Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पाेखरा विमान स्थलबाट जहाजबाट रबिलाई बुटवल लगिँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 12, 2024

काठमाडौं ।  बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई आज रुपन्देही ल्याइँदैछ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अहिले बिहान पोखराबाट जहाजमा  भैरहवा ल्याउन लागिएको हो।

लामिछानेलाई भैरहवा ल्याए लगत्तै आजै बयान सुरु गरिने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए। जति सक्दो छिटो बयान सकेर लामिछानेलाई पोखरा नै पठाइने उनले बताए।

कात्तिक २ गते सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिनको म्याद थप गरेको थियो। कास्कीमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड  २९ लाख रुपैँया जिवी राइ, छविलाल जोशी, रवि लामिछानेको समुहले गोर्खा मिडियामा लगेर अपचलन गरेको मुद्दा रुपन्देहीमा छ।

सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ ऋण लगेको  देखिएको यसअघिका अुनसन्धान प्रतिवेदनमा उल्लेख छ। सोही मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो। लामिछाने गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक हुन्।

यसअघि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी तथा गोर्खा मिडियाका तत्कालिन उपाध्यक्ष छविलाल जोशीलाई पनि सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान गराएर कास्की पठाइएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ गते लामिछाने, पूर्व डिआइजी जोशी लगायतका १२ जनाविरुद्ध संगठित अपराध अनुसन्धान मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी हुनेमा दिपक लामा, अनन्तबाब राई, श्री बल्लभ नेपाल, विशाल तमाङ, रबिना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी नरेश जिसी र शिव बहादुर गुरुङ छन्। उनीहरु गोर्खा मिडिया नेटवर्कका शेयर सदस्य, सञ्चालक समितिका पदाधिकारी र बैंकिङ्ग कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु हुन्।

गत वर्षको चैतमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत सुप्रिमका संस्थापक अध्यक्ष गितेन्द्रबाब (जिवी) राइ, अध्यक्ष ओमप्रकास गुरुङ, व्यवस्थापक सागर केसी, सचिव दिपेश पुन लगायतका २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। ती मध्ये ७ जना  पक्राउ परेका थिए। पक्राउ परेका मध्ये अध्यक्ष गुरुङलाई पुरपक्षका लागि थुनामा पठाइएको छ। सचिव दिपेश पुन सहितका ६ जना धरौटीमा छुटिसकेका छन्। जिवी राई, सागर केसी सहितका १९ जना अहिलेसम्म पक्राउ परेका छैनन्।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम अपचलन भएको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको हो।

यसैबिच, रास्वपाले आज भैरहवामा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापती  लामिछानेलाई बयानका लागि भैरहवा ल्याउने खबर पाएसँगै रास्वपाले प्रदर्शनको तयारी गरेको हो।

आज बिहान ११ बजेदेखि नै भैरहवामा विरोधको कार्यक्रम सुरु गर्ने रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved