा अधिकृत दिपक दाहाल, दमक शिक्षा शाखा अधिकृत सोमप्रसाद गुरागाई, नेता भीमबहादुर राई लगायतका बिशिष्ट व्याक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले मनोरञ्जनात्मक गीत, नृत्य र खेलहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष होमबहादुर बरालले धन्यवाद मन्तव्य विद्यालयका शिक्षक यामनारण प्रधानले कर्यक्रम सञ्चालन गर्नुभएको थियो ।










