पहिचान सहितकाे संघियता,संघियता सहितकाे गणतन्त्र ,धार्मिक स्वतन्त्रता सहितकाे धर्मनिरपेक्ष देश नेपालमा अल्पसंख्यक जाति र धार्मिक समुदाहरु सहित स्वतन्त्र देश हाे नेपाल।
तर, विभिन्न अभियाेग सहित कास्कि अदालतकाे आदेशमा जिल्ला प्रहरी कार्यालग कास्किकाे हिरासतमा रहनुभएका नेपाल सरकारका पूर्व गृह मन्त्री तथा देसकाे चाैथाे राजनितिक दल रास्वपाका सभापति समेत रहनुभएका माननीय रबि लामिछाने माथि याे देशरहेका अल्पसंख्यक ख्रीष्टियन धर्मावलम्बी तिसाैँ लाख नागरिकले युवा पुस्तामाथि ठुलाे आशा राखेका थिए।

मिति २०८०/१२/२५ गत्ते गृह मन्त्रालयबाट देसकाे सतहत्तरै जिल्ला प्रशासन कार्यालयहरुलाई एउटा परिपत्र जारि गरिदियाे कि जसका कारण देसमा धार्मिक द्वन्दकाे निमित्त बलियाे हतियार बनिदियाे,सत्यता त के छ भने याे परिपत्रका कारण तत्कालिन गृह मन्त्री रबि लामिछाने मन्त्री रहँदा भन्दा उहाँ मन्त्रीबाट हटेपछि अन्य माननीय ज्युहरु मन्त्रि बनेपछि अल्पसंख्यक धार्मिक समुदायहरुमाथि झनै दबाब पार्ने तथ्य राख्याे फल स्वरुप यहि परिपत्रपश्चात आफ्नाे धर्मकाे अभ्यास गरेकै कारण सिराहा,नवलपरासि,राैताहट,बारा, धरान, धनगढी लगायतकाे ठाउँबाट अल्पसंख्यक ख्रीष्टियन धर्मका अनुयायी माथि धर्म प्रचारकाे झुठो अभियाेगमा पक्राउ गरियाे।
यस झुठा मुद्दामा फसेका आराेपितहरुले धेरै जनाले आफ्नाे खेत बेचेर पनि धराैटि बुझाउन बाध्य भएका छन्। भने कयौं चर्च भवनहरुमा ताेडफाेड,आगजनी र तालाबन्दि गरिनुका साथै माेटरसाइकलहरु समेत ताेडफाेड गरियाे। यतिमात्र हैन उनिहरुमाथि सरकारवादी मुद्दाहरु यथावत नै छन्।
सुनसरिकाे इनरुवामा अल्पसंख्यक धार्मिक मुस्लिम समुदायमाथि पनि आतंकित हुनेगरि मुडभेटकाे अवस्था सिर्जना हुँदा प्रशासनले गाेलि सम्म चलाउने परेकाे थियाे।
तर पनि याे देसकाे अल्पसंख्यक धार्मिक ,जातिय तथा समुदायले याे परिपत्र जारि गराउनुहुने तत्कालिन गृह मन्त्री ज्युलाई क्षमादान नै गरेका समुदाय हाैँ।
राज्यकाे धर्म हुन्न , तर याे देसकाे कानुनले देसलाइ धर्मनिरपेक्ष घाेषणा गरेतापनि यस्तै रबिहरुकाे कारण हरेक जाति र धार्मिक समुदायहरुलाई माथि विभेदकारि बन्न पस्रय दिएकाे देखिन्छ।
बिशेषगरि याे देसमा आस्रित अल्पसंख्यक ख्रीष्टियन धार्मिक समुदायहरु याे देसका निम्ति प्रार्थना गर्दछन्, धर्म शास्त्र बाईबलले पनि भन्छ कि ” धार्मिकताले देशलाई उचाल्छ , तिमिहरु जुन सहरमा निर्वासित छाै त्याे सहरकाे निम्ति प्रार्थना गर” यति मात्र हैन पाल्पा,बनेपा,ओखलढुगा ,भक्तपुर लगायत देसकाे दुई दर्जन बढि स्थानमा हस्पिटलहरु खाेलेर सरकारलाई जिम्मा दिएकाे छ ता कि नेपाली नागरिकहरु बिरामि हुँदा उपचार गर्न सकुन् ।
यस्तै, लिभिङ स्टाेन,सेन्ट जेभियर्स ,सेन्टमेरिज, साेमाङ एकेडेमि लगायतका स्कुल कलेजहरु सञ्चालन गरेर शिक्षामा साथ दिएकाे प्रशस्त उदाहरणहरु जगजाहेर छ तर पनि रबिहरु जस्ता ब्यक्ति राज्य पउँचमा पुगेर यिनै समुदायमाथि दबाबमा राख्न चाहन्छ।
हुन त याे देसकाे राज्य सत्ताले काहीँ न काहीँ जात,धर्म र बर्गकाे नाममा बर्षाैँ देखि विभेद गरेकाे उदाहरणहरु छन् तर जब देस धर्मनिरपेक्षतामा परिणत भयाे र पनि अथाह सिपकाे खानिहरुलाई जातिय विभेद गरेकैछ,धनी , गरिब बिच विभेद गरेकै छ र धर्मकाे आधारमा त हदै सम्म निर्मम देखिन्छ तसर्थ भन्न चाहन्छु : सबैकाे साझा सरकार, नेता, मन्त्री र राज्य कहिले बन्नछ?
सुझावका लागि: [email protected]










