झापा । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवा तर्फ वडा नम्बर ११ लाई १ गोलले पराजित गर्दै वडा नम्बर १० बिजयी भएको छ ।
धरमपुर स्थित फुलबारी रंगशालाम आज युवा तर्फ एक खेल मात्र भएको छ । उक्त खेलमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई ० का विरुद्ध १ गोल गरि बिजयी भएको छ ।

खेलको १२ औं मिनेटमा वडा नं. ११ का खेलाडीबाट आफ्नै पोल तर्फ आत्मघाती गोल भए पछि वडा नम्बर १० ले १ गोलको अग्रता लिएको थियो । पानी झरी बिच भएको निक्कै रोमाञ्चक खेलमा दुबै टिमले गोल लगाउने राम्रा अवसरहरु पाए पनि गोललाइ जाली चुमाउन भने सकेनन अन्तत खेल १- ० गोल अन्तरले वडा नम्बर १० बिजयी भयो ।
आजको खेलको म्यान अफ द म्याच पराजित टिमका निकेश श्रेष्ठ घोषित भए । प्रतियोगिता अन्तरगत भोलि युवा तर्फ वडा नम्बर ७ र ५ बिच हुनेछ भने भेट्रान तर्फ”वडा नम्बर २ र ४ बिच हुने खेल सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न ।
प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।
त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आर्थिक सम्योजक लिलाबहादुर जोशीले बताएका छ्न ।










