
म एउटा बिग्रिएको भाडो थिए
न केहि राख्न मिल्ने
न केहि साच्न मिल्ने
बिना उदेश्यको भाडो थिए।
म मा न कुनै शुद्ध कुरा अट्थ्यो
न शुद्ध कुरा, म मा शुद्ध भई बस्थ्यो
यसको मुख्य कारण यहि नै थियो
म बिना उदेश्यको भाडो बनिए।

जब म भाडो, कुमालेको ईछ्या बिपरित
बनिदै थिए,
तब यो भाडोलाई फुटाउन जरुरी थियो,
तोड्न र मोड्न आवश्यक थियो!
यसको मुख्य कारण एउटै थियो,
कुमालेको ईछ्या अनुसारको भाडो मलाई बनिनुथियो।
‘म भाडो’फेरि कच्चा माटोको रुपमा,
कुमालेको हातमा परेको छु,
अब बनिने यो भाडोको उदेश्य
कुमालेमा प्रष्ट देखेकोछु।
अब बनिएको नंया भाडो म,
प्रशस्त आशा, बिश्वास र प्रेमले भरिनेछु!
बल्ल, अब काम लाग्ने भाडो भई
कुमालेको घरको निम्ति
प्रयोग गरिनेछु!










