Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ब्याडमिन्टनमा छलाङमार्दै नेपाली खेलाडी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2024

काठमाडौं । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक खेलकुद प्रतियोगिता खेल्ने भएका छन् । विश्व ब्याडमिन्टन महासंघले शनिबार विभिन्न कोटाका आधारमा ओलम्पिक खेल्ने खेलाडीको नाम सार्वजनिक गर्दा प्रिन्सलाई पनि समावेश गरेको छ ।

युनिभर्सालिटी कोटाबाट उनी पेरिस ओलम्पिकमा छनोट भएको महासंघले जनाएको छ । महासंघले ओलम्पिकमा छनोट भएका खेलाडी सूची तयार गर्दा उनी १७९औँ स्थानमा छन् ।  युनिभर्सालिटी कोटामा नेपालसँगै एल साल्भाडोर र काजकिस्तानका खेलाडी पहिलोपटक ओलम्पिकमा सीधै छनोट भएका हुन् ।

नेपाली खेलकुदमा लामो इतिहास बोकेको ब्याडमिन्टनबाट पहिलोपल्ट ओलम्पिक खेल्ने लागेको हो । उनले अब एकल स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१८ मा प्रिन्स विश्व जुनियर विश्व ब्याडमिन्टन वरीयताको पहिलो स्थानमा पुगेका थिए । अन्तर्राष्ट्रिय स्पर्धामा एकल प्रतिस्पर्धाको विश्व वरीयतामा पुग्ने उनी पहिलो नेपाली खेलाडी हुन् । १८ वर्षको उमेरमै विश्व जुनियर पुरुष वरीयताको शीर्ष स्थानमा पुग्दा उनले मलेसियाका जस्टिन होकोलाई पछि पारे ।

उनले त्यसवेला सर्वाधिक १० हजार चार सय अंक बटुलेका थिए । दोस्रो स्थानका मलेसियाका जस्टिनले ९ हजार ५ सय ९० रेटिङ अंक पाएका थिए । प्रिन्सले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेल्ने सपना पूरा भएको बताएका छन् । ‘सानैदेखिको ओलम्पिक खेल्ने सपना पूरा भएको छ,’ उनले भने, ‘पेरिसमा राम्रो नतिजा निकाल्न अझ धेरै मिहिनेत गर्नुपर्छ ।’ उनले प्राप्त सफलतामा गौरव महसुस भएको बताए । ‘त्यसका लागि धेरै मिहिनेत र परिश्रम गरेको छु,’ उनले भने ।

यसैगरी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रिन्सले ओलम्पिकमा खेल्न अवसर पाउनु ठूलो उपलब्धि भएको बताएका छन् । ‘नेपाली खेलकुदमै लामो इतिहास बोकेको ब्याडमिन्टनले पहिलोपटक ओलम्पिक खेल्न पाउनु प्रिन्ससँगै हाम्रा लागि ऐतिहासिक उपलब्धि हो,’ श्रेष्ठले भने, ‘यसले ब्याडमिन्टनलाई उत्साह दिएको छ ।’ श्रेष्ठले संघको धैरै प्रयासपछि प्रिन्सको ओलम्पिक यात्रा सम्भव भएको बताए । ‘हामीले यसका लागि धेरै मिहिनेत गरेका थियौँ, यसअघि पनि प्रयास नभएको होइन, तर सफल भएनौँ,’ उनले भने । फ्रान्सको पेरिसमा २६ जुलाईदेखि ११ अगस्टसम्म ओलम्पिकका लागि ब्याडमिन्टनमा विश्वभरिका एक सय ७२ खेलाडी छानिएका छन् । त्यसमा ४९ देशका खेलाडी परेका छन् ।

सन् २०१९ मा विश्वकै एक नम्बर खेलाडी
दार्चुलामा जन्मिएका प्रिन्सले १५ वर्षको उमेरमै अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले दुबई इन्टरनेसनल सिरिजमा स्वर्ण पदक हात पारे । उमेर समूहमा लगातार उत्कृष्ट प्रदर्शन गरेका प्रिन्स सन् २०१९ मा उमेर समूहतर्फ विश्वकै एक नम्बर खेलाडी बने ।

त्यसवेला भारतका वरुण कपुरलाई हराउँदै उनी शीर्ष स्थानमा उक्लेका थिए । त्यसै वर्ष नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुदमा उनले डबल्सतर्फ दुई कांस्य जितेका थिए । सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत एकल स्पर्धामा उनी अन्तिम ३२ बाट
बाहिरिएका थिए ।

प्रिन्सले गत चैतमा चीनमै भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा दुई खेल जिते । उनले बहराइनका एडनान इब्राहिमलाई २–१ को सेट र बंगलादेशका खानदोकार अब्दुसलाई २–० को सहज सेटमा पाखा लगाए । पेरिस ओलम्पिकमा राम्रो नतिजा निकाल्न उनी छिटै श्रीलंकामा प्रशिक्षणका लागि जाँदै छन् । उनी ओलम्पिक छात्रवृत्तिप्राप्त खेलाडी हुन् । ओलम्पिकबाट उनले मासिक ७ सय ५० अमेरिकन डलर पाउँछन् ।

यस्तो रह्यो छनोटको प्रावधान
विश्व ब्याडमिन्डटन महासंघले १ मे २०२३ देखि २४ अप्रिल २०२४ सम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सभागिता जनाउँदा प्राप्त नतिजाअनुसार ‘रोड टु पेरिस’ छनोट रूपमा राखेको थियो । रोड टु पेरिस भनेको पाँचै महादेशका खेलाडीले प्रतिस्पर्धा पाऊन् भन्ने उद्देश्य थियो । जसमा महिला र पुरुष दुवैतर्फ गरी एक सय ७२ खेलाडीलाई पेरिस ओलम्पिकमा कोटा छुट्याइएको थियो । जसमध्ये पुरुष र महिलामा समान ८३ खेलाडी अन्तर्राष्ट्रिय नतिजाअनुसार सीधै छनोट हुने प्रावधान थियो । प्रिन्स विश्व वरीयताको १७९औँ स्थानमा छन् ।

उनी युनिभर्सालिटी कोटामै परेका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, विश्व ब्याडमिन्टन महासंंघ र आयोजक नेसनल ओलम्पिक कमिटी प्रतिनिधिले युनिभर्सालिटी कोटामा पर्ने खेलाडी छनोट गरेका हुन् । त्यो कोटामा पर्न अनिवार्य रूपमा आइओसी छात्रवृत्तिप्राप्त हुनुपर्छ । साथै, वरीयता प्रतियोगितामा समेत राम्रो नतिजासँगै देशको उच्च वरीयताको खेलाडी हुनुपर्ने मापदण्ड राखिएको छ । यी विभिन्न प्रावधानअनुरूप नै प्रिन्स ओलम्पिकका लागि सीधै छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved