झापा । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको बारेमा आयोजक शिवसताक्षी वडा खेलकुद बिकास समितिले आज पत्रकार सम्मेलनको आयोजना गरि यही असोज १२ गते देखि २४ गते फुलपातीको दिन सम्म हुने खेलको बिषयमा जानकारी गराएको हो ।
खेल धरमपुर स्थीत फुलबारी रंगशालामा हुने छ भने प्रतियोगितामा नगरका युवा तर्फ ११ टिम र भेट्रान तर्फ ८ टिमको सहभागिता रहने वडा खेल सम्योजक दिपक दाहालले बताए । उनका अनुसार युुवाहरुलाई लागुुऔषध तथा दुब्र्यसनीबाट टाडा रहन साथै स्वास्थ्य जीवन जिउनको लागी खेलकुद अपरिहार्य हुने भएकोले आउदै गरेको बडा दशैलाई लक्षित गरेर फुटबल प्रतियोगिता संचलन गर्न लागेको हो ।

प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जन राईले जानकारी दिएका छन ।
त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराइको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुने लाई नगद १ हजार रुपैया प्रदान गरिने बताइएको छ ।
प्रतियोगिता संचालनको लागी अनुमानित बजेट ७ लाख रुपैया खर्च हुने आर्थिक समितिका संयोजक लिलाबहादुर जोशीले बताए ।आर्थिक समिति संयोजक जोशीका अनुसार प्रतियोगिता संचालनको लागी शिवसताक्षी नगरपालीकाको कार्यलय बाट नगद ५लाख रुपैया प्रापत हुने छ भने वडा नम्बर १ को कार्यलयबाट १ लाख रुपैया प्राप्त हुने जनाएको छ । अन्य रकम भने स्थानीय ब्यबसायी ,खेल प्रेमी ब्यतिmत्व , स्वदेश तथा बिदेशमा रहेका सहयोगि मनहरुबाट आर्थिक सहयोग जुुटाउने जमर्को भइरहेको समेत संयोजक जोशीले जानकारी दिए ।
प्रतियोगितामा समाबेश खेलाडीहरुको मापदण्ड समेत तयार गरिएको छ । जसमा युुवा खेलाडीको हकमा सम्बन्धीत वडा बासी भएको कागजात हुनुपर्ने छ । खेल अवधीभर ७ जना खेलाडी मात्र साट्न पाइने जनइएको छ भने भेट्रानको हकमा जन्म मिति २०३९ साल देखी माथी ४ जना हुनु पर्ने छ खेलम ३ जना लाइ अनिबार्य खेलाउनुपर्ने २०४० देखि ०४४ सम्मको ५ जना हुनुपर्ने यस उमेर समुुहमा ३ जना मात्र साटन पाइने र ०४५ साल देखी ०५१ साल सम्म२ जना खेलाडी मात्र खेल्न पाउने छन भने सोही उमेर समुहको १ जना मात्र साटन पाउने खेल समितिका सदस्य पेमा तामाङले बताएका छन ।
प्रतियोगिताको उद्घान र समापन शिबसताक्षी नगरपालीकाका नगर प्रमुुख मेगाहाङ थोप्राले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन खेलमा युवाा तर्फ आयोजक निलो र वडा नम्बर ४ बिच हुने छ भने भेट्रान तर्फ वडा नम्बर ८ र वडा नम्बर १० बिच हुने खेल तालीका सार्बजनिक गर्दै आयोजकले जानकारी दिएको छ । भेट्रान खेलको उद्घाटन भने १३ गते हुने र यस खेलको उद्घाटन प्रदेश साम्सद राधाकृष्ण खनालले गर्ने बताइएको छ । प्रतियोगिताको सम्पुर्ण खेलको धरमपुर टिभी डटकम बाट प्रत्यक्ष प्रसारण हुने समेत आयोजकले जनाएको छ ।










