Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दोस्रो संस्करणको उपाधि मिक्लाजुङ ईसाई समाज(पाँचथर)लाई(फोटोसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2024

डिकेन्द्र बस्नेत, झापा । सामाजिक कार्य लगायत मानवीय सेवामा हरदम लागिरहेको ईसाई समाज दमकले प्रदेश स्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । खेलकुद उपसमितिको सहकार्यमा सम्पन्न दोस्रो संस्करणको फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ ईसाई समाज (पाँचथर) विजयी बनेको हो ।

फ्रेण्डसिप, सम्बन्ध र संगति खेलको मुख्य श्लोगन रहेको सो खेल दमक ५ स्थित बिस्ट फुटसल खेलमैदानमा अन्य प्रतिस्पर्धीलाई हराउँदै मिक्लाजुङ इसाई समाज(पाँचथर) र धरान इसाई समाज फाइन खेलमा पुगेको खेलसमिति सदस्य सुरज लिम्बूले बताए ।

कडा प्रतिस्पर्धात्मक खेल खेलेका दुवै समुह बराबरी गोल बनाएका थिए । पेनाल्टी मार्फत मिक्लाजुङ इसाई समाज (पाँचथर) विजेता बनेको छ भने धरान इसाई समाज दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो।

कार्यक्रमको उदघाटन दमक नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्य तथा कार्यक्रम संयोजक एल्डर शिखर राईको अध्यक्षता रहेको थियोे । यस्तै विशिष्ट अतिथिमा दमक वडा नं.५ का अध्यक्ष इन्द्रबहादुर गुरुङ, अतिथमा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, समाजका अध्यक्ष पास्टर हेमन्त सुब्बा, सचिव पास्टर अजय पाठक, समाजका सल्लाहकार पास्टर राजकुमार राई, निवर्तमान अध्यक्ष पास्टर आकाश थुलुङ लगाएत प्रदेशमा रहेका विभिन्न इलाका ईसाई समाजबाट पाल्नु हुने सम्पूर्ण अध्यक्ष, समाजसेवी, पत्रकार र खेलप्रेमिहरुको उपस्थिति रहेको थियो।

फुटसल खेलमा प्रदेश भरिबाट १२ समूह थिए जसमा उर्लाबारी ख्रिस्टियन सोसाइटी, मिक्लाजुङ ख्रिस्टियन सोसाइटी, पाँचथर ख्रिस्टियन सोसाइटी, बिर्तामोड ख्रिस्टियन सोसाइटी, चुलाचुली ख्रिस्टियन सोसाइटी, बिसिएस बेलडाङ्गी, दोमुखा ख्रिस्टियन सोसाइटी, बेलबारी ख्रिस्टियन सोसाइटी, आयोजक ए र आयोजक बि टिम, धरान ईसाई समाज, विर्तामोड ईसाई समाज र बिसिएफ बेलडाँगीको सहभागीता रहेको थियो ।

विजेता बनेको मिक्लाजुङ समाजलाई समापनको प्रमुख अतिथि झापा क्षेत्र नं. ५ प्रदेश ख सांसद होम बहादुर थापाले नगद रु ३०००० (अक्षेरुपि तीस हजार) सहित ट्रफी, मेडल र प्रमाणपत्र उनले प्रदान गरेका छन । दोस्रो स्थानमा चित्त बुझाएको धरान इसाई समाजलाई झापा क्षेत्र नं. १ प्रदेश क सांसद चिन्तन पाठकले नगद रु २०००० (अक्षेरुपि बीस हजार) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन।

उत्कृष्ट गोल रक्षक सुजन बर्देबा, अधिकतम गोलकर्ता सनिल राई, र उत्कृष्ट खेलाडि सुमन राईलाई ट्रफी प्रदान गरिएको छ।

खेलको समापन अगि दमक ईसाई समाजका पास्टर तथा पत्रकारहरुको मैत्रीपूर्ण खेल रहेको थियो ।

यस प्रतियोगितामा मुख्य प्रायोजन (टाइटल स्पोन्सर) मा इमानुएल सुहाङ (कोरिया) र सह-प्रायोजक सेलिना हार्डवेयर( युरो पेन्टस) दमक साथै सेकेन्ड टाइटल स्पोन्सर याकपाङदेन लिम्बू(कोरिया) ले सहयोग गरेका हुन । यस्तै मिडिया पार्टनरमा दमक टाउन (Damak Town) रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved