काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राति भएको खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।
यसअघि निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेका थिए। नेपालका लागि शावित्रा भण्डारी र भारका लागि संगीता बास्फोरेले गरेकी थिइन्।

पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफ शुरु हुने वितिक्कै दुवै टोली आक्रमक बनेका थिए। खेलको ५१औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्डपाइन्। दुई वटा पहिलो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएकी थिइन्।
त्यस लगत्तै दर्शक नाराबाजीमा उत्रिए। दश खेलाडीमा सिमित भएको नेपाल पनि दबाबमा परेको थियो।
तथापि, दुवै टोली आक्रमक खेलमा उत्रिए। खेलको ७१औं मिनेटमा संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाइन्।
भारतीय खेलाडी खुशीयाली मनाउन थाले। भारतका सबै खेलाडी मैदानमा फर्किन नपाउँदै नेपालले बल चलाएर जाली चुमायो। प्रिति राईको पासमा सावित्रा भण्डारीले गोल गरेकी थिइन्।
रेफ्रीले गोलको मान्यता नदिएपछि बिबाद शुरु भयो। दर्शकले नाबाराजी गरे भने नेपाली खेलाडीले बिरोध जनाए। झन्डै आधा घन्टा अवरुद्ध बन्यो।
लामो छलफलपछि नेपाली खेलाडी खेल्न तयार भएका थिए। पूरानै अवस्थाबाट शुरु भयो। खेल शुरु भएको दोस्रो मिनेटमै शावित्रा भण्डारीले गोल गरिन्। त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा गएको हो।










