विराटनगर । कोरोना भाइरस कोभिड १९ को महामारी नियन्त्रण गर्नका लागि बिदेशी लगानीकर्ताहरु युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
युएनडिपीका तर्फबाट ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राई लाई हस्तान्तरण गरेको युएनडिपीका धनबहादुर चन्दले जनाएको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्ने क्रममा सामाजिक विकास मन्त्री राईले महामारीको बेला जनताको श्वास्थ्य पहिलो भएकाले दातृ संघ संस्था,निकायहरुले कोरोना संक्रमण नियन्त्रणमा खेलेको भुमिकोको बिषयमा उच्च प्रशंसा गरेको छ ।
सवै पक्षको सहयोगमा मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने भएकोले दातृ संस्थाहरुलाई आगामी दिनमा पनि निरन्तर सहयोगका लागि आग्रह पनि गरेको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा दातृ निकायको तर्फबाट युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको मन्त्री राईको सचिवालयले जनाएको छ ।










