कृष्ण कुँवर, यूएई । नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा यू.एन.एफ.ए. (यूएई नेप्लिज फुटबल एसोसियसन्) ले पत्रकार महासंघ यूएई शाखालाई पेनाल्टी शूटआउटमा २- १ गोलले हराउँदै विजेता बनेको छ।
फाइनल खेलको शुरुवातमा पत्रकार महासंघको तर्फबाट मिलन मैनालीको गोल संगै अग्रता लिएको पत्रकार महासंघलाई खेलकोअन्तिम १९ सेकेन्डमा यू.एन.एफ.ए.का सुमन भण्डारीले फ्रीकिक मार्फत गोल फर्काएपछी खेल पेनाल्टी शूटआउट तर्फ धकेलिएको थियो।

दुवईस्थित अल- सलाम् विद्यालयको अल किसेस् मैदान र महिस्ना विद्यालयको मैदानमा करिव पाँचसय जना दर्शकको उपस्थितिमा शनिबार राती ९ बजेबाट सुरु भएको खेल बिहान ३ बजे सम्पन्न भएको थियो।
नेपाली संघ-संस्था हरुको बिचमा आकर्षणको केन्द्र नेपाली दूतावास अबुधाबी र राजदूत तेज बहादुर क्षेत्री रहेका थिए। दूतावासले यूएईमा हुने खेलमा पहिलो पटक आफ्नो सहभागिता जनाएको र सेमी फाइनल सम्मको यात्रा गरेको थियो।
मैत्रीपूर्ण खेलमा नेपाली दुतावास अबुधाबी नेपाल पत्रकार महांसघ युएई, नेपाली समाज युएई, नेपाली समाजमा आबद्ध संघसंस्था , गैर आवासिय नेपाली संघ र युएई नेप्लिज फुटबल एसोसिएसनले सहभागिता जनाएका थिए।
कार्यक्रम निकै अशल भएको, व्यस्तताका बावजूद नेपाली समुदायको बीच कार्यक्रममा खुशी साट्न पाऊंदा आफुलाई आनन्दित लागेको हार्दिकता, चिनजान्, संजालको अशलकार्य भएको र आगामी दिनमा नेपाली समुदायबाट एस्तै कार्यहरुको अपेक्षा गरेको राजदूत तेज बहादुर क्षेत्रिको भनाई थियो।
एन.आर. एन. ए. उपाध्यक्ष फणिद्र ढकालले नेपाली समुदायका बिचमा दूतावासको उपस्थितिले खुशी तुल्याएको र आगामी दिनमा दूतावास नेपाली समुदायसंग अझै संपर्कमा रही अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए। नेपाली समाजले गरेको काम राम्रो छ तर आगामी दिनमा रातको समयमा नभई दिनको उपयुक्त समय छनौट् गर्नपर्ने बताए।
नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालका अनुसार- नेपाली समुदायका बीचमा सेवाकार्य गर्ने क्रममा स्वास्थ्यलाई टेवापुगोस् भन्ने उद्देश्यले हामीले नेपाली समुदायको बिचमा खेलकुदका कार्यक्रमहरु पनी गर्दैआएका छौं। त्यही कार्यलाई निरन्तरता दीएका हौं। अभिभावक संस्था नेपाली दूतावास, संघ- संस्थाका प्रतिनिधि र नेपाली समुदायको उपस्थितिले उत्साहित र खुशी छौं, यो कार्यक्रमले नेपाली दाजुभाई-दीदिवहिनी हरुप्रति आत्मियता बढाएको छ। त्रुटि छन् तर आगामी दिनमा सच्याएर अझै व्यवस्थित बनाउनेछौं।
यूएईमा भएका २७ ओटा क्लब हरुको छाता संगठन यू.एन.एफ.ए का अध्यक्ष अनिल शेर्पाले आगामी दिनमा नेपाली संघ-संस्था हरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा सहभागी हुने बताए।











