हिमांशु राय, मोरङ । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि बेलबारीमा बाल कला साहित्य महोत्सव २०८१ शुभारम्भ भएको छ । जेष्ठ १७,१८ र १९ तिनदिन सम्म सञ्चालन गरिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुने प्रतिष्ठानकि अध्यक्ष रेखा सुवेदीले जानकारी गराईन।
बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति बेलबारी नगरपालिकाले भाषा, संस्कृति कला, साहित्यको संरक्षण र प्रवर्धनका लागि महोत्सव आयोजक बेलबारी प्रज्ञा प्रतिष्ठानलाई महोत्सव आयोजना गर्नको लागि रु ४ लाख ८० हजार आर्थिक रकम विनियोजन गरेको हो ।

महोत्सवको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनाशीलता विकासमा जोड दिँदै नगरपालिकासँग समन्वय गरि यस प्रकारको अत्यन्तै महत्त्वपूर्ण बाल कला साहित्य महोत्सव आयोजना गरेर बालबालिकाहरुको सृजनशील प्रतिभाहरुलाई प्रस्फुटन गराउने कार्य गरेकोमा कार्यक्रम आयोजकको प्रशंसा गरेका छन्।
प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान निर्माणको कार्य हालसम्म हुन नसके पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई विनम्र पुर्वक आग्राह गरे।
तीन दिनसम्म संञ्चान हुने महोत्सवमा कला, संस्कृति र साहित्यको विभिन्न आयम र पक्षहरुको व्यापक चर्चा परिचर्चा एंव प्रर्दशनी गरिने जस्मा कथा, कविता, गायन, एकाङ्की, वक्तव्यकला साहित्यलेखन कार्यशाला, खेलकुद, सिलाई बुनाईका सामाग्री प्रर्दशन, मेयरसंग बालबालिका साक्षत्कार, चित्र प्रर्दशनी तथा कार्यशाला, चलचित्र प्रर्दशन लगायत विभिन्न साहित्यीक पुस्तकहरु प्रर्दशन, विभिन्न जातजातिका संस्कृतिजन्य परिकार स्वाँदिला खाना एंव विभिन्न प्रयोगात्मक परम्परागत कला, संस्कृतिका बस्तुहरु समेत महोत्सव प्रर्दशनीमा प्रर्दशनको लागि राखिएको आयोजक प्रतिष्ठानका सचिव कुल प्रसाद वरालले जानकारी गराए।











