काठमाण्डौ । नेपाल बैंक लिमिटेड कम्पनिका कर्मचारी र खातावाल ग्राहाकरुलाई २०८१ साल पौष महिना २५ गते देखि लागु हुनेगरि नेपालको पहिलो बैंक बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई टिकट बुद्ध एयरलाइन्स कार्यालय काउन्टरले शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सेवामा ३० प्रतिशतले छुट हुने भएकोे छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक श्री रुपेश जोशीले हस्ताक्षर गर्नुभएको जानकारी भएको छ ।
यस सम्झौताबाट नेपाल बैंक लिमिटेडमा काम गर्दै आएका कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवाबाट लाभान्वित हुन सक्ने प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारीले बताउनु भएको छ ।










