Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रबि,छवि सहित १९ जना बिरुद्ध कास्कि प्रहरीले आज अभियाेजन दर्ता गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 22, 2024

कास्कि। पोखरास्थित सूर्य दर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध शुक्रबार पूरक अभियोजन दर्ता भएको छ। कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो। पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका र फरार दुवै छन्।

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा १९ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरिएको जनाएको छ। बाँकीविरुद्ध आइतबार (आज) मुद्दा दर्ता गरिने कास्की जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्। पहिलो चरणमा पूरक अभियोजन दर्ता गरिएकामा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत छन्। उनीहरू अहिले पुर्पक्ष थुनामा छन्।

उक्त सहकारीका पूर्वअध्यक्ष जिबी राई, भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, बुद्धि गुरुङ फरार छन्। उनीहरूविरुद्ध बचतकर्ताले सामूहिक उजुरी दिएपछि पहिलो चरणमा पक्राउ पुर्जी जारी भएको थियो। पूरक अभियोजन दर्ता गरिएका मध्ये जिबीविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसहित राष्ट्रबैंक कसुर थप गरिएको छ। न्यायाधिवक्त काफ्लेले भनिन्, ‘अनुसन्धानमा भेटिएका प्रमाण र पुष्टि भएका कसुरअनुसार मुद्दा दर्ता गरेका छौं।’

दोस्रो चरणमा जिबीका साझेदार गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक/प्रबन्ध निर्देशक रवि लामिछाने, छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए।

बचतकर्ताले आफूहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ नगरिएपछि आन्दोलनसमेत गरेका थिए। त्यही बीचमा संसद्मा रविलगायतमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने आवाज उठेपछि प्रतिनिधिसभा सदस्य सूर्य थापाको संयोजकत्वमा छानविन समिति बन्यो। समितिले रविसहितले सहकारी ठगी गरेको औंल्याउँदै कारबाहीको दायरामा ल्याउन भनेपछि सरकारको निर्देशनमा प्रहरीले रविसहितलाई पक्राउ गरेको थियो। दोस्रो चरणमा पक्राउ परेका रविसमेतविरुद्ध आइतबार मुद्दा दर्ता हुने जानकारी जिल्ला न्यायाधिवक्ता काफ्लेले दिइन्।

पहिलो मुद्दामा उक्त सहकारीका पदाधिकारीले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रूपैयाँ अपचलन गरेको प्रहरीको दाबी छ। तर अहिले पूरक अभियोजन गर्दा १ अर्ब ५१ करोड ४ लाख १९ हजार १ सय ९४ रूपैयाँ बिगो दाबी गरिएको छ। उनीहरूविरुद्ध ८ देखि १० वर्ष कैद र बिगो बराबरको जरिवाना माग गरिएको छ। प्रहरी प्रतिवेदनमा सहकारीका संस्थापक जिबी राई समूहले सहकारी खोलेदेखि रकम अपचलन गर्न थालेको उल्लेख छ।

सो समूहले नक्कली सेयर सदस्य बनाउने, विभिन्न कम्पनी खडा गरेर पैसा लैजाने, सहकारीको नाममा सम्पत्ति नराखी व्यक्तिका नाममा राख्ने, व्यक्तिका नाममा लगेको रकम पनि कम्पनीका नाममा ट्रान्सफर गर्ने, सहकारीको नियम पालना नगरी रकम निकासा गर्र्नेलगायत काम गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved