Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संविधान खारेज नै गर्नुपर्छ, यो संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्छः प्रभु साह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 30, 2024

संविधान खारेज नै गर्नुपर्छ, यो संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्छः प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेज गरिनुपर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान संविधान खारेज गरिनुपर्ने र संविधान बनाउने नेताहरुलाई झुण्ड्याउनुपर्ने बताएका हुन् । उनले जनआन्दोलन, जनादेश र संविधान सभाको भावनाविपरीत संविधान बनाइएको बताए ।

‘संविधान संशोधन आजको आवश्यकता हो कि होईन ?’ भन्ने प्रश्नमा उनले भने, ‘संविधान खारेज गर्नुपर्छ, के–को संशोधन गर्ने ? यो संविधान बनाउने नेताहरु झुण्ड्याउनुपर्छ । संविधान सभाबाट होईन, ती नेताहरुले कुकर्म गरेर बनाएको हो । संविधान सभा भनेको जनआन्दोलनको बेसमा बनेको हो । जनआन्दोलनको जनादेशविपरीत जाने छुट संविधान सभालाई थिएन । संविधान सभाको जनादेशविपरीत जाने नेताहरुलाई छुट थिएन । जनादेश, जनआन्दोलन र संविधान सभाको विरुद्ध नेताहरुले कुकर्म गरेका छन् । आज देशले वर्बादी भोगिरेहको छ, ती नेतालाई फाँसीमा झुण्ड्याउनुपर्छ ।’

संविधान सभामा बेइमानी हुँदा र जनताको अधिकार लुटिँदा अहिले लोकतन्त्रको ठाउँमा दल तन्त्र हाबी भएको उनको दाबी छ । आफूहरुले राष्ट्रियताको लागि लडेकोमा विदेशीलाई नेपालको नागरिकता दिनेजस्तो राष्ट्रघाती काम गरिएको र संघीयताको लागि लडेकोमा ७६१ सरकारको तमासा देखाइएको उनको टिप्पणी छ ।

त्यस्तै, नेता साहले आफूहरुले समानुपातिक व्यवस्थाको लागि लडेकोमा यो संविधानले शासकलाई नै समानुपातिक अधिकार दिएको बताए । ‘मैले राम्रो व्यवस्थाको लागि लडेको थिएँ । मैले संविधान सभामा नाङ्गै आँखाले हेरेँ, बेइमानी भएको, लुट भएको, जनताको अधिकार लुटिएको । हामी लडेको लोकतन्त्रको लागि हो नि, दलतन्त्र भयो । हामी राष्ट्रियताको लागि लडेका थियौं, विदेशीलाई नागरिकता दिलाउने राष्ट्रघाती काम गरे । संघीयताको लागि लडेका थियौं, आज ७६१ सरकारको तमासा बनाए । हामीले समानुपातिकको लागि लडेका थियौं, शासकलाई समानुपातिक अधिकार ? दुनियाँमा सुन्नुभएको छ आरक्षणको अधिकार शासक जातिलाई ? हामी प्रतिस्पर्धाको लागि लडेका थियौं, सिन्डिकेट ल्याइदिए । यसरी बेइमानी गरेको हेरेपछि प्रभु साहले ताली बजाउँछ ? मैले भनेको छु– जनताको आँखा खुल्नेछ, यी बेइमान र ठग नेताहरुलाई जनताले झुण्ड्याउने छन् ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved