Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापामा खुल्ला दौड प्रतियोगिता हुँदै, प्रथमलाई ५० हजार नगद राशि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2024

By Dikendra

झापामा दुई बिधामा दौड प्रतियोगिता हुने भएको छ। पहिलो बिधा राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका समेत धावक सहभागी बन्न सक्ने गरिको खुल्ला बिधा र अर्को चाहिँ स्थानीयलाई समेटिएको दोस्रो बिधा रहेको छ ।

मानवहित संरक्षण मंच नेपालले आयोजना गर्न लागेको दौड प्रतियोगिता क्रमशः १० र ५ किलोमीटर दुरीको हुने छ । असार २१ गते देखि हुने दौड प्रतियोगिताको पहिलो बिधाको प्रथम बिन्दु दमक स्थित भाटभटेनी सुपरमार्केटबाट कमलको सहिद गेटसम्म रहने छ ।

दोस्रो बिधामा भाटभटेनी देखि कमलको आदिवासी रंगशाला सम्म रहने छ । दुबै बिधामा महिला र पुरुषका लागी पुरस्कारको प्रबन्ध गरिएको छ । खुल्ला बिधा अन्तरगत महिला र पुरुष दुबै बिजेताले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन भने स्थानियमा पनि महिला र पुरुषका लागी पुरस्कारको ब्यबस्था गरिएको कार्यक्रम संयोजक समुद्रा लामाले बताइन् ।

स्थानीय बिधाका बिजेताले नगद १५/१५ हजार नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । स्वास्थ्य भातृत्व र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको झापाको दमकमा पत्रकार सम्मेल गरि जानकारी गराईएको छ ।

माओवादी केन्द्र दमक नगर र कमल गाउँ कमिटीको ब्यबस्थापनमा हुने प्रतियोगीताको बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा दमक र कमलमा रहेका माओवादीका केन्द्रीय, प्रदेश, जिल्ला र पालिला स्थरका नेता तथा पार्टिका विभिन्न भातृ संघठनका नेतृत्वहरु, साथै लोक प्रसाद ओली इभेन्टस डाइरेक्टर (वरिष्ठ एथलेटिक्स प्रशिक्षक), जिबेश ओली (इन्टरनेसनल जर्ज), मदन खडका(अखिल नेपाल खेलकुद संघ महासंघ सचिव) लगाएतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी बन्न कुनै शुल्क तिर्न पर्ने छैन भने सबै सहभागीको बिमा समेत गरिने साथै ट्राफिक व्यवस्थापन रहेको पत्रकार सम्मेलनमा जनाईएको छ । करिव ५ सयजना धावक यो प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved