Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाल्यकालमा डाक्टर बन्ने सपना बोकेकी सिटौला २४ वर्षको उमेरमा प्रिन्सिपल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2024

झापाको दमक ४ मा स्वर्गीय मोहन प्रकाश सिटौला र अम्बिका सिटौलाको कान्छि छोरीको रुपमा २०५३ सालमा एलिजा सिटौलाको जन्म भएको हो। उनको ३ जना दिदिहरु र एकजना भाइ छन। ५ जना छोराछोरीहरु मध्ये दुई जना एलिजा र उनको भाई शिक्षण पेशामा आवद्ध छन।

दमक ४ मा रहेको आफ्नै स्कुल विद्यालक्षिमि विद्यालयबाट २०६९ सालमा एसईइ दिएकि एलिजाले सिद्वार्थ बोडिङबाट २०७२ मा +२ गरेकि हुन । दमक बहुमुखी क्याम्पसबाट फाइनान्स विषयमा पछिल्लो वर्ष मास्टर्स सकाएकि उनले शिक्षा विषयमा फेरी मास्टर्स अध्ययन गर्ने सोचमा रहेकी छिन। आजको श्रृङखलामा झापाको दमक ४ स्थित श्रि विदयालक्षिमि स्कुलकी प्रिन्सिपल एलिजा सिटौलासँग सुचना चौतारी डट कम झापाका संवाददाता डिकेन्द्र बस्नेतले लिनुभएको अन्तर्वार्ता :-

सुरु गरौ, पारिवारिक अवस्थाबाट परिवारको स्थिति कस्तो थियो।
• युनिसेफ संस्था पछि गएर आई.ओ.एमसँग मर्ज भयो त्यसैमा बाबाले गाडी चलाउने गर्नु हुन्थ्यो। राम्रै तलब भएकोले पारिवारको आर्थिक स्थिति राम्रै थियो । सानैदेखि हामीलाई त्यसतो दुःख वा अभावको सामना भने गर्नु परेन ।

उमेरले २८ वर्ष पुग्नु भएछ विवाह गर्ने सोचमा हुनुहुन्न ।
• विवाह चै बेला आएपछि हुन्छ जस्तो लाग्छ । पारिवारिक जिम्मेवारी थपिएको कारण पहिला यसलाई केही सहज बनाउने र विवाहलाई थोरै पछि गर्ने सोच राखेको छु।

भनिन्छ नि सानोमा म यस्तो बन्छु उस्तो बन्छु भन्ने सबैको सपना हुन्छ के बन्छु भन्ने सपना थियो तपाईंको ।
• सानोमा मलाई डाक्टर बन्ने सपना थियो। किनकि स्कुलिङको समयमा हरेक क्रियाकलापहरुमा अब्बल थिए, क्लासकै फस्ट विद्यार्थी साथै स्कुल क्याप्टेन पनि रहेको हुदा साथीहरूले उसले चै केही गर्छकि भन्ने सबैको ममाथी आशा थियोे। कतिवटा समय र परिस्थितिले गर्दा म यो क्षेत्रमा छु र यस ठाँउमा आइपुग्दै गर्दा पनि मलाई खुशी लाग्छ किनभने म डाक्टर हुन नसके पनि मैले मेरो विद्यार्थीलाई डाक्टर बनाउन योग्य बनाउनेछु भन्ने महशुस हुन्छ। डाक्टर पेशामा नभए पनि शिक्षण पेसामा सन्तुष्टि नै छु। सानैदेखि जुन काम गरिन्छ त्यो कामलाई निरन्तरता दिने गरेको छु। हुनत शिक्षण पेसा र डाक्टर पेसा त फरक नै हो तर। जब मैले यो नै गर्नुपर्छ है भन्ने आएपछि भित्रि मन देखि नै यसलाई अपनाएको छु।यता गर्दै जानै यता हुदै गर्छ भन्ने तरिकाले भन्दा पनि जे गर्छु शिक्षा क्षेत्रमै केही गर्छु भन्ने छ । मैले यत्रो ठुलो लगानी गरिसके, लगानी भनेको सम्पत्ति वा पैसाको मात्रै नभएर, समयको लगानी हुन्छ , भावनाको लगानी यसमा मेरो भावना पनि जोडिएको छ। २०६९ को एसईइ सकिन्न साथ स्कुलमा पढाउन सुरु गरेकि हु। त्यतिबेला मैले नर्सरी पढाएको नानीहरू अहिले कक्षा ९ मा अध्यन गर्दै छन। संघर्ष गर्दै यस टेबलमा आइपुगेको हो। यहाँ सम्म आइपुग्न हिजोको आज, आजको भोलि भन्दा पनि १० वर्षको लामो अनुभव रहेको छ। बाबाको स्कुलमा एकाउन्टेन्ट हुदै , स्कुल कोर्डिनेटर भए र ४ वर्ष यता प्रिन्सिपलको जिम्मेवारी पाएको हो ।

स्कुल कहिले स्थापना भएको हो , स्थापनाकालदेखि अहिलेसम्म नियाल्ने भने के कस्ता फरक पाउनुभयो ।
• २०५१ सालमा स्कुल स्थापना भएको हो। सुरुवाति दिनमा साविकको दमक ८ र हाल दमक ४ कृष्ण मन्दिर उत्तर कोठा भाडाबाट करिब ४ वर्ष थियो । करिब १० वर्ष दमक १६ हाल दमक ४ कृष्ण मन्दिर चौक दक्षिणमा पुर्ण राईको घरमा स्कुल थियो । त्यसपछि हामीले स्कुलको लागि १० कठ्ठा जमिन खरिद गरेर विगत दश वर्ष यता आफ्नै भवन र जमिनमा स्कुल सञ्चालनमा आएको छ। स्कुल यहाँसम्म आइपुग्दा लामो संघर्ष गरेको छ। एसईई सत प्रतिशत नै छ।

तपाईं स्कुलमा मात्रै होकि अन्य केहि कुरामा पनि संग्लनता छ ।
• लाइन्स कलब अफ मकालुको सदस्य, फस्ट भिपिमा छु। यसबाट हामीले फुड बैंक, क्लोथ बैंक लगाएत विभिन्न सामाजिक कार्यहरु गर्दे आएको छौं । व्यक्तिगत रुपमा पनि सामाजिक कार्यहरुमा सरसहयोग गर्दे आएको छु। यदि मकहाँ सहयोगको लागि आउनुभयो भने किन रित्तै हात फर्काउनु भनेर केहि सहयोग गरिनै रहेको छु।

विगत ४ वर्षदेखि स्कुल चलाउदै आउनु भएको छ कत्तिको सहज वा अफ्ट्यारो लाग्यो त।
• स्कुल चलाउन पक्कै पनि सजिलो छैन । हामीले देख्दा चार सय जना बच्चा देख्छौ । तर ती बच्चा भनेका प्रत्येक अभिभावकका एउटा बच्चा हुन । त्यो पनि एकदम मुस्किलले भएको छन। त्यसकारण हामीले सुक्ष्म अध्धयन गरिरहेका छौं । यो पेसालाई चै एकदमै निगरानीमा हेरेर यो केटाकेटीको भनेको अलि गम्भीर विषय हो । हामीले स्कुलको खेल मैदान, कक्षाकोठा, स्कुल बस देखि सबै कुरालाई ध्यान दिनुपर्ने हुन्छ। बच्चा स्कुलमा आएदेखि घर नफर्केसम्म जिम्मेवारी स्कुलकै हुन्छ विचार गरेर सेवा गर्नुपर्ने हुन्छ । चुनौति पनि छ किनकि प्रतिस्पर्धात्मक बजार छ सबैतिर यो भन्दा त्यो राम्रो भन्दा पनि हाम्रो फोकस फरक छ । हिजोको दिन कसरी पढाइ त्यो भन्दा फरक तरिकाले किताब पढ्नुपर्छ , रटनुपर्छ गर्नुपर्छ भन्दा पनि म फरक ढंगले लागेको छु। मेरो सोचाइमा सिकाई भनेको कक्षामा मात्रै होइन है , कक्षाकोठा बाट विद्यार्थी बाहिर निस्कनै पर्छ , चारवटा दिवार भित्र भन्दा पनि बाहिर निस्कनु पर्छ , जति बाहिर निस्कन्छ, जति स्कुलले बाहिर लान्छ, अवलोकन गराउछ, जति देखाउछ बच्चाले त्यति सिक्छ। जस्तै हामी किताब एप्पल यस्तो छ है भनेर स्याउ देखाएर पढाउछौ भने अब समय भनेको हामीले स्याउ फलेको ठाँउमा लानुपर्यो, वास्तविक त्यहाँ केछ,कस्तो छ, क्वालिटि फरक छ, कस्तो तरिकाले उम्रिन्छ पढाउन सक्यौं भने चै राम्रो हुन्छ जस्तो लाग्छ। पछिल्लो ३ वर्ष यता सीप , संस्कार र प्रविधिसहितको शिक्षा सिकाउदै छौ । जहाँ प्रत्येक शिक्षामा बच्चाले सीप पनि पाओस् संस्कार पनि पाओस , प्रविधि पनि जोडियोस। भोलिका दिनमा सबै बच्चाहरु डाक्टर हुन्छन भने छैन त्यसैलै कुनै स्कुलले सिकाएको शिक्षाले जीवनमा केही गर्न सकोस् र जीवन उपयोगी होस् भन्ने धारणा रहेको छ।

धेरैले भन्ने गरेको छन शिक्षा सेवामूलक भन्दा कमाउ धन्दा अर्थात बिजनेस सरह हेर्न थालेका छन साथै कतिपय स्कुलले मनमानि बिल उठाएको कुरालाई कसरी लिनुभएको छ।
• यो चै परबाट हेरेर नियालने कुरा मात्रै हो सम्भावनाको कुरा लाग्छ। फि बनाउने सन्दर्भमा नगरपालिकाले पनि ध्यान दिनुपर्छ । विदयालयको मात्रै होइन यो हाम्रो स्थानीय सरकारको पनि कमजोरी हो । हामीले विद्यालयको फि को बनावट बनाउदा हामीले दुई तिहाइ अभिभावको हस्ताक्षर भन्छौ नगरपालिकाले पनि त्यहि भन्छ । मेरो विदयालयको फि बनाउदा सञ्चालक समिति हुन्छ, त्यो सँगसँगै सञ्चालक समितिमा दुई तिनजना रहने गरि अभिभावक पनि हुनुहुन्छ। अभिभावकको हकमा भुगोलको आधारमा राखिएको हुन्छ। त्यो सँगसँगै हामीले फि स्टकचर बनाउने कुरालाई हामीले स्कुलको वार्षिक बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । केछ त कति प्रतिशतले स्कुलको बिल बढ्छ त भनेर हामीले अगाडि नै भनेर हामीले बिलको कपि राख्छौं र फाइनलाइज गरेर अभिभावकको हस्ताक्षरसहित नगरपालिकामा पेश गर्छौ र जब शिक्षा शाखाले सहिछाप हुन्छ अनि मात्र हामी त्यो फि लाई प्रस्तुत गर्न पाउछौ। यसमा कमिकमजोरी स्थानीय नगरको होनित किन उसले यो कुरामा चासो दिएन त ? विदयालयले मनमानी गरिरहेको छन कि हो। एउटा विदयालयका कारण सबै विदयालय भोलि भागिदारि हुन्छन । किनभने सबैमा यो छैन नि त। फि स्टकचर कसरी बढाइयो। भन्दा मैले प्रस्तुत गर्न सक्छु। दमक ४ मा मेरो स्कुल फिको रेन्जले सबै जना अभिभावक खुशि नै हुनुहुन्छ जस्तो लाग्छ । अभिभावक खुशि हुनुहन्छ तिर्न सक्नु हुन्छ , सुविधा छ भने त ठिकै छ। यसमा अभिभावक पनि रेसपोनसिबल हो, नगर पनि हो र विदयाल पनि रेसपोन्सिबल हो भन्छु । सबै नाफामुलक छन भन्ने पनि छैन। जस्तै कति शैक्षिक स्कुल हेर्दा राम्रो छन तर स्कुलले बैंकको ब्याज तिर्न धौधौ छ । दमकमै कतिवटा सरकारी उत्कृष्ट स्कुल छन जस्ले राम्रो शिक्षा दिइरहेका छन। सरकारि स्कुलमा पनि राम्रो परिवारको बच्छा पनि पढिरहेका छन । नहुने कति अभिभावकको बच्चालाई दस हजारले पनि प्राइभेट स्कुलले पढाइरहेका छौ नि । हामीले पनि १० प्रतिशत स्कुलको विद्यार्थीहरुलाई छात्रवृत्ति दिइरहेका छौ। मेरो स्कुलको पेरिफेरिमा जस्तै तीस चालिस जना दमक चिया बगान हिमालयन टि गार्डेनमा काम गर्ने मजदुरको छोराछोरीलाई भर्नामा निशुल्क गरेका छौ , त्यो सँगसँगै त्यो मध्ये पनि हेर्ने पर्नेलाई पनि सहुलियत दिएका छौ। बच्चा जो जेहेन्दार छन पढ्ने इच्छा छ पारिवारिक त्यसतै छ भने मुखको भरमा होइन तर घर भिजिट गरेर हेरेर आठ दस जनालाई सय प्रतिशत छुट पनि दिएका छौं । नाफामुलक मात्रै नभनौ कतिपय स्कुल हेरेर हुन्छ , सबै स्कुल छैनन् यदि कतिपय त्यसतो छन भने स्थानीय सरकारको पनि काम हो , निगरानी गरौ, हेरौ नगरको विपरीत छौ भने चेक गरौ हाम्रो स्थानीय सरकारले पनि हेरौ, नगर भित्र हामी छौ नगर भन्दा बाहिर जान सकिदैन नियमन मा बसौं चेक एण्ड ब्यालेन्स गर्ने काम गरौ नगरको पनि काम हो ।

तपाईं आफै शिक्षक पनि हुनुहुन्छ , आफ्नो पेसाप्रति र भविष्यका कर्णधारहरुको उज्ज्वल भविष्यकालागि स्कुलले कस्तो भुमिका खेल्दै आएको छ ।
• नेपालमा अहिले विदेशीने माहोल धेरै बढदो छ । मेरो मान्यता के छ भने हामीले जे गर्नुपर्छ नेपालमै गर्नुपर्छ । देशको अर्थतन्त्रलाई विदयालयले टेवा पुर्याइरहेको हुन्छ । हाम्रो स्कुलमा प्रत्येक शुक्रबार इसिए कार्यक्रम बनाएका छौ। सो अनुरुप प्रत्येक बच्चाको रुचि, सिक्न खोजेको कुरालाई हामीले बेस लेभलको शिक्षा दिन कोशिस गर्दैछौ। बच्चा कक्षा दस पुग्दासम्म आफ्नो बच्चाको रुचिबारे थाहा पाउन सकुन भन्ने रहेको छ । जस्तै सामान्य घरको वायरिङ हल्का फिट गर्न सक्ने, टर्स लाईट बलेन त्यसलाई बाल्न सक्ने ,जस्तै उसले स्क्रुप खोल्छ र दुईवटा तार जोडछ अनि बाल्न सक्छन नि त। कमसेकम यो ज्ञान मेजर ६,७, ८ र ९ कक्षाका विद्यार्थीलाई प्रविधिसँग जोडन वा सिकाउन सकिन्छ । त्यपछि उसले टेक्निकल फिल्ड रोज्ने हो कि , शिक्षाको क्षेत्र नै रोज्ने होकि अथवा अन्य फिल्ड रोज्न सकुन । सीप पनि सिक्यो, बच्चाहरुलाई बोल्न सिकाउने, हिड्न सिकाउने, धन्यवाद, सरि भन्न सिकाउने जस्ता नैतिक र अनुशासन सिकाउने रहेको छ। अहिलेको पुस्ताको आवश्यक हेरेर, हिजोको दिनमा हामीले के पाइनम, समय परिस्थितिलाई अपग्रेड गर्ने खाल्का कुरा रहेको छ।

शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने केही कुरा देख्नुभएको छ । त्यसको लागि के गर्न सकिन्छ । शिक्षा निकायलाई के भन्नु चाहानु हुन्छ ।
• सुधार गर्नुपर्ने भन्दा पनि सुधार गर्न धेरै पक्षहरू छन प्राइभेट सेक्टर होस या सरकारी सेक्टर होस हामीले आफ्नो हाम्रो काम निरन्तर गरिनै रहेका हुन्छौं । किनभने हाम्रो काम नै हौ बिहान ६ बजेदेखि बेलुकासम्म नै लागिरहेका हुन्छ यद्यपि हामी सुत्दा पनि भोलि के सिकाउने नयाँ के दिन सक्छौं भन्ने छ। हाम्रो पेसा र सपना यहि हो । स्थानीय सरकार जुन छ मेरो कुरा राख्नु पर्दा प्राइभेट स्कुललाई धेरै नै अवरुद्घ, बाँधा आउछन् ।किनभने कहिले गुठीको कुरा आउछन् कहिले आन्दोलनमा हिड्नु पर्ने हुन्छ। मन विचिल नबानई हामीले काम गर्न सकिरहेका छैनौं । कुराहरुको बारेमा गुठिको कुरा राज्यले भरसक नगरेकै राम्रो हुन्छ। हाम्रो सम्पत्ति राज्यलाई सम्पत्तिकरण गर्दै गर्दा यो त कतिपय कस्तो हुन्छ भने प्राइभेट स्कुलले हाम्रो आफ्नो बाउ बाजेको सम्पत्तिलाई बेचेर होकि, बैंकमा धितो गरेर होकि अंश गरगहना बेजेर म देशमा केही गर्छु शिक्षा क्षेत्रमा भनेर गरेको हुन्छ । वर्तमान समयमा मास्टर्स गरेको अहिलेको युथ देशले भेटन सक्दैनौं । युवाहरु देशले भेटनु भनेको गहना पाए स्वरूप हुन । कि बुढाबुढि कि भुराभुरी मात्रै छन बिचको वर्ग भेटाउन गार्‍हो छ । हामी प्राइभेट स्कुलकाहरुले सेक्युर महशुस गर्न पाउ भन्ने हो । जति पनि सरकारी स्कुलले सबै विद्यार्थी थेग्न सक्दैन नि त नगरपालिकाले पनि प्राइभेट स्कुलकाहरुलाई अलि डोमिनेट गरेकोर संलग्नता नगरेको होकि जस्तो लाग्छ । उनिहरुको प्राइभेट स्कुल हो उनिहरुले पैसा उठाएर गरिहाल्छन नि भनेर के चासो र यी बच्चा पनि हाम्रै नगरका हुन बच्चा हुन भनेर ठान्नु पर्यो । प्राइभेट स्कुलले देशमा उत्कृष्ट विद्यार्थी उत्पादन गरका छन जनशक्ति भनेर यसलाई हामीले पनि हेर्छौ है । नियम मात्रै लागू होइन तर शिक्षाका योजनामा पनि सामेल गर्नु पर्यो। नाफा होस वा घाटा नितिनियममा त छदै छौ उहाँहरुले तिर्नुपर्छ भन्दा, कर तिरे कै छौ, सम्पत्ति कर, व्यवसायीक कर, गाडीको कर सबै तिरी रहेका छौ । हामी तलमाथि गरेका त छैनौं नि ।नगरको नितिनियमले गर्दा हामी जस्तो युवाहरु देशबाट पलायन हुन नपरोस । सबैकुरा राम्रो छ किन विदेश जाने त भन्ने सहजीकरण गरोस् । व्यक्तिगत रुपमा त गरिरहेका छौ, खटिरहेका छौ। अभिभावक विदयालयप्रति खुशि नै हुनुहुन्छ जस्तो लाग्छ।

अन्तयमा, भन्न छुटेका र नभनि नहुने केही छ भने राख्न सक्नुहुन्छ ।
• विद्यालय हो, शैक्षिक क्षेत्र हो हाम्रो, शिक्षाको क्षेत्रमा अवरात्र खटि नै रहेका छौ । समाजमा शिक्षा क्षेत्रमा केही गर्ने भनेर लागेका छौ । बाबाले लामो समयसम्म शिक्षाको क्षेत्र काम गर्नुभएको छ। समाज र नगरमा शिक्षा क्षेत्रमा राम्रो टेवा पुर्‍याउने एउटा शैक्षिक क्षेत्र खोल्नु भएको छ । शिक्षा क्षेत्रलाई मेरो सपना बनाएको छु । सपना बन्दै गर्दा अभिभावक र समाजले साथ सहयोग दिनुपर्यो ।अभिभावक र विदयाल भनेको एकअर्काको परिपुरक बनिनु पर्छ । शिक्षा क्षेत्रलाई अब्बल बनाउन हामी सबैजना हातेमालो गर्नु आवश्यक रहेको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved