Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्ला अस्पताल उदयपुरलाई पत्रकार आकाशकाे सुझाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 24, 2024

आकाश मगर,उदयपुर। जिल्ला अस्पताललाई मेरो सन्तुष्टि र असन्तुष्टि समिश्रण केहि सल्लाहा दिन चाहान्छु । केहि बर्ष अघि अस्पताल कर्मचारि र प्रसासणको लापरबाहिले सरकारको स्वामित्वमा रहेको यो स्वास्य सँस्था जिल्ला अस्पताल कुनै बिवाद रहित हुन सकेन । बिभिन्न आन्दोलन, तोडफोड र यस्ता अनेकौँ असन्तुष्टिहरुको बिचबाट पाठ सिकेर सेवामा केहि सुधार उन्मुख रहेको अस्पतालमा साधरण जनताले निकै भरोसा गर्न थालेकोछ, हरेक दिन उपचार गराउन आएको भिडलाई देख्दा यो कुराको अड्कल गर्न सकिन्छ कि केहि सुधार भएछ क्यार तर यथार्थमा भने थोरै केहि फरक देखियो ।

जिल्ला अस्पताल उदयपुरमा पछिल्लो समय पढेलेखेका चिकित्सकहरु आएको र उनिहरुले जनतालाई पुराएको सेवामा जनताले मन बुझाएको भए पनि खुसि मनाउन भने सकेकोछैन । करिब ५ बर्ष अघि १ बर्षको मेरो शिशुलाई लिएर डिटिपी भ्याक्सिन लगाउन १० बजे तिर अस्पताल गयौँ सेवाग्राहिको भिड निकै थियो दिउसो खाजा खाने बेला भयो सबै स्वास्थ्यकर्मिहरु १ः०० बजे खाजा खाना निस्किए २ः३० बजीसक्दा पनि गर्मिसहेर स्वाथ्यकर्मि पर्खिएको म लगाएत अन्य धेरै नवजात शिशुहरुलाई दिन पर्ने भ्याक्सिन दिन ढिला गरे पछि म लगायत अन्य बिरामिका आफन्तहरु अस्पताल प्रसाषण गएर गुनासो राखेपछि मात्र खाजा खान गएका स्वाथ्यकर्मिहरु दौडदै आए । केहि समय अघि मानिसको भिड र लामो लाईनमा बस्दा समेत डाक्टर समयमा नआए पछि मेरो एकजना मित्रले अस्पतालको चरम लापरबाहिलाई भिडियो खिचेर जनता सामु ल्याईदिए जसलाई दुईलाख एघार हजार पटक हेरीयो र आफ्नो प्रतिकृया दिएका थिए जसमा आफुहरुले पनि अस्पतालमा यस्तै समस्या झेलेको बताएका थिए ।

यस्ता थिए बिगतका केहि तिता नमिठो अनुभबहरु : जिल्ला अस्पताल गरिब, असाहाय,पिछडिएका बर्गहरुले आशा राखेको एक स्वास्थ्य केन्द्र हो , जहा पैसावाला ब्यापारि , नेता र ढनाढ्य ब्यक्तिहरु सेवा लिन खासै आउदैन तर गरिब र मध्येम वर्गका मानिशहरु आउछन जहाँ जनताको आर्थिक पक्ष मात्र होइन स्वास्थ्य बिशेष त जिवन बाच्ने भरोषाको ढुक ढुकी अडिएकोछ, स्वाथ्य शरिर लिएर फर्कने आशा अडिएकोछ त्यतिमात्र होइन घरमा पर्खिरहेको आफन्तहरुको मुस्कान लुकेकोछ यसैले ये अस्पतालमा लापरबाहि हुनुहुन्न स्वास्थ्य सेवा दिन कञ्जुस बन्न हुन्न । पछिलो समय हरेक दिन ५ सय भन्दा बढि मानिसहरु ओपिडिमा सेवा लिन आएकाछन , प्रसुति तिरै उतिकै मानिशको भिड छ , ईमरजेन्सि तिर उतिकै तर कति मानिसहरु डाक्टरलाई आफ्नो रिपोर्ट समेत देखाउन नपाई फर्किजान्छन र भिडलाई देखेर फर्केकाछन किनभने अस्पतालको अस्तब्यस्ता र ब्यावस्थापनको कमिले सर्वसाधरण हैरान भएकाछन ।
अस्पतालको सेवा लिने क्रममा मैले धेरै प्रकारको बिरामिहरु भेटेकोछु , अपाङ्ग जेष्ठनागरिक , गर्भवति महिलाहरु सबैलाई भेटेकोछु उनिहरुको प्रतिकृया लिदाँ अस्पतालमा जनताको बिस्वास देख्दा खुसिलागेको तर कर्मचारिहरुले सेवा ग्राहिलाई दिने सेवा पुर्जि काट्ने देखि डाक्टरलाई देखाउदा सम्मको सास्ति र चिकित्साकको ढिलाई र थोरै समयले आफुहरु मारमा परेको बताएका थिए ।अस्पतालको केहि कमजोरिहरु बुँदागत रुपमा राख्न चाहान्छु ।

टिकट काट्ने लाईको ब्यावस्थापनमा समस्या : पछिलो समय जनताको अस्पताल प्रति भरोसा बढ्दै जानु र निजि अस्पतालहरुमा नगएर सरकारि अस्पतालमा उपचार गर्न आउनु सकरात्मक पक्ष भएपनि टिकट पुर्जि लिने बेला जनताले निकै सास्ति भोग्नु परेकोछ । अस्पतालको भित्तामा झुण्ड्याईको वडापत्रमा अस्पतालमा टिकट लिने समय ८ः३० बजे तोकेको भएपनि टिकट लिन सर्बसाधरण ८ बजे देखिनै लाईनमा बस्छन तर कर्मचारिहरु प्रसासणबाटै ९ बजे मात्र टिकत बितरण गर्नु भन्ने आदेशछ भन्दै सर्बसाधरण बिरामिहरु लाईनमा उभिएको हेर्दै मोबाईल चलाउन ब्यस्त हुन्छ । समयमै कर्मचारि नआउनु अनि अस्पतालमा चिनेको कर्मचारिहरुले ढिला आएका आफन्तहरुलाई पनि ढोका भित्रबाट पसेर टिकट काटीदिनाले लाईनमा उभिएकाहरु रुष्ट भएकाछन ,यसैले घाम पानिबाट जोगिन सक्ने ठाउमा पुर्जिकाट्ने ठाउ राख्न जरुरिछ त्यति मात्र होइन पुर्जिकाट्ने ठाउमा चाहिने आवश्यक जनशक्ति नराखेर घण्टौँ सेवाग्राहिलाई लाईनमा अल्झाउने प्रवृतिले कर्मचारिहरुको निजि अस्पताल सँगको साँठगाँठ त छैन भन्ने शँका गराउदछ ।

प्रविधिको  कमि : बिरामिले थलिएको मानिसहरु आफ्नो रोग केहो भन्ने कुरा पनि थाहा नपाई मृत्युवरण त गर्नुपर्नेहोइन भन्ने प्रश्न उठेकोछ । बिरामिलाई आफ्नो रोग केहो भनेर पत्ता लगाउन निकै समयलाग्छ, दिउसो २ बजे पाईने रिपोर्ट लिन अझै जनताले आधा घण्टा बढि कुर्नुपर्छ । पेट दुखेर छटपटिएको बिरामिले भिडियो एक्सरे गर्न घण्टौ लाईनमा अभिएर बस्नुपर्ने , गर्भवति महिलाहरु समेत भिडियो एक्सरे गर्न अरु बिरामि सँग उभिनु पर्दा सरकार र बिशेष अस्पताल प्रसाषण जनताको स्वास्थ्य प्रति कति लापर्बाहिछन भन्ने प्रश्न उठ्दछ यसैले रगत, पिसाबको रिपोर्ट चाडो निकाल्न सक्ने प्रबिधिहरुको बिकाश गर्न र भिडियो एक्सरेको मशिनहरु थपेर कम्तिमा पनि दुई ठाउबाट यो सुबिधा लिन सक्ने बनाउनुपर्छ । केहि वर्ष अघि मादक पदार्थ सेवन गरेर खोलामा लडिरहेको एक जना मेरो आफन्तलाई स्थानियले खबर गरेपछि प्रहरिले जिल्ला अस्पताल लिएर आयो तर समस्या केहो भन्ने थाहा नपाई जाडोले कठ्याँग्रिएको उनलाई स्लाईन पानि दिएपछि अस्पतालमै उनको मृत्युभयो यदपि यि घटनाहरुले कुनै ठुलो रुप नलिए पनि बिज्ञता भएको चिकित्सकहरु आपतकालिन सेवा दिने ठाउमा कति आवश्यक छ र घटना र परिस्थिति हेरेर उपचार गर्नपर्ने प्रबिधिको बिकास गर्न आवश्यक कति छ भन्ने कुराको माग यि घटनाहरु प्रस्ट पारेकोछ यसकारण स्थानिय सरकार र बिशेष अस्पताल प्रसासण गम्भीर ध्यान दिन पर्छ जस्तो लाग्छ ।

डाक्टर समयमा नआउनु : चिकित्सकहरु समयमा नआईदिने बिहान झण्डै १०ः३० बजे डाक्टर बिरामि जाँच गर्न आउछन, १२ः५० मा खाजा खान बाहिर निस्कन्छन र २ः१० बजे तिर अस्पताल फर्केका चिकित्सकहरु ४ बजे अस्पताल बाट बाहिरिन्छन झण्डै ४ घण्टा जति मात्र अस्पतालमा उपलब्ध भएर जनताले कति स्वास्थ्य सेवा लिन सक्छन त ? के यो प्रश्न आम जनताको होइन र ? यो अस्पताललाई कसले जिवन्त राखिराख्ने ? यो अस्पतालमा आएको सेवाग्राहिहरुले के वास्तवमा सन्तुष्टि सहितको सेवा पाएकाछन त ? मैले यि कुराहरु लेख्दै गर्दा जिल्ला अस्पताललाई खराब भनेर प्रमाणि गर्न खोजेको होइन तर सुधार हुन बाँकि रहेको ठाँउहरुमा सुधार गर्नुहोस र आफ्नो आँगनमा भएको अस्पतालबाट उदयपुरका जनताहरुले सजिलै सँग स्वास्थ्य सेवा पाउन सकोस ।
एक जना सेवाग्राहिले आफ्नो रिपोर्ट ढिलो आएकोमा दुखेसो पोख्दै मलाई भनेका थिए, मैले जिल्ला अस्पतालको डक्टरबाट बाहिर निजि अस्पतालमा गएर उपचार गराएँ । अस्पतालबाट सेवा लिने क्रममा मेरो मनमा उठेको शँका राख्न चाहेँ । दुई चार बर्ष अघि जिल्ला अस्पतालको साख यति कमजोर थियो मानिसहरुले बिस्वास गदैनथे, बरु स्वास्थ्यचौकीमा औषधि किनेर खान्थे तर जिल्ला अस्पतालमा आउदैनथे, जसको परिणम निजि लगानिकर्ता स्वास्थ्यकर्मिहरुले गाईघाटमा अस्पतालहरु खोले नाम दाम सबै कमाए तर केहि वर्ष देखि यता उदयपुर जिल्ला अस्पतालले आफुलाई रुपान्तरण गर्यो , अस्पतालको सेवामा सुधार ल्यायो जसकारण मानिसहरुले फेरि जिल्ला अस्पताललाई बिस्वास ग¥यो जसकारण जिल्लाको धेरै मानिसहरुले बिराटनगर ,धरान जानछोडे, गाईघाटमै भएको अरु निजि अस्पतालहरुमा जानछोडे र अहिले जिल्ला अस्पतालले थेगिनसक्नुको भिड मानिसहरु उपचार गराउन आउछन । मेरो शँका यहाँनेर छ कतै कमिसनको लोभमा, निजि अस्पतालहरुको लालच र प्रलोभनमा परेर उठ्दै गरेको जिल्ला अस्पतालको गरिमालाई बिगार्ने त होइन भन्ने शँकाछ, डाक्टरहरुले थोरै समयमात्र बिरामिको चेकजाँज गर्नु, टिकट पुर्जा काट्ने ठाउमा ढोकाबाट छिराएर आफ्नो चिनजानको काम गरिदिनु र सर्बसाधरण जनतालाई घण्टौँ लाईनमा उभ्याए छुट्टा पैसाछैन साटेर ल्याउनु भन्दै अनावश्यक दुख दिनु, खाजाखान १ घण्टा भन्दा बढि लगाएर जनताको स्वास्थ्य भन्दा महत्व खाजा खान दिनु र ४ बजे आप्mनो क्याबिन बन्द गरेर हिड्नु यस्ता प्रबृति र प्रसाषण समेत मौन बस्दै तलब भत्ता खाएर मोटाउदै बस्नुले गौन र अप्रत्तक्ष्य निजि अस्पताल तिर जाउ भन्ने ईशारा बुझिन्छ । हाम्रो आशा र अपेक्षा यहिहो कि सरकारि क्वाटरमा बसेर सरकारि दरबन्दिमा आएर सरकारि स्वास्थ्यसेवाबाटै जनताले सेवा पाओस, जिल्ला अस्पतालको चिकित्सकहरु खोज्न निजि अस्पताल र क्लिनिक तिर जान नपरोस। यदि जिल्लाको सम्पतिको रुपमा रहेको यो अस्पतालमा खोटाङ्ग, ओखलढुङ्गा, सिराहा , सप्तरि ,सिन्धुलि। भोजपुर जस्ता छिमेकि जिल्लाबाट सेवाग्राहि भित्राउने र होटल लज जस्ता ब्यावसायहरुलाई फस्टाउने हो भने अस्पतालले दिने सेवालाई तन्काउन बढाउन आावश्यकछ, उच्च प्रबिधिको बिकास गर्न, बिज्ञ डाक्टरहरुको ड्युटि बढाउन आवश्यकछ किनभने उदयपुरको ६ ओटा पालिका हुदै गएको मदनभण्डारि राजमार्ग जहाँ प्राय हरेक दिन सवारि दुर्घटना बदिरहेकोहुन्छ, गाईघाट बाट नजिकै दुरिमा रहेको महेन्द्र राजमार्ग जहा पनि सवारि दुर्घटना अधिक भैरहेकोहुन्छ यसैले यो कुराहरुको मध्येनजर गरि सेवामा तिब्रता , बिस्वासनियतालाई कायम राखिराख्नुपर्दछ ।

अस्पताल परिसर सफा राख्नु : स्वास्थ्य सेवा उपलब्ध गराउने ठाउमा , जहाँ आएर मान्छेहरु स्वस्थ्य भएर फर्किन पर्नेहो तर त्यहिबाट बिरामि भएर फर्कन प¥यो भने ? वास्तवमा यो लाजमर्दो प्रश्नहो तरै पनि जिल्ला अस्पतालको परिषर सधै सफा राख्न आवश्यकछ । दुख साथ भन्नुपर्दा प्रसुति कक्ष रयसको वरिपरि, रिपोर्ट लिने ठाउ वरि परि नवजात शिशुहरुलाई खोप हान्ने ठाउ वरिपरि धेरै फोहर र दुर्घन्धहरु देखिएकोछ , शौचालयको अवस्थाहरु उस्तै नाजुकछ त्यसलाई सफा राख्न अस्पताल प्रसाषणले ध्यान दिनुपर्छ ताकि बिरामि उपचार गराउन आएका निरोगि मानिसहरु आफै बिरामि नहोस र भर्खर जन्मेका शिशुहरुलाई समेत स्वास्थ्य समस्या नहोस ।

अन्तमा जिल्ला अस्पताल यहाँको सबै जनताले शुलभमा स्वास्थ्य सेवा लिन पाउन, सजिलै, छिटै स्वास्थ्य सेवा लिन पाउन भनेर सरकारले लगानि गरेकोहो , कसैलाई फोकटमा समय बिताउन, कुनै पार्टिको कार्यकर्ता भर्ति गर्न कसैको छोराछोरिलाई जागिर खुवाउनको लागि होइन तर गरिब भन्दा गरिब जनताले समेत आत्मासाथ स्वास्थ्य सेवा लिन पाउन भनेर हो यसैले यो अस्पतालको हरेक कर्मचारिहरु जनता प्रति उत्तरदायि हुन र मुस्कान सहितको सेवा दिन आवश्यकछ। अनि देखिनेछ सुधारिएको अस्पताल अनि गर्बगर्नेछन जनता ।

पत्रकार आकाश मगर सूचना चाैतारी डट कमका लागि जिल्ला सम्बाददाता हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved