Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ख्रीष्टमस के हो ? कसरी मनाइन्छ ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 11, 2024

पा. गिदोन लामिछाने ।  आज भन्दा १ हजार ६ सय ८८ वर्ष पहिला रोमबाट शुरु भएको ख्रीष्टमस अहिले संसारका ६० प्रतिशत भन्दा बढि अथवा झण्डै ५ अर्ब मानिसहरुले डिसेम्बर २५ का दिन ख्रीष्टमस मनाउने गरेका छन् । शाब्दिक अर्थमा ख्रीष्टमस भनेको ख्रीष्टियनहरुको समूह वा भेला हो । जहाँ ख्रीष्टियनहरु एकसाथ भेला भएर प्रभु येशू ख्रीष्टको जन्मको सम्झनामा उत्सव मनाई रमाहट गर्ने दिन हो । कतिपयले ख्रीष्टमस भनेको प्रभु येशू ख्रीष्टको जन्मदिनका रुपमा लिने गरेका छन्, तर ख्रीष्टमस जन्मदिन नभएर जन्मोत्सव हो ।

जन्मको सम्झनामा मनाईने जन्मोत्सव डिसेम्बर महिनाभरी मनाइने चलन छ । चौथो शताब्दीमा रोमबाट शुरु भएको ख्रीष्टमस १२ औं शताब्दीमा युरोपियन चाडको रुपमा विकास भएको पाइन्छ भने २० औं शताब्दीबाट ख्रीष्टमस विश्वव्यापी बनेको हो । मानिसको पापलाई क्षमा गर्न थुमाको रुपमा २०२४ वर्ष अघि पवित्र आत्माको शक्तिमा गर्भधारण भई इजरायलको बेथलेहेममा कन्य मरियमको कोखबाट पुत्रको रुपमा जन्मनु भएको प्रभु येशु ख्रीष्ट करिब ३३ वर्षको हुञ्जेल स्वर्गको राज्यका विषयमा प्रचार गर्दै आफुनै मानिसको पापबाट छुटकारा दिने व्यक्ति भएको बताउनु भयो ।

उहाँले पवित्र शास्त्रका भविष्यवाणी पुरा गर्नका लागि संसारमा मानिसको रुपमा आएको बताउँदै शास्त्रमा लेखिएझैँ मारिनुभयो, गाडिनु भयो र तेस्रो दिनमा बौरी उठ्नु भयो । पुनरुत्थान पछि ४० दिनसम्म पृथ्वीमा रहनुभयो र मानिसले हेर्दाहेर्दै स्वर्गारोहण हुनुभयो । उहाँ अहिले स्वर्गमा पिताको दाहिने बाहुली तर्फ बिराजमान हुनुभएको छ । उहाँलाई उद्दारकर्ता र मुक्तिदाता हुनुहुन्छ भनि विश्वास गर्ने र ग्रहण गर्नेले उद्दार र मुक्ति पाउने छ । अहिले संसारमा भएका मण्डलीहरु ख्रीष्टका साक्षी हुन् । उनीहरुले येशूको सुसमाचार प्रचार गर्ने र मानिसहरुलाई धार्मिकताको बाटोमा हिड्नका लागि तालिम दिने गर्दछन् ।

येशू संसारमा फेरि आउनुहुनेछ, त्यसबेला मण्डलीहरु उठाइ लगिनेछ भने येशूमा विश्वास नगर्नेहरु छोडिनेछन्, अन्त्यमा विश्वास गर्नेहरु येशूसँग स्वर्गमा रहनेछन् र अन्यचाहिँ नरकमा शैतानसँग हुनेछन् । पवित्र बाइबल युहन्न १४ः६ मा येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ, मबाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।” यसैकारण ख्रीष्टियनहरुले येशू ख्रीष्टलाई परमेश्वरका रुपमा मान्दछन् र आफ्नो परमेश्वर मानिसको रुपमा पृथ्वीमा जन्म लिएको अबसरको सम्झना गर्दै ख्रीष्टमस मनाउने गरिएको हो ।

पवित्र बाइबल युहन्ना ३ः१६ मा लेखिएको छ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।” युहन्ना १ः१ अनुसार प्रभु येशू ख्रीष्ट आदिमा वचन हुनुहुन्थ्यो, मानिसलाई पापबाट मुक्ति दिनलाई उहाँ देहधारी हुनुभयो । हो, त्यहि खुशीको खबर संसारका मानिसहरुसँग साटासाट गर्नका लागि ख्रीष्टमस मनाइने गरिएको छ ।

पुरानो नियममा ६० पटक भन्दा बढि मुक्तिदाताको रुपमा येशू ख्रीष्टको जन्म हुनेछ भनि भविष्यवाणी भएको थियो । यशैया अगमवक्ताले इसापूर्व ७ सय तिर यशैया ७ः१४ मा भनेका थिए, “यसैकारण परमप्रभु आफैले तिमीहरुलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।” ७ सय वर्षपछि यस्तो घटना भयो, कि मत्ती १ः१८–२५ मा लेखिएअनुसार येशू ख्रीष्ट आत्माबाट गर्भधारण हुनुभयो, शरीरबाट होइन । अनि लुका २ः११ मा लेखिएको छ, “आज दाउदको सहरमा तिमीहरुका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।” उहाँ जन्मेको कुरा सत्य हो भन्ने कुरा मत्ती २ः११ ले पनि पुष्टि गरेको छ ।

त्यहाँ लेखिएको छ, “अनि घरभित्र पसेर तिनीहरुले बालकलाई आमा मरियमको साथमा देखे, र घोप्टे परेर उहाँलाई दण्डवत् गरे । तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए ।” साच्चिकै जुनबेला प्रभु येशू ख्रीष्टको जन्म भयो त्यहि समयबाट संसारको इतिहास नै दुई भागमा विभाजन भएको छ । उहाँ जन्मनु अघिको समयलाई विफोर क्राइष्ट (इसापूर्व) र येशू ख्रीष्ट जन्मेपछिको समय एडोनोमी अर्थात् ख्रीष्ट हामीसँग जसलाई इ.सं., सन्, ख्रीष्टाब्द आदि भनिन्छ ।

अहिले हामी २१ औं शताब्दी अर्थात् सन् २०२४ को अन्तमा आइपुगेका छौं । ख्रीष्टमसको आठौं दिनमा नयाँ साल शुरु हुन्छ । तत्कालिन इजरायली व्यवस्था अनुसार अर्थात् पुरानो नियम अनुसार छोरा मान्छेको नामकरण (न्वारान) ८ औं दिनमा हुन्थ्यो । लुका २ः२१ अनुसार “आठौं दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूतले दिएका थिए ।” यसकारण डिसेम्बर २५ येशूख्रीष्टको जन्मदिन र त्यसको आठौं दिन जनवरी १ तारिख हुनुले ख्रीष्टमस मनाउनु कुनै आश्चर्यजनक हुँदैन । बाइबलमा येशू ख्रीष्टको जन्म, मृत्यु र बौरी उठाइको मिति लेखिएको छैन किनकी दिन बनाउने पनि प्रभु हुनुहुन्छ । त्यसैले उहाँ एक ऐतिहासिक र सत्य ईश्वर–मानिस हुनुहुन्छ भन्ने प्रमाणित छ ।

ख्रीष्टमस सन् ३३६ मा रोम (इटाली) मा डिसेम्बर २५ देखि आधिकारिक रुपमा ख्रीष्टमस मनाउनु शुरु गरिएको हो । १२ औं शताब्दीमा युरोपभरी महत्वपूर्ण चाडको रुपमा स्थापित बन्यो भने २० औं शताब्दीमा आइपुग्दा ख्रीष्टमस विश्वव्यापी चाड बन्न पुगेको छ । यो सँगै ख्रीष्टमसका केही आकर्षक पक्षहरुको पनि विकास भएको छ । ख्रीष्टमसमा शुभकामना कार्ड बाडिन्छ । ‘मेरी ख्रीष्टमस एण्ड ह्याप्पी न्यू इयर’ लेखिएर ख्रीष्टमस कार्ड वितरण गर्ने चलन निकै पुरानो हो । अहिले पत्रपत्रिकामा, सामाजिक सञ्जालमा समेत ख्रीष्टमस शुभकामना आदन–प्रदान गरिन्छ । त्यस्तै ख्रीष्टमसको अर्को आकर्षक पक्ष भनेको ‘ख्रीष्टमस ट्री’ हो ।

पिलपिल बत्ति, स्याउका दाना, विभिन्न फलफुलका दाना, वत्ति, घण्टी, सल्लाका दाना आदि धुपीका रुख जस्ता प्लाष्टिकका रुखहरु बनाएर सजाइन्छ, जसलाई ख्रीष्टमस बृक्ष (ट्री) भनिन्छ । ख्रीष्टमसमा ‘क्यारोल’ खेलिन्छ । क्यारोल भनेको येशूको जन्मको बारेमा सुसमाचारीय गित, संगित हो । ख्रीष्टमस आउन लागेको समयमा मण्डलीका युवाहरु विभिन्न चोकहरुमा गाउँदै नाच्ने गर्दछन् यसलाई ख्रीष्टमस क्यारोल भनिन्छ ।

ख्रीष्टियनहरुले ख्रीष्टमसका अवसरमा आफ्ना घर तथा चर्चमा अग्लो स्थानमा ‘स्टार’ अर्थात् तारा झुण्ड्याउने गर्दछन् । घरमा स्टार राखेर रातको समयमा झिलीमिली बनाउने गरिन्छ । त्यस्तै ख्रीष्टमसमा ‘सान्टा क्लज’ पनि एक आकर्षक पक्ष हो । सन्त सेन्ट निकोलस जो चौथो शताब्दीमा हल्याण्डमा ख्रीष्टमसको पूर्वसन्ध्यामा केटाकेटीहरुलाई विभिन्न उपहारहरु बाड्दथे, त्यसको निरन्तरतामा सान्टा क्लज लगाएर ख्रीष्टमसमा उपहार बाड्ने गरिन्छ । डिसेम्बर २५ का दिन चाहिँ चर्चहरुमा ख्रीष्टियनहरु भेला भएर आराधना, सेवा संगति, कार्यक्रम, खानपीन, रमाइलो आदि गरेर खुशीयाली मनाइन्छ, यहि हो ख्रीष्टमस ।

ख्रीष्टमस ख्रीष्टियनहरुका लागि एक महान् पर्व हो । इसाईहरुको मुख्य चाड हो । यस चाडमा विश्वभर सार्वजनिक विदा दिइन्छ । नेपालमा पनि सार्वजनिक विदा दिइन्छ । सरकारले विदा दिएपछि गैरख्रीष्टियनहरुले पनि ख्रीष्टमसमा सामेल हुने र ख्रीष्टको विषयमा बुझ्ने, सुन्ने र ख्रीष्टियनहरुसँगै रमाउने गरेका छन् । कतिपयले त ख्रीष्टममा सहभागिता जनाएकै कारण राम्रो लागेर ख्रीष्टियन बनेका छन् ।

यसैले ख्रीष्टमस भित्र हृदयबाट नै खुशी भएर मनाइने पर्व हो । यो संसारका सबै मानिसका लागि येशू ख्रीष्टको विषयमा सुन्ने, बुझ्ने र उहाँलाई ग्रहण गर्ने समय पनि हो । त्यसैले ख्रीष्टमसमा रमाऔं, रमाहट गरौं । संसारभर रहेका समस्त मानव जातिको मुक्तिका खातिर जन्मनु भएका प्रभु येशू ख्रीष्टको महिमा गरौं ।

लेेेखक : मुक्ति मण्डलि धरानका पास्टर हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved