अबको आन्दोलन नेतृत्व हिचान पक्षधरले सम्हालेर जानुपर्ने हुन्छ । तरिका मिलाएर सहि ठाउँमा प्रहार गरियो भने भुत्ते खुकुरीले पनि मार छिन्नेछ ।
इतिहासमा गोरखा राज्यले हामी रैथानेकाे भाषा नबुझेको कारण पटकपटक आक्रमण गर्दा पनि असफल भएको देखिन्छ भने जब आक्रमण सफल पार्न मगर भाषा सिकेर मगर कब्जामा गरेपछि भाषा लिपि नै समाप्त भयो ।

त्यसैगरी काठमाडौ, कृतीपर, भक्तपुर र ललितपुर तामाङ र नेवा भाषा सिकेर मीत लगाएर छलकपट गरि सिध्याएकाे देखिन्छ । त्यसकारण अन्य समुदायको भाषा लिपि ध्वस्त पार्दै एउटै भाषा एउटै भेष एउटै संस्कार एउटै देश भनाउँदै आफ्नो मात्री भाषा बोलेकै कारण जेल कोचिनुपर्ने देश छाड्नु पर्ने बाध्यता थियो ।
त्यसैको उपज अहिले हाम्रो आआफ्नो भाषा लिपि सिध्याएपछि अन्य एकल भाषिक दास भएका छौँ । तदानुसार हाम्रो भाषा लिपि बचाउन अति जरुरी भएकोले अबको आन्दोलन शेर्पाले शेर्पा भाषामा, तामाङले तामाङ भाषा लिएर आन्दोलन जाग्नु पर्ने हुन्छ ।
सबैले बुझ्ने हुदा खस भाषाको माध्यमले अन्य भाषाबाट अपभ्रंश भएकोलाई एकीकृत भाषामा ढाल्न सहजिकरणकाे भुमिका खेल्नेछ । शेतमगुरालिथानेदमख समुदाय आफ्नै भाषामा आन्दोलनकाे सोरुपमा लैजान एकरुक्ताकाे बृहत जरुरी भएको छ ।
सडक आन्दोलन नै जनताको लोकतान्त्रिक गणतन्त्र पक्षधर र बिरोधि कित्त छुटिने हुदा सडकमा आउने समय भएको हो । यतिबेला जनतालाई दलाल नीतिले अभावै अभावको परिस्थितिमा राखेर देश र सदनलाई क्रिडा स्थल बनाएको छ ।
बिगतमा हरेक शिर्षककाे आन्दोलनहरु पटकपटक उठ्यो भने दस बर्षे जनयुद्ध र आन्दोलनको भुमरीले केहि हलचल चाहि ल्याउन सफल भयो । तर पनि पुर्ण रुपमा जनताको समृद्ध र परिवर्तन हुनसकेनन् ।
जुन जनयुद्धले खनेको खाडल सिमित मुठ्ठी भरकाे बाहुनवादी नश्लवादले हालिमुहाली गरिरहेकाले अब बिड मार्ने काम बाकि रहेको हुदा यसलाई पुर्णता दिने कामलाई पूरा गर्न एकपटक जुट्नुपर्छ ।
यतिबेला असन्तुष्ट साथीहरू आफुआफु जुटिरहेको तर चारतिर फर्केका सन्जाललाई आन्दोलनको माध्यमबाट संगै सडकमा आउनकाे निमित्त आआफ्नो तर्फबाट बाताबरण मिलाउनु हुन सबैमा पहलकाे खाँचो छ ।
सडकमा आउनलाई दुईचार वटा बुँदा नै काफि रहेतापनि यतिखेर एकल जातीय बाहुनवादकाे चरम दमन नै मुख्य बिषय माथि छलफलकाे माध्यम द्वारा महत्त्वपूर्ण बुँदाकाे वरिपरि खोजौं ।
बाकी बुँदाहरुकाे बलियो जग सडकमै भेटिने हुदा दायाँबायाँ शंका उपसंका नराखि खुलेर आदिवासी सुप्रिमहरु मिलन बिन्दुमा जुट्न जरुरी छ । विगतमा पनि सहमति बाटै धेरै बुदामा पुगेको हो, यसमाथि कुनै दुबिधा रहेन ।,,
नागरिक अगुवाहरुले गम्भीरतापूर्वक साेचि सम्झि निर्णायक सहमत रहने मुल बिषयहरुकाे वरिपरि रहेर आन्दोलन हाँक्नु पर्ने परिस्थितिलाई बुझेर कहाँ र कसरी हुन्छ, छलफलमा जुटेर एकेबद्व जनाउन तयारी जानुपर्ने हुन्छ ।
खुद्रा दलगत एजेन्डा आफ्नो ठाउँमा छ तर मुख्य आन्दोलनको जग बसाउन जसरी पनि सडक नै अन्तिम निष्कर्षमा जानुपर्ने हुदा तपाई हामीले जतिसुकै भारी कसरत गरेपनि जनताको अभिमत लिन सम्भव छैनन् ।
यसकारण पनि अबको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर निर्णायक जनआन्दोलनको तयारीमा जुट्न के कस्तो कदम चाल्नुपर्ने बिषयमा बृहत रुपमा आदिवासी नागरिक अगुवाले नेत्रित्व सम्हालेर जानू जरुरी भयाे भने लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।
आज सम्म पिडकले पिडितलाई सहयोग भरपुर गरेको कहिपनि record छैन । जब पनि पिडकले पिडितलाई सिध्याउन नै अनेक जुक्ति बल लगाउनेछ भन्ने पाठ विगतको उदाहरणबाट सिक्नुपर्ने र प्रतिकार गर्ने तर्किप बदल्नु पर्दछ ।
त्यसकारण आन्दोलनको movement जसैगरि पनि उठ्नैपर्छ, यहाँ समस्या बिकराल छ । कहि न कतैबाट आन्दोलन उठ्ने नै छ । तर निरन्तरता र निष्कर्षमा पुग्ने गन्तव्य चाहिँ पत्ता लगाउनुपर्छ । यसको लागि तयारीका साथ संघर्षमा उत्रिने तपाई हामी सबैलाई सर्तअनुसार जानुपर्छ ।
बितेको विगतहरु कस्ताकस्ता निरंकुशताको साङ्लो तोडिएको इतिहास साक्षी छ । अहिलेको परिस्थिति समयानुकूल आन्दोलन संतुलित बिचारधाराकाे हुनेछ । यहाँ मानवीय क्षति न्यून र प्रतिफल धेरै पाउने कार्यगत योजना अगाडि सारेर जानेछ ।
भएको कुरा यो बुझौं कि हामीले खुट्टामा लगाउने जुत्ता भित्र ढुंगा पस्यो भने त हिड्दा असहज र अफ्ठ्याराे महसुस हुनेगर्दछ भने यहाँ धेरै अबरुद्ध दुबिधा छन् । हामी माथि उठ्न र जुट्न केले बाधा अबरुद्ध गरेको छ भनेर केलाउनु सक्यो भने समाधानकाे जट पत्तो पाउनेछ ।
खासगरी अहिलेसम्म दलगत एजेन्डा के देखिन्छ भने चुनावी तालमेल गर्दै सरकारमा गएर लुट्ने देखिन्छ । तर हाम्रो उदेश्य ब्यबस्था बदल्ने रहेकाले जस्तो देखियो सिधा कुरा जनताको सामुन्ने ओैंल्याउन हिच्किचायाे भने हामीलाई पनि उहीँ ड्याङकाे मुला जस्तै मुल्यांकन गरिने खतरा छ ।
यथार्थमा हामी बैकल्पिक विकल्पमा उभिएको रहेछ भन्ने जनता सामु प्रस्ट देखिने गरि सच्चा देशभक्त गणतन्त्र पक्षधर कित्ता काट गरेर जाने हिम्मत र जोखिम मोल्नु पनि पर्ने हुन्छ । यसो गरि जादा कमसेकम अहिलेको आवस्यकता पनि अलग धारमा उभिएको जस्तै देखिनुकाे कारण पनि यही हो ।
झन भन्ने हो भने दलित आदिवासीकाे समानुपातिक कोटा भनेको उत्पिडित समुदाय समानुपातिक प्रणाली बाट सदनमा पुगेको नश्लवादीलाई फिटिक्कै मनपरेकाे छैनन् । त्यसैले नीति नै बदल्न लागेको प्रस्ट देखिदेखि पुन बिषय लुकाउने कुरै हुदैनन् भन्ने लाग्छ ।
फरकफरक राजनैतिक दम्भ देखाएर निति फेर्दा मिलेमतोमा संविधानमा प्रदत्त बिषय अदलबदल गर्ने हिम्मत गर्दछ भने यस्तो छलकपट बिषय जनतालाई किन खबर नदिने ? त्यसकारण दलहरुले गरेको गम्भीर त्रुटी जनताले पनि मुल्यांकन गर्ने बिषय महत्त्वपूर्ण छ ।
संबिधान भनेको देशको खाका रहेकाले जे लेखेको, भनेको हुनैपर्छ । अन्यथा मनोवादी तरिकाले नितिमा फेरबदल भयो भने देश ठुलो दुर्घटनामा फस्ने सम्भावना हुन्छ भने फेरबदलले बिकास नितिमा ठुलो बाधा पुग्ने भएर ढिलासुस्ती र आर्थिक हिनामिना, चलखेल हुने गर्दछ ।
विशेषतः लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर संबिधान अन्तर्गत भोट मागेर जनताको हकअधिकार सुनिश्चित गर्नेछु भनी कसम खानेहरु जनताको हकअधिकार माथि नै कुठाराघात गरेको कुरा जनताको माझ लानु सक्ने हिम्मत नै ठुलो कुरा हो ।
अहिलेसम्म भोट माग्नु आउने जतिसुकै दल होस ठुला कुरा र मिठा नारा बोलेर ठगेको कारण दुई तिहाइ मत ल्याउदा पनि ब्यबस्थापकले ब्यबस्थापन फेरबदल गर्न गराउन नसकेको सबैले महसुस गरेकै बिषय जानीबुझि साँचो कुरा जनता माझ लैजान किन हिचकिचाउने ?
यहाँ कामकुरा एकातिर कुम्लो बाेकि थिमि तिर भनेझैं भएकाले जनताले हामीलाई फरक बिचारकाे धार हो भनी बुझ्न चाहेनन् । त्यसैले देशकाे परिस्थिति जे छ सत्यतथ्य खुलाएनन् भने जनताले हामीलाई पनि यथास्थितिवादीकाे पंक्तिमा सत्ता लिप्सा कै लागि उभिएको भन्ने सम्झिने छ ।
हाम्रो नयाँ तथा वैकल्पिक ढाँचाको अनुसरण जनतालाई पनि महसुस गराउन हामीले चाहेको र लेख्न खोजेको बुँदागत परिस्थितिकाे बारेमा खुलस्त प्रस्तुति दिन नसक्नु र हाम्रै ढुलमुले संकालु सोच र मनगढन्ते काल्पनिक जोखना सम्झेर समय खेर फाल्ने तरिकाले पछि परेको देखिन्छ ।
यसरी नै अझैसम्म भुल्ने भुलाउने खेलमा भुलिरहने हो भने उहीँ चुनावी नतिजा उहि दल उहीँ स्थानमा पुगेर लुटतन्त्र मचाईरहने नै छन्, हामी पनि सधैभरी यसैगरी सडकमा हकअधिकार मागिरहेको हुनेछ । उहीँ बाहुनवाद लाद्ने काम निरन्तर चलिनै रहनेछ ।
लोकतान्त्रिक गणतन्त्रमा आत्मसात गरेर अब जनपक्षीय र जनविरोधी कित्तकाट गरेर सडकमा आउने समय भएको छ । त्यसकारण तपाईंको ब्यक्तिगत बिषय संग अरु उपेक्षित उत्पिडितमा रहेको समुदाय संग सहअस्तित्व कायम राख्न सक्ने र अटाउन सक्ने महत्त्वपूर्ण बिषयहरु छलफल बन्नेछन् ।
हिजोको दिन देखि परिवर्तनका लागि बहुदलीय जनवादकाे नारा घन्काउँदैकाे अबस्ता अथक प्रयास थियाे भने हामी बाहुनवाद सम्म पुगेर कसरी बाटो भुल्नु पुग्याे ? गम्भीर समिक्षा गर्दै अब चाहिँ बाहुनवादकाे भुक्तभाेगीलाई निस्तेज गरि सामुदायिक समाजवाद प्रति ईक्षाधारक जिम्मेवारी लिएर आन्दोलन हाँक्ने हिम्मत गरौँ ।
अर्को फरक र अलग धारमा उभिएर मङगाेल समुहको उदेश्य के हो छुट्टै छलफलको बिषय प्रति पनि थोरै ध्यानाकर्षण गरेर खास कुरालाई बिट मारेर मुख्य एजेन्डालाई बुझेर राजनीतिक धारमा उभिने पहलमा जान सक्ने छ कि बुझ्नुपर्छ ।
उसै त २५० बर्ष देखि भाषा लिपि मारेको अबस्थामा झनै मङगाेल रच्ने साथीहरू के चाहन्छन् कुन्नी मैले देखिएकाे रचनात्मक मङगाेल शब्दले अझै पहिचान पनि मार्ने काममा टेवा पुराउन खोजेको हाेकि जस्तो देखिन्छ ।
तदनुसारकाे एजेण्डाले झनै थला पार्ने हुदा मुख्य मुख्य बुँदामा सिरोधर गरि राजनैतिक मुलधारमा ल्याउने प्रयास नै हल गरेमा हितकर हुने खालको परामर्श दिन सकियो भने बाकि कुरा सडकमै तय हुने उपायहरू खोज्नुपर्ने छ । नत्र आफ्नोतर्फबाट नै प्रयोग हुनसक्ने खतरा देख्छन् ।
लेखक: संघिय शेर्पा प्रान्तीय मञ्चका नेता हुन् ।










