झापा । शिवसताक्षी १ खेलकुद बिकास समितिले आयोजना गरेको वडा स्तरीय युवा तथा भेट्रान फुटबल प्रतियोगिताको उपाधि युवा तर्फ वडा न. २ ले र भेट्रान तर्फ वडा न. १ ले जितेको छ ।
आज भएको युवा तर्फको फाइनल खेलमा वडा न. २ ले वडा न. ८ लाई १-० गोलअन्तरले पराजित गर्दै वडा न.२ ले उपाधि जितेको हो ।

शिवसताक्षी १ स्थित फुलबारी रंगशालामा भएको खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफको इन्जुरी समयम वडा न. २ का खेलाडी जर्सी न.७ का बिनोद खड्काले बिपक्षी टिमका गोलकिपर लाई छक्याएर गोललाइ पोलको दिशा तर्फ प्रहार गरि जाली चुमाएका थिए ।
उपविजेता वडा न.८ का गोलरक्षक विशाल घतानीको सानो गल्तीको फाइदा उठाउँदै वडा न. २ का बिनोद खडकाले गरेको गोल नै निर्णायक बन्यो ।
उक्त खेलको बेस्ट प्लेयर अफ द टुनामेण्ट बिजेता टिमका जोन मर्डी घोषित भए भने म्यान अफ द म्याच बिजेता टिमकै बिनोद खड्काले प्राप्त गरे । त्यसै गरि उत्कृष्ट गोलकिपर पराजित टिमका विशाल घतानी घोषित हुदा प्रतियिगिताको सर्बाधिक गोलकर्ता आयोजक वडा न. १ का याम खेवा घोषित भए । उनीहरुले जनही मेडल ट्रफी र प्रमाणपत्र पाएका छन ।
विजेता वडा न. २ ले नगद ५१ हजार, उपविजेता वडा न. ८ले नगद ३१ हजार , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
पुरस्कार कार्यक्रमका बिशिस्ट अतिथी वडा न.१ का अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ , सहकारी कर्मी बिनोद ढकाल, कार्यक्रमका अध्यक्ष दिपक दाहाल , वडा न. २ का वडा सदस्य यामकुमार राई , युवा नेता अर्जुन राई लगायतका अतिथिहरुले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिती प्रतिनिधि सभा सदस्री झापा क्षेत्र न. ४ का साम्सद एल पी सावाँ लिम्बुको रहेको भए पनि उहाँ काम बिशेशले खेल सम्पन्न हुन अगवै कार्यक्रमबाट बाहिरिनु भएको थियो ।
प्रतियोगिता सम्पन्न गराउनु विभिन्न संघसंस्थासहित देशविदेशमा रहेका नेपालीहरुको सहयोग रहेको आयोजकले बताएको छ ।
भेट्रान तर्फको उपाधी वडा न १ को पोल्टोमा
आजै भएको आज भएको भेट्रन तर्फको फाइनल खेलमा वडा न. १ ले वडा न. २ लाई २-० गोलअन्तरले पराजित गर्दै वडा न.१ ले उपाधि जितेको छ ।
प्रतियोगिता अन्तरगत भेट्रान खेलको पहिलो हाफको १६ औ मिनेटमा वडा न. १ का खेलाडी जर्सी न.२४ का आशिष गिरीले गोल गर्दै टिमलाइ अग्रता बनाएका थिए । निक्कै रोमन्चक खेलमा दुबै तर्फबाट गोल लगाउने अवसर हरु पाएका भए पनि गोल लगाउन भने चुकेका थिए । पहिलो हाप १-० गोल अन्तरले अघि रहेको वडा न. १ ले दोस्रो हापको इन्जुरी समयमा लिला बहादुर जोशीको गोल मार्फत गोल अन्तर दोब्बर बनायो अन्तत खेल २-० ले वडा न. १ बिजयी हुँदै नगद ३५ हजार मेडल ,ट्रफी र प्रमाणपत्र हात परे ।
उपबिजेतामा चित्त बुझाएको वडा न. २ ले नगद २५ हजार, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे। उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका शिवकुमार लिम्बू, घोषित भए भने उत्कृष्ट गोलकिपर बिजेत टिमकै बिरबहादुर कार्की छनौट हुदा बिजेता टिमकै सर्बाधिक गोलकर्ता आशिष् गिरी घोषित भएका थिए । म्यान अफ द टुनामेन्ट पनि बिजेता टिमकै अम्मर लिम्बूले प्राप्त गरे ।
बिधागत तर्फ पनि बिजेता टिमकै बर्चस्व रहयो। प्रतियोगित गत असोज १२ गते बाट सुरु भएको थियो । उक्त प्रतियोगितामा शिवसताक्षी नगरका युवा तर्फ ११ टिमको र भेट्रान तर्फ ८ टिमको सहभागी रहेको आयोजक समितिका अध्यक्ष दिपक दाहालले जानकारी दिनु भयो ।










