Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हाम्रो उद्धारमा परमेश्वरको प्रबन्ध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2024

✏️आकाश मगर । सँसार अहिले झीलिमिलि र उज्यालोले छाएकोछ,डिसेम्बर महिनाको पुर्वसन्ध्या देखिनै मानिसहरु हर्षोलासका साथ ख्रिष्टमसलाई आफ्नो घर आगनिमा स्वागत गरिरहेकाछन। ख्रिष्टमसले मानिसहरुको बिचमा परमेश्वरको उपस्थितिलाई जनाउदछ। ख्रिष्ट येशुलाई बिस्वास गर्ने ख्रिष्टीयन धर्मालम्बीहरुले गौरब र धन्यबादी साथ येशुको मानवरुपि अवतारको त्यो निष्खोट समर्पणता प्रति धन्यबादि हुन्छन , येशु जसले मानिसको पाप मोक्ष गर्न यौ सँसारमा आउनुभयो ।निराशा र उदाशिताले भरिएको सँसारालाई आशा दिन, अशान्तिले भरिएको सँसारलाई ख्रिष्टमा शान्तीको निश्चयता दिन परमेश्वराई ठिक लाग्यो। यसैकारण परमेश्वरले आफ्नो पुत्र सँसारको निम्ती दिनुभयो ताकि उहाँ माथि बिस्वास गर्ने कोहि नाश नहोस तर अनन्तको जिवन पाओस ।

जव मानिसहरुले आफ्नो सृष्टिकर्तालाई बिर्से ,सृष्टिको थोकहरुमा ईस्वरको महिमा साटे, सृष्टि गरिएका थोकहरुलाई परमेश्वरलाई दिन पर्ने महिमा दिए ।मानिसहरु परमेश्वर बिहिन भए,अनि परमेश्वरको सिँहासन मानिसको हृदय भित्र खालिभयो ।सँसार पहिले यस्तो अशान्ती र बेमेलले भरिएको थिएन तर शान्ती र सुखले भरिएको थियो तर जुन बेला अदनको बगैचामा एउटा ठुलो घटना घट्यो , मानीसको अनाज्ञाकारिता जसले सम्बन्धमा बिच्छेद ल्यायो , जसले मानिसको जिवनमा पाप र मृत्यु सँगै लिएर आयो ।

मानिसको परमेश्वर सँगको बिद्रोहले, अनाज्ञाकारिता जसले परमेश्वर सँग गाँसिएको करारलाई भँग गरे, अनि परमेश्वरले आफ्नो करार पुरा गर्नुहुनेवाला थियो ।मानिसलाई आफ्नो क्रोधले मार्नेवाला थियो तरै पनि उहाँ कृपालु र अनुग्रहमा धनि हुनुहुन्थ्यो जसकारण अब आदमको अनाज्ञाकारिताले बिगारेको सम्बन्धलाई स्त्रिको सन्तानबाट पुनः मिलापमा ल्याउने प्रतिज्ञा गर्नुभयो यसैकारण उत्तपति ३ः१५ मा स्त्रिको सन्तानले सर्पको सन्तानको शिर कुच्याउने प्रतिज्ञा स्वरुप कन्ये केटिबाट येशु जन्मीने भबिष्यवाणि सबै भन्दा पहिले परमेश्वर आफैले गर्नुभयो । येशु मात्र त्यो ब्यक्तिहुनुहुन्थ्यो जसले परमेश्वरको क्रेधलाई आफ्नो बलिदान द्धारा सान्त पार्न सक्नुहुन्थ्यो, अनि आदमले भँग गरेको करारलाई बलिदान र आज्ञाकारिद्धारा पुरा गर्नुहुनेवाला थियो ।

अनाज्ञाकारिता र पापले निम्त्याएको हार ,निराशा र शत्रुहरुको आक्रमण अनि प्रवासि जिवनले बेचैन भएका ईस्राएलिहरु , जसले अब झनै परमेश्वरलाई भुल्न खोज्दै थिए,ईस्राएलि जो सँसारको सबै जातजातिबाट छुटाईएको परमेश्वरको बिशेष जाति थिए तर आज तिनै ईस्राएलि परमेश्वरको बिरुद्धमा बागि बन्दा यशैयाले भन्दछ, बरु गोरुले आफ्नो मालिक चिन्छ ,गधाले आफ्नो स्वामिको डुड चिन्छ तर मेरो प्रजाले मलाई चिन्दैन । हतास ,उदाश र निराशको भारि बोकेर परमेश्वर बिहिन जिउदै गरेको मानिसहरुलाई भन्नुहुन्छ । अब हतास नहो निराश नहो,तिमिहरुले पर्खिरहेको राजा, तिमिहरुले बेजोड प्रतिक्षा गरेको ईम्मानुएल जन्मीनेवाला छ यशैया ७ः१४ ले भन्दछ हेर चिन्ह यो हुन्छ कन्येले गर्भधारण गर्नेछिन र एउटा पुत्र जन्माउनेछिन उनको नाम ईम्मानुएल राखिनेछ जसको अर्थ परमेश्वर हामिहरु सँग । पुनः मिलापको सम्भावनाहरु बढ्नेवालाछ , अब परमेश्वरले आफ्नै तर्फबाट पुर्नमिलापको प्रस्ताव तयार पार्नुभएकोछ ।

यशैया ९ः१ देखि ७ ले भन्दछ अन्धकारमा बस्नेहरुले एउटा ज्योति देखेकाछन, मृत्युको छाँयाको देशमा बस्नेहरु माथि एउटा ज्योति उदाएकोछ , अनि हाम्रो निम्ति एकजना बालकको जन्म भएकोछ हाम्रो निम्ति एक जना छोरा दिईएको छ , सासण उहाँको काँधमा हुनेछ ,उँहा अचम्मका सल्लाहाकार शक्तिशालि परमेश्वर शान्तिको राजकुमार कहलाईनु हुनेछ ।एउटा आत्मिक अन्धकार जसको बिषयमा यशैया ६० अध्यायले भन्दछ उठ प्रकाशमान हो, तिम्रो प्रकाश आएकोछ ,पृथ्विलाई अध्यारोले र मानिसहरुलाई घोर अध्यारोले धाकेकोछ । यो आत्मिक अध्यारो जाँहा मानिसहरु हराई रहेकाछन, स्वतन्त्रता र मनको बहकाउने ईच्छाले उडाएर परमेश्वरलाई देख्न सक्ने ठाउँ देखि दुर बनाई दिएकोछ ।तरै पनि एउटा आशा लिएर ख्रिष्ट सँसारमा आउनु भएकोछ ।

येशु ख्रिष्ट जन्मनु भन्दा करिब ७५० बर्ष अघि यशैया भबिष्यबक्ताले परमेश्वर ईमानुएल भएर हाम्रो बिचमा आउनुहुनेछ भनि भविष्यवाणि गरे । उनै ईमानुएल येशु ख्रिष्ट जो मानव जातिलाई पापबाट छुटकारा दिनुहुनेवाला हुनुहुन्थ्यो उहि येशु जो परमेश्वर भएर पनि मावनरुप धारण गरि हामिहरु जस्तो पापि र बिद्रोहि मानिशहरु सँग वास गर्न आउनुभयो ताकि अब मानिसहरु परमेश्वर सँगको पुन मिलापमा आउन सकुन , येशुले दिनुहुने शान्तीको साझेदारि बन्न सकुन र पापको मोक्ष प्राप्त गर्न सकुन ।
येशु भबिष्यबक्ता हुनुहुन्थ्यो , येशु प्रधान पुजाहारि हुनुहुन्थ्यो जो आफै बलिदानको थुमा बन्नुभयो , येशु ख्रिष्ट राजा हुनुहुन्थ्यो जो दाउदको सिँहासनमा बसेर मण्डलि र ब्रमाण्डको राजा भई सँसारलाई आफनो धार्मिकताको राज दण्डले राज्य गर्नुहुन्थ्यो । येशुको यि तिनओटै ओहोदाहरुले मानब जातिलाई परमेश्वरको पुन मिलापमा ल्याउदछ । जव बालक येशुको जन्महुन्छ पुर्वबाट आएका ज्योतिषिहरुले बालक राजा जन्मीएको आकाशमा उदाएको ताराबाट पत्ता लगाए ,ज्योतिषिहरुको दर्शन गर्ने मागले यहुदामा ठुलो बेचैन र तहल्का मच्चायो,हेरोद आफ्नो सिँहासन खोसिने डरले बेचैन भए तर जब ज्योतिषीहरुले बालकलाई लुगाले बेह्रेर आफ्नी आमाले बोकेको भेट्टाए तब सुन ,धुप र मुर्र चढाए । यि सुन्दर भेटिहरु चढाउदै गर्दा तपाई राजा हुनुहुन्छ यसैले हामि सुन चढाउछौँ , तपाई ईश्वर हुनुहुन्छ हामि धुप चढाउछौँ अनि तपाई परमेश्वरको थुमा सँसारको पाप उठाई लैजानुहुने हुनुहुन्छ यसैले हामि मुर्र चढाउछौँ यहि सँकेत गरिरहेका थिए । वास्तव येशु ख्रिष्ट परमेश्वरको प्रबन्ध मानिस जातिको लागिहो ताकि अब हामि येशुद्धारा बाच्न सकौँ र परमेश्वरको मिलापमा आउन सकौँ पापको डर लाग्दो विषलाई थुमाको रगतको एन्टिडोकले निस्तेज पार्न सकौँ । जसरि आज बिज्ञानको युगमा सर्पको बिषको उपचारको लागि घोडा वा त थुमाको रगत प्रयोगमा ल्याईन्छ त्यसरिनै पापको विषबाट बचाउन हाम्रो लागि येशु हाम्रो थुमाको रगतको प्रबन्ध स्वरुप येशु आउनु भयो ।

पापले धमिलो बनाईदिएको मानिसमा भएको परमेश्वरको स्वरुपलाई पुन निर्माण गर्न,कि हामि ठुलो मालबाहाक कन्टेनरमा ठोकिएको सानो टेम्पो जस्तोहौँ, कन्टेनर सँग ठोकिएर चक्नाचुर भएको सानो दुखि टेम्पो, जस्तो मानिसहरु आएर भन्थे अहो सानो टेम्पो कच्याककुचुक भएकोछ । कसैले भन्दैनथे कि केको डल्लो हो। एक दिन एक जना मेकानिक आउछ र त्यो कुच्चीएको टेम्पोलाई आफ्नो ग्यारेज भित्र लगेर मर्मत गर्छ र पुन ः जिवन दिन्छ । अब यो टेम्पोले आफ्नो परिचय गुमाउन लाग्दा उसले आफ्नो अस्तित्व पाएकोछ । हामि मानव जाति पनि पापले हाम्रो अस्तित्व र स्वरुपलाई क्षेदबिक्षेद बनाउदा हामिमा भएको परमेश्वरको स्वरुपलाई ख्रिष्ट येशुले फेरि निर्माण गर्नुभयो हामिलाई जिवन दिएर त्यो अनन्त जिवनको बिश्चयता दिनुभयो।

प्रियहो येशुको आँगनमा , धनि र गरिबको बिभेदछैन, भाषा र धर्मको बिभेदछैन, यो जात वा त्यो जातको बिभेदछैन। कुन देशको नागरिकहो त्यसको पनि कुनै मतलबछैन । येशु सँसारको सबै भाषा, जातजाति ,लिँग , समुदायको लागि आउनुभएकोहो ।
येशु ख्रिष्ट कुनै पनि धार्मिक तथा साम्प्रदायिक पर्खालहरु खडा गर्न आउनुभएको होइन तर येशु ख्रिष्ट सँसारलाई शान्ति दिन, मेलमिलाप दिन, खुसि र आनन्द दिन आउनुभएको हो । सँसारको धन सम्पतिले किन्न नसक्ने अनन्तको जिवन र आनन्द दिन आउनुभएको हो। यसैले तपाई जे जातको भए पनि तपाई जे भाषा बोल्नुभए पनि, जे धर्म र आस्था अबलम्बन गर्नु भए पनि येशुको जन्मले हामिलाई उँहाको प्रेमको अधिनता मुनि ल्याउनुहुन्छ ताकि हामि सबै एकतामा आऔँ र सँसारमा शान्ति स्थापितहोस । येशुले कसैको धर्मलाई परिबर्तन गर्न आउनुभएन तर जिवन परिबर्तन गर्न र धार्मिकता स्थापित गर्न आउनुभयो ताकि हामि यो सँसारलाई बचनको शक्तिमा नयाँ स्वर्ग बनाउन सकौँ । जहा मेलमिलाप , प्रेम ,आदर, भाईचारा, क्षमा बढेर जानेछ ।

यसैले ख्रिष्टमस धन्यबादको उत्सबहो,कि परमेश्वर मानवरुप धारण गरि हाम्रो बिचमा जन्मनुभयो ।मानिसहरु मिति र तिथिलाई लिएर बहस गरिरहेकाछन र आफुलाई बिद्धान साबित गर्न खोजिरहेकाछन तर हामि मिति र थितिको होइन तर सँसारको सृष्टिकर्ताको जन्मउत्सहको खुसि मनाई रहेकाछौँ । येशु ख्रिष्ट जन्मनुभयो भनेर खुसि मनाउदा आत्तीनुपर्ने मात्तिनु पर्ने कुनै कारणछैन किन भने हामि २५ डिसेम्बरको सेवकहोइनौ तर हामित ख्रिष्टको सेवकहौँ यसैले मण्डलिले बसाएको परम्परालाई स्विकार गर्दै डिसेम्बर भरि हामि क्यारोल गाउदै खुसिको शन्देश सबैलाई सुनाउछौँ ।

अन्यायको बन्धन तोडेर अस्तित्व गुमाएका जिवनहरुलाई अस्तित्व दिन,सिमान्तकृत दिन दुखि र आत्मिक गरिबहरुलाई साथ दिन येशु सँसारमा आउनुभयो ताकि अब मानिसहरुले परमेश्वरलाई येशु ख्रिष्टद्धारा देख्न सकुन येशु हाम्रो स्वतन्त्रताको नायक हुनुहुन्छ ।एक जना धनि र दयालु मानिसले यो थाहा पाउदछ कि गाँउमा एक जना निदर्यि मानिसले धेरै चराहरु समाएकाछन र ठुलो यातना दिएर मनोरञ्जनको माध्यम बनाएकाछन एक दिन ति दयालु मानिस त्यो निर्दयि मानिस काँहा जान्छन र आफुसँग भएको धेरै पैसा तिरेर चराहरुलाई त्यो निर्दयि ब्यक्तिको कठोर फलामको पिँजडा बाट झिकेर भन्छ , मैले आफ्नो सम्पतिको मोल चुकाएर तिमिलाई स्वतन्त्रता दिएकोछु ,ए सानो चरा यो खुल्ला आकाशमा निर्बाध उड। हामि आफैलाई त्यो सानो चरा सँग तुलना गरौँ ,पापले हामि मानिस जातिलाई तमासाको साधन बनाई दिएकोछ, त्यो ठुलो पिँजडा भत्काएर उड्न सक्ने हैसियत थिएन तर येशु ख्रिष्टले मुल्य चुकाउनुभयो र पापै नचिन्नुहुने येशुले मानिसको पाप बोक्न मानव रुपमा जन्मनुभयो।

येशुको जन्मले युगलाई परिवर्तन गरिदिनुभएकोछ । अब हामि येशुमा बाँच्न सकौँ, येशु हाम्रो जिवनको अन्तिम चौतारि हुनुहुन्छ,यसैले प्रभु भन्नुहुन्छ हे थाकेका र बोझले दबिएकाहो म काँहा आउ म तिमिहरुलाई बिश्राम दिन्छु । सँसारले खोजेको र सँसारलाई चाहिने एउटै मुक्ति र शान्तीको आशा केवल येशु ख्रिष्ट हुनुहुन्छ यसैले यो ख्रिष्टमसमा पनि परमेश्वरको शान्ति, आनन्द हामी सबैमा होस ।

लेखक आकाश मगर सूचना चाैतारी डट कमका लागि उदयपुर जिल्ला संवाददाता हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved