Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नक्सा पास नगरि ठडिएकाे दमककाे त्याे भ्यू टावर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 11, 2024

झापा।  झापाकाे दमकमा प्रधानमन्त्री  केपी शर्मा ओलीको अग्रसरता र विशेष जोडमा पाँच वर्ष लगाएर निर्माण गरिएको सो भ्यु टावरलाई अब दमक व्यापारिक कम्प्लेक्सका रूपमा सञ्चालन गर्ने भनिएको छ । सडक, पुल, विद्यालय र अस्पतालमा बजेट छुट्याउन नसकेको सरकारले व्यापारिक कम्प्लेक्स निर्माण गर्ने विषय आफैंमा विडम्बनापूर्ण छ ।

दमक कमर्सियल कम्प्लेक्स बनाउँदा यो संरचनाको न वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरिएको छ, न नक्सापास नै भएको हो । यो देशमा कुनै सर्वसाधारणले आफ्नो ओत लाग्ने घर नै नक्सापास नगरी बनाउन सक्छ ? अथवा ईआईए नगरी कुनै परियोजना बनाउन सक्छ ? बनाउन सक्दैन भने प्रधानमन्त्रीले कसरी सक्छन् ? यो बलमिच्याइँले न प्रधानमन्त्रीको ओज बढाएको छ न कानुनको । यसले कानुन जनताका लागि मात्र हो भन्ने मान्यतालाई बलियो मात्र बनाएको छ ।

दमकमा भ्यु टावर निर्माणका लागि २०७६ सालमा चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साइराम जेभीले ठेक्का पाएका थिए । सुरुवातमा २०७८ पुस २७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिडलगायत समस्या देखाउँदै निर्माण कम्पनीले म्याद थपेर ५ वर्षमा काम पूरा गरेको छ । १८ तले यस भ्यु टावरको लागत डेढ अर्ब छ । भीमकाय संरचनाको औचित्यमाथि आलोचना गर्नेहरूलाई प्रधानमन्त्रीले अबुझको संज्ञा दिने गरेका छन् । भ्यु टावरको अग्लाइ र सम्भावित बहुप्रयोजनको गर्वसाथ चर्चा गर्दै प्रधानमन्त्रीले आइतबारको उद्घाटन समारोहमा आफूहरूले ‘मणि’ बनाएको दाबी गरे । यद्यपि, त्यो मणिको सदुपयोग कसरी हुन्छ भन्ने स्पष्ट चित्र अझै देखिएको छैन । किनकि, टावर सञ्चालनका लागि आवश्यक व्यवस्थापनको मोडालिटी र ठोस कार्ययोजना बन्न सकेको छैन ।

दमक कमर्सियल कम्प्लेक्सको निर्माणमाथि कैयौं प्रश्न छन् । सरकारको प्राथमिकतामा यस्ता ‘कमर्सियल टावर’ कसरी पर्न सक्छन् ? जुन स्थानमा व्यापारको सम्भावना र नाफाको उच्च सम्भावना रहन्छ, त्यस्तो स्थानमा निजी क्षेत्रले नै आवश्यक संरचना बनाउँछन् । सरकारले त सडक, बिजुली, खानेपानी जस्ता आधारभूत पूर्वाधार बनाउने हो । तर कमजोर सडक छिचोल्दै पुगिने टावरमा राज्यले लगानी गर्नु बजेटको दुरुपयोग हो । अर्कोतिर, यस्तो टावरमा लागत उच्च हुन्छ । तर आर्थिक प्रतिफलको सुनिश्चितता हुँदैन । वा भए पनि लामो समयपछि हुन्छ । दमक टावरको हकमा पनि त्यही हुने निश्चित छ । किनकि, निर्माण सम्पन्न भएको महिनौं बित्दासमेत यो प्रभावकारी ढंगबाट सञ्चालन हुने संकेत देखिएको छैन । भविष्यमा सञ्चालन हुन सक्छ । तर वर्तमानको प्राथमिकताचाहिँ यो टावर होइन भन्ने प्रस्टै छ । यतिबेला सरकारको प्राथमिकता र शासकको गौरवबोधमा विद्यालय, अस्पताल, पुल जस्ता संरचना परोस् भन्ने नागरिक अपेक्षा हुने गर्छ । यसबाट मात्रै आममान्छेको तत्कालीन दैनिकी सहजीकरण हुन्छ, सुन्दर भविष्यको आधार प्रदान हुन्छ ।

याे सामग्री ekantipur.com बाट लिइएको हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved