Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अब आन्दोलनकाे नेतृत्व पहिचान पक्षधरले सम्हाल्नु पर्छ : दावा छिरिङ शाेर्पा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2024

इतिहासमा गोरखा राज्यले हामी रैथाने भाषा नबुझेको कारण पटकपटक आक्रमण गर्दा पनि असफल भएको देखिन्छ भने जब आक्रमण सफल हुन मगर भाषा सिकेर मगर कब्जामा गरेपछि भाषा लिपि नै समाप्त गर्याे ।

त्यसैगरी काठमाडौ, किर्तिपुर,भक्तपुर र ललितपुर तामाङ र नेवा भाषा सिकेर मीत लगाएर छलकपट गरि सिध्याएकाे देखिन्छ । त्यसकारण अन्य समुदायको भाषा लिपि ध्वस्त पार्दै एउटै भाषा एउटै भेष एउटै संस्कार एउटै देश भने ।

त्यसैको उपज अहिले हाम्रो आआफ्नो भाषा लिपि सिध्याएपछि दास भएको हो । तदानुसार हाम्रो भाषा लिपि बचाउन अति जरुरी भएकोले अबको आन्दोलन शेर्पाले शेर्पा भाषामा, तामाङले तामाङ भाषा लिएर जाग्नु पर्ने हुन्छ ।

सबैले बुझ्ने हुदा खस भाषाको माध्यमले अन्य भाषाबाट अपभ्रंश भएकोलाई एकीकृत भाषामा ढाल्न सहजिकरणकाे भुमिका खेल्नेछ । शेतमगुरालिथानेधि समुदाय आफ्नै भाषामा आन्दोलनकाे सोरुपमा लैजान एकरुक्ताकाे जरुरी छ ।

सडक आन्दोलन नै जनताको लोकतान्त्रिक गणतन्त्र पक्षधर र बिरोधि कित्त छुटिने हुदा सडकमा आउने समय भएको छ । जनतालाई दलाल नीतिले अभावै अभावको परिस्थितिमा राखेर देश र सदनलाई क्रिडा स्थल बनाएको छ ।

बिगतमा हरेक शिर्षककाे आन्दोलन पटकपटक उठ्यो भने दस बर्से जनयुद्ध आन्दोलनको भुमरीले केहि हलचल चाहि ल्याउन सफल भयो । तर पनि जनताको समृद्ध र परिवर्तन हुनसकेनन् ।

जुन जनयुद्धको खाडल सिमित मुठ्ठी भरकाे बाहुनवादी नश्लवादले हालिमुहाली यथावत् रहेकाले अब बिड मार्ने काम बाकि रहेको हुदा यसलाई पुर्णता दिने काम थाँतीलाई पूरा गर्न एकपटक जुट्नुपर्छ ।

यतिबेला चौतर्फी असन्तुष्ट साथीहरू आफुआफु जुटिरहेको सन्जाललाई आन्दोलनको माध्यमबाट संगै सडकमा आउनकाे निमित्त बाताबरण मिलाउनु हुन सबैमा पहलकाे खाँचो छ ।

सडकमा आउनलाई दुईचार वटा बुँदा नै काफि रहेतापनि यतिखेर एकल जातीय बाहुनवादकाे चरम दमन नै मुख्य बिषय माथि छलफलकाे माध्यम द्वारा महत्त्वपूर्ण बुँदाकाे वरिपरि खोजौं ।

बाकी बुँदाहरुकाे बलियो जग सडकमै मिल्ने हुदा दायाँबायाँ शंका उपसंका नराखि खुलेर आदिवासी सुप्रिमहरु मिलन बिन्दुमा जुट्न जरुरी छ । विगतमा पनि सहमति बाटै समाधानमा पुगेको हो ।

नागरिक अगुवाहरुकाे सहमति नै निर्णायक सहमत रहने कडा बिषयहरुकाे वरिपरि रहेर आन्दोलन हाँक्नु पर्ने परिस्थितिलाई बुझेर कहाँ र कसरी हुन्छ, छलफलमा जुटेर एकेबद्व जनाउन तयारी रहनुपर्छ ।

खुद्रा दलगत एजेन्डा आफ्नो ठाउँमा छ तर मुख्य आन्दोलनको जग बसाउन जसरी पनि सडक नै अन्तिम निष्कर्षमा जानुपर्ने हुदा तपाई हामी जतिसुकै कसरत गरेपनि अभिमत लिन सम्भव छैनन् ।

अबको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर निर्णायक जनआन्दोलनको तयारीमा जुट्न के कस्तो कदम चाल्नुपर्ने बिषयमा बृहत रुपमा आदिवासी नागरिक अगुवाले नेत्रित्व सम्हालेर जानू जरुरी छ ।

आज सम्म पिडकले पिडितलाई सहयोग गरेको 𝓇ℯ𝒸ℴ𝓇𝒹 छैन । जब हाम्रो भाषा लेखिदैन तब इतिहास हुदैन ! त्यसैले हाम्रो भाषा लिपि बचाउन मद्दत गरौं ! 𝒲𝒽ℯ𝓃 ℴ𝓊𝓇 𝓁𝒶𝓃ℊ𝓊𝒶ℊℯ 𝒾𝓈 𝓃ℴ𝓉 𝓌𝓇𝒾𝓉𝓉ℯ𝓃, 𝓉𝒽ℯ𝓇ℯ 𝓌𝒾𝓁𝓁 𝒷ℯ 𝓃ℴ 𝒽𝒾𝓈𝓉ℴ𝓇𝓎. 𝒮ℴ 𝓁ℯ𝓉’𝓈 𝒽ℯ𝓁𝓅 𝓈𝒶𝓋ℯ ℴ𝓊𝓇 𝓁𝒶𝓃ℊ𝓊𝒶ℊℯ 𝓈𝒸𝓇𝒾𝓅𝓉 !

त्यसकारण आन्दोलनको 𝓂ℴ𝓋ℯ𝓂ℯ𝓃𝓉 उठ्नैपर्छ, जाग्नैपर्छ, यहाँ समस्या बिकराल छ । कहि न कतैबाट उठ्ने नै छ । तर निरन्तरता र निष्कर्षमा पुग्ने गन्तव्य चाहिँ पत्ता लगाउनुपर्छ । यसको लागि तयारीका साथ संघर्षमा उत्रिने छ ।

विगतमा कस्ताकस्ता निरंकुशताको साङ्लो तोडिएको इतिहास साक्षी छ । अहिलेको परिस्थिति समयानुकूल आन्दोलन संतुलित बिचारधाराकाे हुनेछ । यहाँ मानवीय क्षति न्यून र प्रतिफल धेरै पाउने कार्यगत योजना अगाडि सारेर जानेछ ।

यसरी पनि बुझौं कि हामीले खुट्टामा लगाउने जुत्ता भित्र ढुंगा पस्यो भने त हिड्दा असहज र अफ्ठ्याराे महसुस हुनेगर्दछ भने यहाँ धेरै अबरुद्ध दुबिधा छन् । हामी माथि उठ्न र जुट्न केले बाधा अबरुद्ध गरेको छ भनेर बुझ्नुपर्छ ।

खासगरी अहिलेसम्म दलगत एजेन्डा के देखिन्छ भने चुनावी तालमेल सरकारमा गएर देश देखिन्छ । तर हाम्रो उदेश्य ब्यबस्था बदल्ने रहेकाले जस्तो देखियो सिधा कुरा जनताको सामुन्ने ओैंल्याउन हिच्किचाउदा हामी पनि उहीँ ड्याङकाे मुला जस्तै मुल्यांकन गरिने खतरा छ ।

यथार्थमा हामी बैकल्पिक विकल्पमा उभिएको रहेछ भन्ने जनता सामु प्रस्ट देखिने गरि कित्ता काट गरेर जाने हिम्मत र जोखिम मोल्नु पनि पर्ने हुन्छ । यसो गरि जादा कमसेकम अहिलेको आवस्यकता पनि अलग धारमा उभिएको जस्तै देखिनुकाे कारण पनि यही हो ।

झन भन्ने हो भने दलित आदिवासीकाे समानुपातिक कोटा भनेको उत्पिडित समुदाय समानुपातिक प्रणाली बाट सदनमा पुगेको फिटिक्कै मनपरेकाे छैनन् । त्यसैले नीति नै बदल्न लागेको प्रस्ट देखिदेखि पुन बिषय लुकाउने कुरै हुदैनन् भन्ने लाग्छ ।

राजनैतिक दम्भ देखाएर निति फेर्दा मिलेमतोमा संविधानमा लेखिएको बिषय अदलबदल गर्ने हिम्मत गर्दछ भने यस बिषयमा जनतालाई किन खबर नदिने ? त्यसकारण दलहरुले गरेको त्रुटी जनताले पनि मुल्यांकन गर्ने बिषय महत्त्वपूर्ण छ ।

संबिधान भनेको देशको खाका रहेकाले जे लेखन छ भनेको हुनैपर्छ । अन्यथा मनोवादी तरिकाले नितिमा फेरबदल भयो भने देश ठुलो दुर्घटनामा फस्ने सम्भावना हुन्छ भने फेरबदलले बिकास नितिमा बाधा पुग्ने भएर ढिलासुस्ती र हिनामिना हुने गर्दछ ।

विशेषतः लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर संबिधान अन्तर्गत भोट मागेर जनताको हकअधिकार सुनिश्चित गर्नेछु भनी कसम खानेहरु जनताको हकअधिकार माथि नै कुठाराघात गरेको कुरा जनताको माझ लानु ठुलो कुरा हो ।

अहिलेसम्म भोट माग्नु आउने जतिसुकै दल होस ठुला कुरा र मिठा नारा बोलेर ठगेको कारण दुई तिहाइ मत ल्याउदा पनि ब्यबस्थामा फेरबदल हुन नसकेको हो । हामीले साँचो कुरा जनता माझ लैजान किन हिचकिचाउने ?

यहाँ कामकुरा एकातिर कुम्लो बाेकि थिमि तिर भएकाले जनताले हामीलाई बुझ्न चाहेनन् । देशकाे परिस्थिति जे छ सत्यतथ्य खुलाएनन् भने जनताले हामीलाई पनि सत्ता लिप्सामै उभिएको सम्झिने छ ।

हाम्रो नयाँ तथा वैकल्पिक ढाँचाको अनुसरण जनतालाई पनि महसुस गराउन जरुरी छ । भएको स्थिति परिस्थितिकाे बारेमा खुलस्त प्रस्तुति दिन नसक्नुमा हाम्रै ढुलमुले संकालु सोच र मनगढन्ते काल्पनिक जोखना सम्झेर समय खेर फाल्ने तरिकाले पछि परेको देखिन्छ ।

यसरी नै अझैसम्म भुल्ने भुलाउने खेलमा भुलिरहने हो भने उहीँ चुनावी नतिजा उहि दल उहीँ स्थानमा पुगेर लुटतन्त्र मचाईरहने नै छन्, हामी सडकमा हकअधिकार मागिरहेको हुनेछ । उहीँ बाहुनवाद लाद्ने काम भईनै रहनेछ ।

अब जनबिपक्षीय र जनविरोधी कित्तकाट गरेर सडकमा आउने समय भएको छ । त्यसकारण तपाईंको ब्यक्तिगत बिषय संग अरु उपेक्षित उत्पिडितमा रहेको समुदाय संग सहअस्तित्व कायम राख्नु नै महत्त्वपूर्ण बिषय बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved