Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भाेइस अफ नेपालले नचिनेकाे प्रशान्त जसलाई “पूर्णबहादुरको सारङ्गी” ले चिनायाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 9, 2024

” स्टाकोटा आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म, लिनु कर्मै खोटो, पढाइ लेखाई ठूलो मान्छे बनाउने रहर, गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर भुइँसमै टेके मैले तिमी टेक्नु धुरी, पाखुरीमा ताकत रहेसम्म बोकी हिँड्छु हालेर काँदेकुरी “

तपाईँलाई लाग्ला यो गीत का शब्द त कोही साहित्यकारले लेखेका होलान्। वा कुनै प्रख्यात गीतकारले लेखेका होलान् तर होइन, यो गित त भर्खरै संगीतमा भाग्य कोर्छु भन्दै हिँडेका २५ वर्षीय युवा गायक प्रशान्त शिवाकोटीले लेखेका हुन्।

साँच्ची नै २५ वर्षमा यस्तो अद्भुत शब्द र मार्मिक शब्द कसरी लेख्न सकेको होलान् मैले उनको पुरा कथा जान्ने विचार गरे, उनी त कोही नभएर नेपालकै ठूलो गायन रियालिटी शो ( द भोइस अफ नेपाल सिजन ५) मा top 9 बाटै फालिएका गायक प्रशान्त शिवाकोटी पो रहेछन्। पटकपटकको असफलतालाई चिर्दै आज फेरि प्रशान्त शिवाकोटी सफलताको यस्तो शिखरमा चढ्दैछन कि आज उनी चलचित्र पूर्णबहादुरको सारङ्गी बाट यति हिट भएका छन्,उनलाई २५ वर्षमै चर्चित,गायक संगीतकार र गीतकारको ट्याग लागिसकेको छ ।

को हुनु प्रशान्त शिवाकोटी ? जसले २५ वर्षमै नेपाली संगीतमा हलचल मच्चाए, यस्तो छ उनको संघर्षको कथा :

गायक प्रशान्त शिवाकोटीको जन्म सन् १९९९ सेप्टेम्बर ३० मा झापा जिल्लामा भद्रपुरमा भएको थियो, हाल प्रशान्त २५ वर्ष मात्र भएका छन्, भद्रपुरको एक मध्यम परिवारमा जन्मिएका प्रशान्त बुवा कमल शिवाकोटी र आमा चन्दा शिवाकोटीको जेठा छोरा हुन्। बुबाआमा र एक भाइ समेत रहेका प्रशान्त सानैबाट गीत गाउने गर्दथे। प्राय सानोमा स्वर्गीय गायक नारायण गोपाल र भक्तराज आचार्यका गीत सुन्दै हुर्किएका प्रशान्त संगीतमा भविष्य खोज्दै आजभन्दा सात वर्ष पहिला काठमाडौँ आएका थिए। हाल प्रशान्त संगीत विषयमा ललितकला क्याम्पसमा अध्ययन गरिरहेका छन्।

यसरी सुरु भएको थियो प्रशान्त शिवाकोटीको सांगीतिक यात्रा, सानै उमेरमा काठमाडौँ हानिएका प्रशान्त पटकपटकको असफलता र हारबाट संघर्ष गर्दै सफलतामा आइपुगेका एक उदाहरणीय कलाकार हुन्। उनको सांगीतिक यात्राको सुरुवात भने साङ्गीतिक रियालिटी शो भोइस अफ नेपालबाटै सुरु भएको थियो। भोइस अफ नेपाल सिजन ५ बाट दर्शक माझ लोकप्रियता बटुले पनि भोइस अफ नेपाल सिजन ३ मा मा नै प्रशान्तले सहभागिता जनाइसकेका थिए। तर उनी सिजन ३ मा सेलेक्ट नै हुन सकेनन्,

अब भोइस अफ नेपाल सिजन ३ मा सेलेक्ट नभएपनि उनले निरन्तर संगीतमा साधना गरि नै रहे। त्यसैले पनि होला उनले फेरि भोइस अफ नेपाल सिजन ५ मा सहभागिता जनाए र अडिसमा सेलेक्ट पनि भए, तर भोइस अफ नेपालको ब्याटल राउन्डमा गएर उनी धन्दै बाहिरिनुपर्यो, ब्याटल राउन्डमा उनीसँगै गायिका रोजिना बस्ने थिइन्। ब्याटल राउन्डमा कोच रहेका उदय सोताङले गायिका रोजिना बस्नेतलाई रोजेपछि प्रशान्त बाहिरिएका थिए ,तर एकाएक कोच प्रमोद खरेलले प्रशान्तलाई स्टिल गरेर पुन भोइस अफ नेपालमा प्रवेश गराएका थिए।

पुन voice of नेपालमा प्रवेश गरेर प्रशान्त टप ९ सम्म पुग्न सफल भएका थिए। नेपालको भोटिङ सिस्टम, जसमा जसले धेरै भोट किन्न सक्यो उसैले रियालिटी शो जित्ने सम्भावना हुन्छ, सायद प्रशान्तले प्रशस्त भोट किन्न सकेनन् जसको कारण उनी भोइस अफ नेपाल सिजन ५ को top 9 बाटै रुँदै बाहिरिनुपर्यो।

उक्त रियालिटी शोमा विजेता बन्न नसकेपनि प्रशान्त शिवाकोटीले आफ्नो संगीत क्षेत्रलाई कहिल्यै बिट मारेनन्। reality शोबाट निक्लिएपछि प्रशान्त सेवाकोटी छ सात महिना बिना काममा बस्नुपर्यो। कारण उनले कतै काम पाएनन्, कहिलेकाहीँ उनी कसैको गीतमा कोरस गाउने गर्दथे भने कसैको गीतमा शब्द लेख्ने गर्दथे।

उनलाई चलचित्रमा गीत गाउन निकै रहर एवं रुचि थियो। उनलाई कामको खाँचो थियो, तर उनलाई झटपट कसैले विश्वास गरेनन्, एकदिन उनले चलचित्र पूर्णबहादुरको सारङ्गी बन्दैछ भन्ने थाहा पाए र उनले पूर्णबहादुरको सारङ्गी टिमसँग भेटघाट गरे । चलचित्र निर्माण पक्ष प्रशान्तको क्षमता र प्रतिभालाई देखेर यति उत्साहित भएकी चलचित्र निर्माण टिमले चलचित्रको सम्पूर्ण गीतको जिम्मा नै प्रशान्त शिवाकोटीलाई थमाइदिए।

यो प्रशान्तको पहिलो चलचित्र थियो न त उनलाई कुनै अफिसियल गीतको अनुभव नै थियो। तर पनि उनले हिम्मत नहारी चलचित्र पूर्णबहादुरको सारङ्गी टिमसँग सम्झौता गरे , जब प्रशान्तले पूर्णबहादुरको सारङ्गी चलचित्रको कथा बुझे उनलाई आफ्नै बुबाको सङ्घर्ष र चलचित्रको कथा मिल्दोजुल्दो लाग्यो त्यही भएर पनि होला उनले करिब १५ मिनेटमै एउटा गीत लेखिदिए इस्टकोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो।

प्रशान्तले सोचेका थिएनन् उनले लेखेका ती शब्दहरू रातारात यसरी चर्चाका शिखरमा पुग्छन् भनेर, उनले त केवल कर्म गरेका थिए तर भनिन्छ नि असल कर्मसँगै सफलता पनि जोडिएको हुन्छ,हो त्यस्तै भयो प्रशान्तको जीवनमा, अहिले प्रशान्तले संगीत भरेका र गाएका गीतहरू ब्याक टु ब्याक हिट भइरहेका छन्।

जसको कारण उनले अर्को नयाँ चलचित्र फिरफिरे फिरिरी मा समेत सम्पूर्ण गीतको जिम्मेवारी पाएका छन्, प्रशान्त शिवाकोटी एक भर्सटाइल कलाकार हुन्। उनी गायक संगीतकार गीतकार मात्र नभई एक कमेडियन र एक्टरको रुपमा पनि आफैंलाई कलाकारितामा निखार्दै छन्। सुन्नमा आएअनुसार उनले चलचित्र पूर्णबहादुरको सारङ्गी र नयाँ चलचित्र फिरफिरे फिरिरीमा समेत अभिनय गर्ने मौका पाएका छन्।

✒️…रबिन्द्र सिंह

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved