बिपुल बिक्रम ” खस”🖊️ ब्राह्मण शब्द अवेस्ताको देवदूत “बहमन“ शब्दबाट संस्कृतमा अपभ्रंश भएर ब्राह्मण भएको देखिन्छ । पछि शास्त्रमा ब्राह्मण शब्दको अनेकन् अर्थ लागेका छन् । वैदिक कालमा मुख्यतया दुई जातिका ब्राह्मणहरू देखिन्छन्, प्रथम वैदिक ब्राह्मण र दोश्रो मग ब्राह्मण । यसपछि ब्राह्मण बन्ने तेश्रो जाति पणीहरू हुन्, चौथो ब्राह्मण चैँ नेपालका खस मूलका हुन् जो बाह्रौँ शताब्दीपछि ब्राह्मण जातिमा उक्लेका हुन्, यसैले नेपालका अधिकांश ब्राह्मणहरूमूलतः ब्राह्मण हाेइनन्, खस नै हुन् ।
वैदिक ब्राह्मण
भाषाको आधारमा पोन्टिक क्यास्पियन घाँसे मैदानमा गएर वैदिक जन जोडिन्छन् । वेदमा इन्द्रलाई प्रमुख देव मानिन्छ जो पोन्टिक द्यौसलाई धेरै पछि विस्थापन गरेर स्थापित भएका देखिन्छन् । ऋग्वेदमा इन्द्रको रूपको वर्णनमा निलो आँखा, गोरो वर्ण, अग्लो शरीर र सुनौला कपाल” उल्लेख छ । यस आधारमा इन्द्र शितोष्ण प्रदेशका देखिन्छन् । ऋग्वेदको चौथो मण्डलको अठारौँ सूक्तमा इन्द्रको जन्मको बारेमा उल्लेख छ ।

इन्द्र आफ्नो माताको गर्भमा अधिक मास रहेकाले अदितिलाई निक्कै कष्ट भएको थियो तथापि, अधिक समय गर्भमा रहेकाले नै इन्द्र अत्यन्तै बलशाली र पराक्रमी भएका थिए । इन्द्रले प्रसव घरमै कुषवा नामक राक्षस्नीले उनलाई खान खोजेकोले रेको उल्लेख भएकोले इन्द्र त्रिविष्टप (तिब्बत) क्षेत्र आसपासको कुनै राक्षस बाहुल्य भएको स्थानमा जन्मिएका देखिन्छन् । यस आधारमा इन्द्रको जन्मको कथा अनुसार यिनी त्रिविष्टप यानि तिब्बत या आसपासको राक्षस बाहुल्य भएको स्थान, सम्भवतः त्रिविष्टप क्षेत्र नजिकको हालको तजाकिस्तान, किर्गिजस्तान, या ताजकिस्तान क्षेत्रका थिए भन्ने अनुमान लगाउन सकिन्छ ।
यसका अतिरिक्त, सोम, र उत्तर कुरुको बारेमा शास्त्रमा उल्लेख भएको स्थान पनि यही क्षेत्र भएकोले इन्द्रको मूल स्थान यतै देखिन्छ । तजाकिस्तान, किर्गिजस्तान या किर्गिजस्तान नजिकका हुन सक्नुको अर्को कारण पनि छ । वेदमा इन्द्रलाई कौशिक इन्द्र भनिएको छ । सम्भवतः लामा घाँस नै कुश भनी वेदमा लिइएको हुनसक्छ र त्यो सम्भव पनि छ र इन्द्र यही कुश भएको स्थान अर्थात् कुशागार क्षेत्रका हुन सक्छन् ।
कुशागार हाल चीनको पश्चिमोत्तर क्षेत्रमा पर्दछ । ताजकिस्तानसँग जोडिएको तिब्बतको कुशागारमा पनि कुश प्रशस्त हुन्छ । इन्द्रको सम्बन्ध यक्ष र राक्षससँग भएको कुरा वेदबाट स्पष्ट हुन्छ । यक्ष र राक्षस (दुवै एकै स्थानका दुई जात भाइ) दुवै दिक्पाल कुवेरद्वारा रक्षित थिए । कुवेर धनी थिए, उनीसँग सुन प्रशस्त थियो । तिब्बत क्षेत्रमा बुकी सुन (सुनको धुलो) आदिम कालदेखि प्रशस्त मात्रामा रहेको उल्लेख छ । इन्द्रले जन्मने बित्तिकै एक राक्षसीको हत्या गरेका थिए ।
यसैले यक्ष र राक्षस मध्ये राक्षस सदैव यज्ञ विधंशक रहे । इन्द्रलाई कौशिक भनिनु पछाडि इन्द्र कुश द्वीपका काला जातिका नभएर इन्द्रको यसै स्थानसँगको सम्बन्धलाई सङ्केत गरिएको मान्न सकिने भएकाले वैदिक ब्राह्मणहरू पनि यही क्षेत्रका थिए ।
वंशका आधारमा पूर्वका सूर्यलाई पूजा गर्ने सूर्य वंशमा र अग्नि पूजा नगर्ने तथा पूजा गरे पनि पश्चिमोत्तर कृष्ण (कालो) जातिकालाई चन्द्र वंशीय मानिएको अनुमान लगाउन सकिन्छ । इन्द्र सूर्य वंशी श्वेत जातिका भएकाले वैदिक ब्राह्मणहरू पनि यहीका थिए भन्न सकिन्छ ।ब्राह्मणहरूले वेदको श्रृजना गरे, इन्द्रलाई स्थापित गरे, यज्ञ हवनादी कार्य नै वैदिक ब्राह्मणहरूको धार्मिक कार्य थियो भने गोमेध, अश्वमेध यज्ञहरू पनि यिनै वैदिक ब्राह्मणहरूको थियो । वैदिक ब्राह्मणहरू मूर्ति पूजक थिएनन्, तर पितृ पूजक भने थिए ।
मग ब्राह्मण :
सप्त सिन्धुमा आर्यहरू आउनु अगाडि नै सुमेर सभ्यताका असुरहरू यहाँ फैलिसकेका थिए । आर्यहरूले इरानमै असुर सभ्यताका धेरै कुराहरू आफ्नो संस्कृतिमा लिइसकेका हुँदा ऋग्वेद कालमा आर्यहरू अफगानिस्तानमा आउँदा यहाँका असुरहरूसँग घुलमिल गर्न कठिन भएन । ब्राह्मण धर्मको कर्मकाण्ड होममा हालिने जौ, तिल, र चामल मध्ये जौ (देव) तिल (असुर) र चामल मानव (सप्तसिन्धुका मानिस) जातीको प्रतीक हो । “विवस्वतं पूजयन्तो धूपगन्धादिभिः शुभैः अष्टादशकुलानीह मगानां वेदवादिनाम् …साम्ब पुराण अध्याय २ । यस आधारमा असुर भन्नाले सक अर्थात् सिथियन हुन्, अर्थात् असिरियाका असुर जो वेद पाठ पनि गर्दछन् भन्ने स्पष्ट हुन्छ । अर्थात् असुरहरूले पनि पछि वेदलाई स्वीकार गरेको देखिन्छ । असुरहरू वैदिक जातिमा मिसिएको प्रमाणमा पुराणमा उल्लेख भएका सुमेर सभ्यताका नगरहरूको नामहरू पनि हुन् । सुषा नगर इरानको ईलम प्रान्तको एक प्राचीन नगर हो, मत्स्य पुराणमा यस नगरलाई राजा वरुणको राजधानी भनेर उल्लेख भएको । उर या उरु र सुषा दुई नगर पुराणहरूमा पनि उल्लेख छन्, यी दुवै स्थान अहिले इरान र इराकमा (प्राचीन मेसोपोटािमया) पर्छन् । शाकल या शाक द्वीपका शक (खस) असुरहरूको ब्राह्मणलाई “मग“ भनिन्थ्यो । यी मगहरू सूर्यको पूजा गर्दथे । सूर्यको मूर्ति बनाउने मग ब्राह्मणलाई “चित्र पण्डित“ भनिन्थ्यो भने शास्त्र विधानपूर्वक सूर्य उपासना र पूजा गर्ने यिनै मग ब्राह्मणहरू थिए र आजपर्यन्त यिनै मग ब्राह्मणहरू गर्दै आइरहेका छन् ।
वंश परम्परा अनुसार हेर्दा मनुस्मृतिका अनुसार मरीचि, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु,वशिष्ठ आदि सात पुत्र सौर्य कूलका हुन् भने प्रचेतस र भृगु पनि यसै कूलमा आउँछन् । भारद्वाज, गौतम,शाण्डिल्य, रोहित, गर्ग, शातातप, सनत्कुमार, सत्यवद, भार्गव, पराशर, पौण्डिक, शंकक्रतु, दक्ष, काश्यप, जमदग्नि, कार्तिकेय, कुम्भ योनि आदि ऋषिहरू पनि शाक द्वीपका असुर ऋषिहरू हुन् । यी ऋषिहरू मध्ये माथि केही ऋषिहरूका वेद मन्त्र पनि छन् । मग ब्राह्मणहरूमा सूर्याशं भएकोले (योनिज नभएर सूर्यको अंशबाट उत्पन्न भएकोले) असुर शक या खस भए पनि “दिव्य ब्राह्मण“ भनिन्छन् । महाभारतमा यिनै सूर्य पूजक मग ब्राह्मणका १२ परिवार असिरिया (हालको सिरिया) बाट सप्तसिन्धुमा ल्याइएका थिए । आजका मागी ब्राह्मणहरू यिनैका सन्तान हुन् । मग ब्राह्मण एक ब्राह्मण जातीय भोजमा पिठोको गाई बनाएर पोलिन्छ र प्रसादको रूपमा टुक्रा पारेर बाँडी खाइन्छ, असिरियाबाट आएको यो प्रचलन अझै कायमै छ ।
मग ब्राह्मणहरू मूलतः सूर्य पूजक नै हुन् । यिनैले ब्राह्मण धर्ममा सूर्य पूजाको प्रचलन सुरु गरेका थिए । सप्त सिन्धुमा वैदिक जन आउनु अगाडि नै असुरहरू आएर फैलिई सकेका थिए, जसलाई ब्रात भनिन्थ्यो । यी ब्रातहरूले प्रकृति पूजकसँग रक्त सम्बन्ध कायम गरिसकेका थिए र लिङ्ग पूजा पनि यिनीहरूको संस्कृति भित्र परिसकेको थियो । वैदिक कालपछि रक्त सम्बन्धले गर्दा सामान्यतः वैदिक ब्राह्मण र मग ब्राह्मण बिच कुनै स्पष्ट भेद रहन गएन ।
पणी ब्राह्मण :
ऋग्वेदमा उल्लेख भएका पणीहरू (एजष्भलष्अष्बलक) भूमध्य सागरको पूर्वी तटमा बस्ने व्यापारी (केन आनी प्भलब ब्लष्) जाति थिए । सागर किनारबाट केही टाढाको “टायर द्विप“ यिनीहरूको समृद्ध वासस्थान थियो । वरुण यिनैका प्रथम पुरुष थिए । पणीहरू डुङ्गा बनाउन र समुन्द्रमा लुटपाट गरेर मानिसहरूलाई पक्रेर दास बनाई बेच्ने गर्दथे । असुर सभ्यतामा दास प्रचलन यिनैले चलाएका हुन् । कुरानमा उल्लेख भएका बनि इजरायल यिनै पणी जाति हुन् । मेसोपोटामिया सभ्यतामै लेखन कलाको विकास भइसकेको थियो भने पणीहरू जो व्यापारी थिए, का कारण गणित र अङ्कको पनि विकाश भयो ।
ऋग्वेदमा पणी जातिका विष्णु इन्द्रका सहायकका रूपमा देखिन्छन् । इन्द्रले वृत्रासुर युद्धमा यिनै पणी विष्णुको सहायता मागेका छन् । ऋग्वेदमै विष्णु पनि यज्ञ भाग (युद्धमा जितिएको भूमि, धन, पशु) लिने देवताका रूपमा रहेका छन् । यस आधारमा ऋग्वेद कालमै पणीहरु पनि वैदिक जनसँग मिसिएका थिए भन्ने देखिन्छ । मेसोपोटामियन सभ्यताको प्रभावमा परेका पणीहरू पनि मूर्ति पूजक थिए ।
पणी ब्राह्मणहरूको उदय पुराण कालबाट भएको देखिन्छ । पणीहरूले र आर्य असुर ऋषिहरूले मानेका वैदिक इन्द्रलाई उत्तर वैदिक या पुराण कालमा विस्थापित गरे र विष्णुलाई स्थापित गरे । यिनै पणी ब्राह्मणले आफ्नो जातिको विष्णुलाई (जलले घेरिएको टायर द्विपलाई नागसैयाको अर्थमा) पुराण कथाहरूमा स्थापित गरे र वैष्णव मार्गको सुरुवात गरे । सुरुदेखि नै पणीहरू बुद्धिमान व्यापारी भएकाले छलकपटमा पनि पोख्त थिए । यसैले यिनका देवता विष्णु पनि छलकपटका देवता हुन् । विष्णुका अवतार मानिने कृष्ण पनि छलकपटका नै देवता हुन् भन्ने कुरा महाभारतमा कृष्णका कार्यहरूले देखाउँछ । ब्राह्मण धर्ममा कर्मकाण्डको सुरुवात कर्ता यिनै पणी ब्राह्मणहरू हुन् । धर्ममा कर्मकाण्डको माध्यमबाट आय आर्जनको बाटो बनाउने पणीहरू नै हुन् । भागवत, गीता, पुराणहरू र कर्मकाण्ड आदि सबै सबै पणी ऋषिहरूका देन मानिन्छन्, धेरै विद्वानहरूले “पणी ऋषि बदरायण नै व्यास हुन्“ भनेर भनेका छन् ।
खस ब्राह्मण :
नेपालका ब्राह्मणहरू मूलतः खस नै हुन् र बाह्रौँ शताब्दीमा जनै भिरेर ब्राह्मण भएकाले यिनलाई खस ब्राह्मण भन्दा आपत्ति नहोला । यी खस ब्राह्मणहरू न त उच्च ललाट, सुनौला केश, निलो आँखा, अग्लो शरीर र सेतो वर्णका छन् । यसैले यिनले हामी सनातनी हिन्दु भन्नू नेपालको परिप्रेक्ष्यमा गलत हुन्छ । खस ब्राह्मणहरूका पनि कुमाईं, जैसी उपाध्याय आदि विभिन्न भेदहरू छन् । बाह्रौँ शताब्दी पछि ब्राह्मण भएकाले यिनीहरूको कुनै प्राग इतिहास छैन ।










