Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शास्त्र र ईश्वर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 21, 2024

हाम्रा पण्डितजीहरूकाे मुखैमा शास्त्र झुन्डिएको हुन्छ, मानाैँ उहाँहरू हरेक शास्त्रमा पारंगत हुनुहुन्छ । ब्राह्मण धर्मकाे एउटा आश्चर्य लाग्दाे तर तारिफ याेग्य गुण के हाे भने यिनीहरू कथा बााउन खुब जान्दछन्, कताकाे कुरा कता लगेर जाेड्न पनि मज्जाले जान्दछन्, राम्राे नराम्राे दुबै मज्जाले बनाइदिन्छन्, पुच्छर र ग्वाँख जाेड्न त यति शिपालु छन् कि कुरा गरेर साध्य छैन । अर्काे कुरा के पनि सत्य हाे भने असत्यलाई पनि सत्य मान्ने मूर्ख मण्डली धर्मात्माले श्रद्धाले विवेकलाई मारेर बसेकाे हुन्छ । वाल्मीकि रामायणमा थुप्रै कथा थपिएर अनेक रामायण बने, महाभारतमा त्यत्तिकै कथा थपिएका छन्, र पनि त्यसलाई प्रमाणित इतिहास मान्ने र पत्याउनेकाे कमि छैन । याे राेग गालिबसम्म पनि पुगेकाे छ । कैयौं यस्ता शेर छन् जुन गालिबले लेखेकै हाेइनन् तर गालिबकाे नाम जाेडिएकाे छ ।

ईश्वर र ईश्वरकाे अवतारलाई पनि शास्त्रका कथाहरूमा यसरी व्याख्या गरिएका छन् कि मानाैँ ती सबै कथाका घटनाहरू आँखै अगाड घटेका हुन् । अनि सुनाउने पण्डितहरू पनि त्यसलाई फुर्का हालि हालि बडाे स्वादले सुनाउँछन् । बिच बिचमा अलाैकिक ज्ञान पनि बाँड्छन्, विज्ञान, ओखतीका दीव्य उपदेश दिइटाेपल्छन् मानाैँ एम डि डक्टर हुन् । इश्वरकाे बारेमा वेद नै प्रमेय छ भने अवतारकाे कुरा कताबाट ल्याए ! बुझिनसक्नु छ ।

ईश्वर र ईश्वरीय अवतार प्रमेय अर्थात् प्रमाणित गरिनु पर्ने कुरा हो । यसैले प्रमेयलाई चार प्रमाणहरू प्रत्यक्ष, अनुमान, उपमान र शब्द प्रमाणले प्रमाणित गर्ने कोशिश गरिन्छ ।

ईश्वर र अवतारको बारेमा कुनै प्रत्यक्ष प्रमाण छैन । वेदले नै निर्गुण, निराकार र अजन्मा भनेकाे अवस्थामा, नाशदिय सूक्तमा आदीमानवलाई पनि थाहा हाेला नहाेला भनेपछि मैले देखेँ भनेर कसैले प्रत्यक्ष प्रमाण पेस गर्ने कुरा सम्भव नै भएन ।

अनुमान प्रमाण आफैमा आधा सत्य र आधा झुठ छ, सत्य हुन या नहुन सक्छ । तर अनुमान भनेकाे प्रत्यक्षमा मात्रै गर्न सकिन्छ, लक्ष्यण देखिए मात्रै अनुमान लगाउन सकिन्छ । बस स्टेसनबाट बस गुडेपछि बसकाे गति, सडककाे अवस्था आदिकाे ज्ञानकाे आधारमा यहाँ पुग्याे हाेला भन्ने अनुमान लगाउन सकिन्छ, बिरामीको लक्षण हेरेर राेगकाे अनुमान लगाए जस्तै, तर ठ्याक्कै भन्न चैँ सकिन्न । अर्थात् अनुमान प्रमाणलाई शून्य प्रमाण नै भनिन्छ र अनुमान प्रमाणको आधारमा कुनै कुराको पुष्टि गर्न सकिँदैन ।

उपमान प्रमाण भनेको कसैले भनेकै भरमा त्यसलाई पत्याउने कुरा हो । जस्तो, जिराफ र खरायो दुवै नदेखेको व्यक्तिलाई कसैले जिराफ देखाएर खरायो र खरायो देखाएर जिराफ भनिदियो भने देख्नेले त्यसलाई पत्याउँछ, जब कि त्यो सत्य भने होइन । अर्थात् यहाँ आँखाले देखेकै कुरा पनि झुठो हुन गएको छ ।

विभिन्न विद्वान, ऋषि महर्षिका आ-आफ्नै तर्कहरू छन्, दर्शनहरू छन्, मुण्डानुसार विचारहरू छन् र माथि नै भनियाे वेदका ऋचा शब्द प्रमाण मात्र हुन् । जब वेदका ऋचा नै शब्द प्रमाण हुन् भने बाँकी शास्त्रका के कुरा गर्नु ! पण्डितजीहरू जसरी शास्त्र शास्त्र भनेर फलाक्दै याे पुराण त्याे पुराण या गीताकै पनि आधार लिएर प्रमाणित गर्न खाेज्नु हुन्छ त्याे व्यर्थ प्रयाश मात्रै हाे । ईश्वर या ईश्वरीय अवतारलाई प्रत्यक्ष, अनुमान, उपमान र शब्द, यी चारै प्रमाणहरू मध्ये कुनै एक वा सबै प्रमाणको आधारमा पनि प्रमाणित गर्न सकिँँदैन । ईश्वर या ईश्वरीय अवतार बौद्धिक बहसको खुराक भने बन्न सक्छ तर कसैले अवतार या ईश्वरलाई यही हो भनेर किटान गरेर प्रमाणित गर्ने कुनै ठोस आधार भने छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved