Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अख्तियारले सुरुगर्याे माेहन बहादुर बस्नेत बिरुद्धकाे उजुरी माथि छानविन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 13, 2024

काठमाडौँ । नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९, २०७६ साउन ३ ,२०८० पुस १ र २०८१ वैशाख १६ गते छुट्टाछुट्टै उजुरी परेको छ । सबै उजुरीमाथि एकसाथ अनुसन्धान भइरहेको आयोगको उच्च स्रोतले  जानकारी दिएको छ ।

के के छन् बस्नेतमाथि लागेका अभियोग ?
पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन: २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट बस्नेत दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । मेयर भएपछि बस्नेतले नागार्जुन नगरपालिका ५ स्थित सीता होम कोलोनीमा करिब १० करोड रुपैयाँ मूल्य बराबरको निजी निवास निर्माण सम्पन्न गरेको र वाफलस्थित चक्रपथमा ५० करोड रुपैयाँ बराबरको भवन सपिङ मलका लागि निर्माण गरिरहेको उजुरी आयोगमा परेको छ ।

बस्नेतले गैर कानुनी आर्जन गरी सम्पत्ति जोडेको उजुरीमा उल्लेख छ । बस्नेतले एक बैकबाट २० करोड रुपैयाँ ऋण लिएर सपिङ मलका लागि भवन निर्माण भइरहेको दाबी गर्दै आफूलाई बित्थामा आरोप लगाइएको बताए ।

आयोगमा परेको उजुरीमा बस्नेतले आर्जन गरेको गैर कानुनी सम्पत्तिबाट ५ करोड रुपैयाँको प्राडो गाडी किनेको आरोप पनि लगाइएको छ । बस्नेत भने प्रभु बैकबाट ऋण लिएर गाडी खरिद गरेको र अहिले पनि किस्ता तिरिरहेको दाबी गर्छन् ।

सरकारी जग्गा मिचेको: बस्नेत विरुद्ध परेको अर्को उजुरीमा आर्थिक लाभ लिएर पद्य कोलोनी निर्माणको स्वीकृति दिँदा सरकारी जग्गा मिच्न सहयोगी बनेको उल्लेख छ । नागार्जुन नगरपालिका–५ र ६ स्थित विशाल आवास योजना (पद्म कोलोनी)को फेज वान, टु र थ्रीको निर्माणका क्रममा बस्नेतले त्यस्तो गरेको आरोप छ ।

बस्नेत चाहिँ पद्म कोलोनीको निर्माण २०५२ सालमै सुरु भएकाले आफू मेयर भएर त्यसो गरेको आरोप झुटो भएको दाबी गर्छन् ।

गैर कानुनी आर्जन गरेको सम्पत्ति खेलकुदमा प्रयोग: बस्नेतलाई लागेको अर्को आरोप उनी मेयर हुँदा आर्जन गरेको अकुत सम्पत्तिलाई सुद्धिकरण गर्न खेलकुद क्षेत्रमा प्रयोग गरेको भन्ने हो । नेपाल क्रिकेट सङ्घलाई चन्दा दिएर अमेरिका भ्रमण गरेको, स्नूकर, नेटवल, टेबल टेनिसजस्ता खेल सम्बद्ध संस्थाहरूलाई आर्थिक सहयोग गरी त्यही आडमा क्यानडा, जापान, अस्ट्रेलियालगायतका देश भ्रमण गरेको जिकिर उजुरीमा गरिएको छ ।

बस्नेत चाहिँ नगरपालिकाको निर्णयबाट खेल क्षेत्र तथा खेलाडीलाई सहयोग गरिएको बताउँछन् । विदेश भ्रमण पनि प्रक्रिया पुर्‍याएरै गरेको उनको दाबी छ ।

श्रीमतीलाई नगरपालिकामा काज: अख्तियारमा परेको अर्को उजुरीमा बस्नेतमाथि एक सामुदायिक विद्यालयकी शिक्षिका श्रीमती उर्मिला बस्नेतलाई २०७९ असार १९ मा नगरपालिकामा काज झिकाउने क्रममा स्वार्थको द्वन्द्व हुने गरी टिप्पणी सदर गरेको भनिएको छ ।

मेयर बस्नेत पनि श्रीमतीलाई अवकाश हुनु भन्दा ३ महिना अगाडि काजमा ल्याएको स्वीकार गर्छन् । जनउद्धार माध्यमिक विद्यालयकी शिक्षिका बस्नेतलाई नगरपालिकाको शिक्षा शाखामा काजमा सरुवा गरिएको थियो । जुन नियमसँगत भएको दाबी मेयर बस्नेतको छ ।

खानेपानी र सार्वजनिक सम्पत्ति दुरुपयोग: अख्तियारमा बस्नेत विरुद्ध खानेपानी आयोजना निर्माणदेखि निजी कम्पनी खडा गर्ने कार्यसम्ममा अधिकारको दुरुपयोग गरेको भन्ने उजुरी पनि छ ।

‘पदको दुरुपयोग गरी शक्ति र पैसाको आडमा दबाब सिर्जना गरी समुदायमा खानेपानीको हाहाकारको अवस्था हुँदा पनि विभिन्न सामुदायिक खानेपानी तथा व्यापारिक बोरिङबाट घुसबापत धारो र पानीको लाइन जोड्न लगाई स्वार्थको द्वन्द्व गराउने काम भएको छ’ उजुरीमा भनिएको छ, ‘आफ्नो र आफ्नो परिवार, आसेपासेको नाममा वडा नं ५ मा स्पार्रकिङ पिउने पानी उद्योग नामक कम्पनी खोली पानी बिक्री गरेर मासिक लाखौंको आम्दानी गर्ने गरेका छन् । ’

नगरपालिका क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक सम्पदाहरू मास्ने कार्य गरी सार्वजनिक, सरकारी र समुदायको जग्गाहरू ठुला ठुला आवास योजनाभित्र पार्न सिफारिस गरेको र भूमाफियाँसँग मिलेर सार्वजनिक जग्गामा नगरपालिकाको खर्चमा बाटो खोलिदिएर करोडौँ हिनामिना गरेको आरोप पनि उजुरीमा लगाइएको छ । नगरपालिकाको वडा नं. ५ स्थित गैरी धारा सामुदायिक बन वरपर बस्नेतले अचल सम्पत्ति जोडेकाले पनि यस्तो कार्य गरेर अनुचित लाभ लिएको दाबी गरिएको छ ।

मेयर बस्नेत चाहिँ फिल्डमै आएर अध्ययन गरी आरोप पुष्टि गर्न चुनौती दिन्छन् । आरोपित मेयर भन्छन्– गल्ती गरेको रहेछु भने जेल जान तयार छु।

विभिन्न अभियोगबारे अख्तियारको छानबिनमा परेको मेयर बस्नेतले उजुरीबारे रातोपाटीसित कुरा गर्दै स्थानीय निर्वाचनमा भोट माग्नै नगई लोकप्रिय मतसाथ दोस्रो कार्यकालका लागि जितेपछि राजनीतिक प्रतिशोधका आधारमा उजुरी हाल्ने क्रम बढेको बताउँछन् ।

कतिपय अभियोगबारे अख्तियारलगायतका निकायले छानबिन गरी टुङ्ग्याइसके पनि उही विषयमा उजुरीहरू परेको उनले बताए ।

आयोग मात्र नभई सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख राजनीतिक दलका नेतृत्व, सबै जसो सांसद, काठमाडौँ जिल्ला प्रशासनलगायतका निकाय र व्यक्ति समक्ष आफ्नो विरुद्ध उजुरी हालिएको बस्नेतले बताए ।

‘मलाई पहिलादेखि नै दुख दिइरहेका छन् । शत्रु लागेका छन् । ३०० वटा उजुरी हालिसके’ उनले भने । मैले बदमासी गरेको भए थुने भइगयो नि ? गलत गरेको रहेछु भने सजाय भोग्न तयार छु । त्यसका लागि अदालत, अख्तियारलगायत निकाय छन् ।’

बस्नेतले आफू मेयर मात्र नभई नागरिक पनि भएकाले परिवारसँग घुम्ने र सम्पत्ति कमाउने अधिकार कानुनले नै दिएको बताए । र पनि म भन्न चाहन्छु– ‘मैले कुनै गल्ती काम गरेको रहेछु भने जेल जान तयार छु ।’

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved