शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेप स्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानको लागि संस्थापक अध्यक्षद्वारा आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ। उक्त बिध्यालयको संस्थापक अध्यक्ष तथा सल्लाहकार सम्योजक समेत रहनु भएका जितेन्द्र राज चेम्जोङले बिध्यालयमा एक कार्यक्रमका बिच आज १ लाख ११ हजार १ सय ११ रुपैय हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा निजको श्रीमती सरस्वती तुम्बाहाम्फे चेम्जोङ्ग, छोरा फणेण्द्रराज चेम्जोङको उपस्थिति रहेको थियो । त्यस्तै बिध्यलय ब्यबस्थापन समितिका पदाधिकारीहरु पिटिए का पदाधिकारीहरु र शिक्षक स्टाफहरुको सहभागिता थियो ।

यस बिध्यालयमा निज सस्थापक अध्यक्षका छोराहरु फणेन्द्र राज , टेकेन्द्रराज, भोजेन्द्र र लबुन चेम्जोङ्ग त्यसैगरी छोरीहरु ललिता, बर्षा र सुनुहाङ्मा चेम्जोङले प्रारम्भिक शिक्षा यहि बिध्यालयबाट सुरुवात गरेको बताइएको छ ।
संस्थापक अध्यक्ष चेम्जोङले गएको फागुन २४ गते बिध्यलयको स्वर्णमहोत्सबको अवसरमा उक्त रकम बिध्यालयलाइ यातायात खरिद अभियानको लागि दिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
यस अभियानमा सस्थापक अध्यक्षले दिनु भएको रकम नै सबै भन्दा धेरै रकम रहेको उक्त बिध्यालयका प्र अ बेनुप्रसाद कार्कीले जानकारी दिनु भएको छ । उहाँको अनुसार हाल सम्म करिब २३ लाख ५० हजार बराबर रकम संकलन भएको र अझै रकम संकलन जारी नै रहेको बताउनु भयो ।
यस अभियानमा दोस्रो ठूलो रकम झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य माननीय एलपी सावाँले दिनु भएको थियो उहाले ६५ हजार ५ सय २५ रुपैयाँ दिनु भएको थियो भने तेस्रो ठूलो रकम ६२ हजार ६ सय १५ रुपैय लिलाराज आङ्देम्बे लगयत परिवारले आफ्नो दिवाङ्गत आमा गङामाया आङ्देम्बेको स्मृतिमा प्रदान गरेका थिए। त्यसै गरि पुर्व बिध्यार्थी तथा हाल बेलायत मा कार्यरत सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया आफ्नो स्वर्गबासी दाजु लोक सम्बाहम्फे र स्वर्गीय दिदी धनमाया लिम्बू ( राई) को स्मृतिमा प्रदान गरेका थिए ।
त्यस्तै पुर्व बिध्यर्थी तथा हाल हङ्कङ्गमा कार्यरत समाजसेवी चापेता सेर्माले ५१ हजार १ सय ५१ रुपैया सहयोग रकम प्रदान गर्नु भएको छ भने सोही बिध्यालयका पुर्व शिक्षक बल बलबहादुर राइले ५१ हजार रुपैया र बिध्यालयका शिक्षक स्टापहरुले एक महिनाको खाइपाइ आएको तलब बस खरिद अभियानलाइ सहयोग गर्नु भएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिनु भयो ।
त्यसै गरि दक्षिण कोरियामा कार्यरत पुर्व बिधयर्थीहरुले एक मुस्ट २ लाख ४३ हजर बराबर , त्यसैगरी साउदी अरब बाट रोशन भट्टराईको पहलमा १ लाख बडि रकम प्राप्त भएको समेत बिध्यलयले जनाएको छ ।
त्यस्तै स्थानीय बासी, अभिभावक , ब्यबसायी, शिक्षा प्रेमी ,विभिन्न संघ सस्था लगायतले यथा सक्दो सहयोग गरि रहनुभएको र हाल सम्म आजको रकम सहित करिब २३ लाख ५० हजारको हाराहारीमा आर्थिक संकलन भएको बिध्यालयका सहायक प्र अ बमबहादुर बुडाथोकीले बताउनु भएको छ ।
स्कुल बस हाल खरिद गरेर सन्चानरत छ । स्कुल बस सन्चालनमा आए संगै बिध्यार्थी तथा अभिभावकहरुलाइ सहज भएको छ । सामुदायिक बिध्यालयमा आर्थिक सहयोग संकलन गरेर स्कुल बस खरिद गर्न सफल भएको सम्भवत यो नै देशको पहिलो हुन सक्ने बिध्यालयले जनाएको छ ।











