Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मिटर ब्याजिका साहुहरु पर्नथाले कानुनि फन्दामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2024

राैताहट।  रौतहटका मिटरब्याजी अर्थात् साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मिटरब्याजीहरुमाथि रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर धमाधम प्रहरीको फन्दामा पर्न थालेका हुन् ।

अनुचित लेनदेन अर्थात् तोकिएको भन्दा बढी चर्को ब्याजमा पैसा लगानी गरेको आरोपमा रौतहट प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।

लामे समयदेखि फरार माधवनारायण नगरपालिका –५ मिठुअवाका ४१ वर्षीय श्रीभगवान साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौर रौतहटबाट खटिएको प्रहरी टोलीले बिहीबार लुकीछिपी बसेको अवस्थामा साहलाई पक्राउ गरेको हो ।

अनुचित लेनदेन अर्थात् मिटरब्याजीको कारोवार गरेको आरोपमा जिल्ला अदालत रौतहटको पक्राउ पुर्जीको आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपक कुमार रायले बताए ।

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भइ फरार रहेका साहलाई जिल्लाको शुकदेव चौकबाट पक्राउ गरिएको रायले बताए ।

स्थानीय रामप्रित साहले दिएको जोहेरीको आधारमा श्रीभगवान साह र निजको श्रीमती विनिता साहमाथि अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौर रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

अनुचित लेनदेन सम्बन्धी मुद्दामा आलतबाट पक्राउ पुर्जी जारी भएको अर्का अभियुक्त साहकी श्रीमती विनिता साह फरार रहेकी छन् ।

पीडित रामप्रित साहले मीटरव्याजी साहसँग लिएको साँवा र ब्याज चुक्ता गरेपछि श्रीभगवान साहले उनीसँग गराएको कपाली तमसुक कागज फिर्ता गर्न नमानेपछि पीडित रामप्रितले प्रहरीमा मिटरब्याजी सम्बन्धी जाहेरी दिएका थिए ।

पक्राउ परेका व्यक्ति श्रीभगवान साह सरकारी कर्मचारी रहेको र उनी कर्णाली प्रदेशमा कार्यरत रहँदा त्यहाँबाट घरआएर लुकीछिपी बसीरहेको कुरा प्रहरीले थाहा पाउने बित्तिकै निजलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे अहिले विदामा छन् । एसपी घिमिरे विदामा गएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी डीएसपी रायले सम्हालेका छन् । रायले फरार अभियुक्तहरुलाई पक्राउ गर्न तदारुकता देखाएपछि विभिन्न मुद्दामा फरार अभियुक्तहरु अहिले धमाधम पक्राउ पर्न थालेका छन् ।

डीएसपी रायको कडा निगरानी र एक्सनकै कारण मिटरब्याजी रहेका साह पक्राउ पर्न सफल भएका हन् । यसमा रौतहट प्रहरीको ठूूलो सफलता रहेको देखिएको छ ।

मिटरव्याजी साह पक्राउ परेपछि अनुचित लेनदेन अर्थात् मिटरब्याजीको कारोवार गर्ने व्यक्तिहरुमा डरत्रास उत्पन्न भएको छ ।

मुलकी देवानी संहिता २०७४ को परिच्छेद १५ को दफा ४७८ मा साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन भन्ने उल्लेख छ । कानुनमा यस्तो प्रावधान रहेपनि व्यवहारमा भने ठीक उल्टो छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved