दावा छिरिङ शेर्पा🖍️ हामीले भाेगेकाे १० बर्से जनयुद्ध नेपालको हकमा अभ्यास थियाे जुन अभ्यासले केहि परिवर्तनको रेखा कोर्ने प्रयास भने पक्कै पनि भएकै हो यसमा कसैको दुईमत छैन ।
यतिबेला प्रचण्ड पथ ढाड भाँचिएको सर्प बनेको छ । उक्त अभ्यासलाई हामी सबैले गरेको त्याग तपस्यालाई सहि दिशा दिन अब हामी केही खुल्ला समिक्षा गर्नु जरुरी छ ।

विगतका कुरुप प्रचण्ड पथ उन्मातले केही बेर अन्धो भएको अबस्तालाई गम्भीर समिक्षा गर्दै पुर्णताकाे लागि ग्रामीण भेगबाटै उठ्नु अत्यन्तै जरुरी महसुस अनुरुप जानुपर्छ ।
अहिलेको राजनीतिक धरातललाई सहि तरिकाले किनारा लगाउन नसक्दा कुकुरको अगाडि भैंसीको कंकाल जस्तै माओवाद प्रचण्ड पथ बनेको परिस्थिति देखिएको छ ।
हिजो जानीनजानी चामल संग पिठो साटेर खायौं भने अहिले चामल भन्दा पिठो महत्त्व बुझ्ने धरातलमा आमजनता उभिएको छ । यसलाई गोरेटो देखाउन जोडिएर जानुपर्छ ।
जब परिस्थिति बदल्न फरक धारकाे महत्त्व बुझ्नु जरुरी हुन्छ । जुन नदेखिएको फरक तथा अत्यन्तै शक्तिशाली हतियारकाे रुपमा उदाएको शक्ति पहिचानकाे खम्बा हो ।
विश्वकाे राजनीति पनि पटकपटक परिस्थिति बदलिएको कुरालाई गम्भीर नजरअन्दाज गर्दै केही अपुर्ण बिषयहरु बुँदागत बाटै छलफलकाे माध्यमबाट किनारा लगाउन सकिन्छ ।
माओवाद आवस्यकता अनुरुपको एउटा माग थियो भने परिवर्तन समयको माग हो । समय बलवान भएकोले अनुकुल परिस्थितिमा केही जोखिम अवस्य झेल्नुपर्ने हुन्छ ।
हामीले अंगालेकाे क्रान्तिकारी गोरेटोमा चौतर्फी आलोचनात्मक परिस्थितिहरु खडा हुनेहुँदा अलधारलाई माथि उठाउन कसरत बलले धेरै बुँदाहरु समेटिने छ ।
अहिलेको अबस्थित जनजनको जिब्रोमा झुन्डिएको पहिचान शब्दले सबैको मनमस्तिष्कमा हलचल ल्याएको हुदा विपरीत शक्तिले सोँच्न छाडेको धरातबाट जुरुक्क उठ्नुपर्छ ।
पहिचान अहिलेको खास एजेन्डालाई आत्मालोचना गर्दै समेटेर संगालेर दिशा निर्देशन गरि सबै धारलाई सामेल गर्नु गराउन सक्नु नै बुद्विमानी हुनेछ ।
तसर्थ संघीयता, धर्मनिरपेक्षता पहिचान र सहअस्तित्व सबैलाई एउटै गोरेटोमा हिड्न सकिने महत्त्वपूर्ण मार्ग बन्नेछन् । नसुईकार्ने अलग धारकाे यथास्थितिवादी समेत समेटिनेमा बिस्वास गरौं ।
अहिलेको जरुरी अलग धार होइनन् अहिलेको जरुरी सच्चा देशभक्तकाे खाँचो छ । जति बाटो भुल्याे समिक्षा गरेर नै समाधानको उपायहरू पत्ता लगाउने वैकल्पिक धारमा टेक्नुपर्छ ।
काँग्रेस एमालेका स्वार्थी नेत्रित्व कर्ताले समानुपातिक हटाउन खोज्नु अन्य समुदायबाट समावेशी नगराउने भित्री योजना रहेकोले भंग गरेर संविधानमा आधारित रहनुपर्छ ।
हामीले संविधानकाे प्रारम्भिक प्रस्तावनामा सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।
भनेर लेखिएको यथेष्ट खाका हामी संग सुरक्षित छ । यो संविधान लेख्दा अन्य देशको संविधान भन्दा अलग र महत्त्वपूर्ण रहेको हामी सबैले सर्वसम्मतिले पारित गरेकै हो ।
देशको विकराल अबस्थालाई त्यतिकै घस्रनु दिने कि, निरन्तर पहिचानको जगमा टेकेर अगाडि जान संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ल्याएकाे १०+१ एजेन्डामा सामेल हुने समयले बताउँछ ।
खासगरी राजनैतिक लुताेलाई राजनीतिकै ओखती लगाउदा धेरै हदसम्म हल हुनेमा बिस्वास राखौं । यो कसैको बनावट भाषा होइनन्, यो समयको माग हो ।
यसकारण पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचानलाई नजिकै बाट बुझेको हुदा नयाँ धारणाको मार्गमा प्रस्ट हुनुपर्छ । अन्यथा राजनीति बाटै सन्यास लिएको राम्रो हुनेछ ।
लेखक: संघिय शेर्पा प्रान्तीय मञ्चका नेता हनुहुन्छ् !










