डिकेन्द्र बस्नेत, झापा । दमकमा रहेर सामाजिक तथा मानवीय सेवाहरु प्रदान गर्दै आइरहेको संस्था क्लव हिमालयन टाईगर दमक शाखाले २११ औं भानु जयन्तीको अवसरमा साहित्यिक तथा शुभकामना शुभेच्छा कार्यक्रम सम्पन्न गरेको छ।
झापाको दमक ८ डायनामिक पब्लिक लाईब्रेरीमा भएको सो कार्यक्रमको अध्यक्षता क्लव हिमालयन टाईगरका अध्यक्ष मेघनाथ फुयाल रहेको कार्यक्रममा साहित्यकार प्रज्ञा प्रतिस्ठानकि सदस्य सिमित्रा बांदेल चेलि प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।

यस्तै संस्थाका संस्थापक अध्यक्ष, दमकका साहित्यकार, डायनामिक पब्लिक लाईब्रेरीका अध्यक्ष भेसराज न्यौपाने तथा क्लव हिमालयन टाईगरका पदाधिकारीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
साहित्यक कार्यक्रममा आदिकवि भानुभक्तका रामायण, घासीको यथार्थ घटना लगायतका अँश र उनका रचनाहरू वाचन गर्नुका साथै आदिकविको जीवनका घटना, सिर्जना यात्रा र उनका योगदानबारे समेत चर्चा गरिएको थियो।
कार्यक्रममा कविहरू टंक न्यौपाने, दुर्गा काफ्ले, डाक्टर लेखनाथ न्यौपाने, धनकुटे कान्छा (शंखर चापागाईं), अर्जुन निरौला, बिन्दु दाहाल, सञ्जु निरौला लगाएतले आफ्ना रचना वाचन गरेका थिए।
साहित्यकार धनकुटे कान्छाले कार्यक्रम मार्फत दमकमा साहित्य र सिर्जनाको उत्थान र प्रवर्द्धनका लागि दमक नगरपालिकाले अहिलेसम्म खासै उपलब्धि मुलुक कार्य नगरेकोमा दुखेसो व्यक्त गर्नुभयो ।










