✒️दिपेश श्रेष्ठ : हिजाे नेपालभर ३०३ औँ पृथ्वीनारायण तथा राष्ट्रिय एकता दिवस मनाइयाे भने विभिन्न समुदायले पृथ्वीनारायण शाहकाे सालिकमा थुके।
नेपालमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता,नेपालका पिता लगायतका नामले पुकारिरहँदा खस-आर्य बाहेकका समुदायहरुले भने यिनलाई नकारिरहेका छान्। यिनकाे सालिकमा थुकिरहेका छन्।

ईतिहास राम्राे काम गर्नेहरुकाे लेखिन्छ , जुन हिसाबमा पृथ्वीनारायण शाहकाे भने यिनै खस-आर्य समुदायका लागि लेखिएका हुन् भन्न गाराे देखिन्न किन भने तत्कालिन समयमा छरिएर रहेकाे टुक्रे राज्यका राजाहरुलाई पृथ्वीनारायणले जालझेल , कपटगरेर हत्याइएकाे देखिन्छ।तसर्थ खस-आर्य बाहेकका यी ७ समुदायले यिनलाई राष्ट्रिय बिभुति नस्विकार्दैनन् र सालिकमा थुक्छन्।
१, गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
२, राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो । यसप्रकारका त्रास फैलाए राईहरुलाई दशै मान्न र टिका लगाउन बाध्य बनाए ।
३, लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउामा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
४, नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवारहरुले गोरखा राजाको शासन स्वीकारेका थिएनन् । नेवारहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवारहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
५, गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउाका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाा र बााया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
६, मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।
७, तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लागएर शान्तिपूर्ण वार्त गर्न विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउामा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।










