हामी संग कुरा गर्दै फूयलले वडामा कोरोना संक्रमण बढी रहेको छ नगरिक भने परिक्षण गर्न मान्दैनन्, कसरी कोरोना संक्रमण दर घटाउने समस्या भएको बताएका छन् । उनले भने खोटाङ्ग बजारमा यस्तो हुन्छ अन्य ठाउँमा कस्तो होला गाउँघरमा स्वास्थ्य स्वंयम सेवीका, शिक्षकले कोरोनासम्बन्धी जनचेतना फैल्याई रहेको बताउनु भयो । कसैले कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएको छ भन्ने सूचना दियो भने पनि समाजले नकरात्मक सोच्ने भएकाले सुचना श्रोतको नाम गोप्य राख्ने गरि सुचना प्राप्त गरेकोले कोरोना संक्रमण दर पछिल्लो समयमा कम भएको उनले बताए ।
कोरोना संक्रमितहरुलाई आफूहरुले बनाएको स्वास्थ्य चौकीको नयाँ भवनमा निमार्ण गरिएको आइसोलेसन राखिएको र त्यहा उचार सम्भव नभएकालाई पालिकाले निमार्ण गरको इन्द्रेणी पोखरीको आइसोलेसन हाले बताउनु भयो । यदि पालिकामा उपचार सम्भव नभए रसुवाघाटमा एम्बुलेन्सले माफर्त बाहिर उपचारको लागि पठाइने उनले बताए । कोरोना संक्रमण जो कोहीलाई पनि हुने भएकाले सबैलाई परीक्षणको दायरा भित्र रहन उहाँको आग्रह रहेको छ ।











