Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रबिले दिए सबै बयान इन्कारी , बयान आजपनि हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 27, 2024

पोखरा । स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम हिनामिना आफ्नो कसुर नभएको बताएका छन्। उनले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याउन गितेन्द्रबाबु राई (जिबी) जिम्मेवार रहेको बयान दिएका हुन्।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको मुद्दामा बिहीबारदेखि रविको बयान सुरु भएको छ। जिल्ला अदालत कास्कीमा न्यायाधीश नीतिज राईको इजालसमा लिला पछाईंको बयान सकिएसँगै रविको सुरु भएको हो।

खाजा समयपछि रविले झन्डै तीन घण्टा लामो बयान दिए। इजालसमा रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँग सम्बन्धित रहेर प्रश्न गरियो। रविले सबैजसो प्रश्नमा इन्कारी बयान दिएको एक अधिकवक्ता बताउँछन्।

ती अधिवक्ताका अनुसार रविले आफू कुनै कसुरमा संलग्न नरहेको र जिबी जिम्मेवार रहेको दोहोर्‍याइरहे। उनले सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले लिएको बयानमा पनि सहकारीबाट रकम ल्याउने विषयमा आफू जानकार नभएको बताएका थिए।

‘…सहकारीबाट रकम ल्याउने विषयमा मसँग औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराइएको छैन/थिएन। त्यसैले सहकारीलाई नै गोरखा मिडियाले चेक दिँदा पनि कुनै ऋणको साँवा, व्याज वा किस्ता हो भन्ने बुझ्नुपर्ने एउटा पनि आधार र कारण थिएन’, अभियोग पत्रमा उल्लेख बयानमा भनेका छन्, ‘कुनै सहकारीबाट ऋण तिर्नु भन्ने कुनै सूचना, जानकारी, पत्रलगायतको कुनै ताकेता भएको अवस्थासमेत थिएन।’

आफूले हस्ताक्षर गरेको खाली चेकको दुरुपयोग भएकोसमेत न्यायाधीश राईसमक्ष बताए। राईको शुक्रबार पनि बयान निरन्तर हुनेछ।

रविलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ। सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो।

आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्दामा आठ कम्पनी, ५ जना सम्पत्ति प्रयोजनसहित गरेर ४४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

कास्की प्रहरीको हिरासतमा गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशीको सोमबार र मंगलबार बयान लिइयो। जिबीसँग मिलेर सहकारी रकम क्रिप्टोकरेन्सीमा समेत लगानी गरेकी लिला पछाईंको मंगलबार र बिहीबार बयान लिइयो।

रविको बयान सकिएपछि नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक रहेका कृष्णबहादुर गुरुङको बयान हुनेछ। त्यसपछि प्रतिवादीको सूचीमा रहेका सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान हुनेछ। बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ।

न्यायाधीश नीतिज राईको इजालसले थुनामा राख्ने, धरौटीमा वा सामान्य तारेखमा छाडेर मुद्दाको किनारा लगाउने आदेश गर्नेछ। तर, अझै केही दिन हिरासतमा रहेका प्रतिवादीको बयान लिने लाग्ने देखिन्छ।

सूर्यदर्शन सहकारी प्रकरणमा रवि, छवि, जिबीसहित कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved