Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेतृत्वमा हुनुपर्ने महत्त्वपूर्ण गुणहरु : लाेकमणि रिजाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 8, 2024

सही निर्णय लिने क्षमता: एक राम्रो लिडर संग तत्काल र सहि निर्णय लिने क्षमता हुनु पर्छ। किन कि जो व्यक्ति आफ्नो निर्णयलाइ पटक पटक बदलि रहन्छ, उसको निष्पक्षता र इमान्दारिता सधै शंकास्पद रहन्छ। यदि कुनै गलत निर्णय बाट नकारात्मक परिणाम आयो भने न केवल टिमको मनोबल टूटछ, उनीहरुलाई तपाइको नेतृत्व क्षमतामा पनि शंका हुन सक्छ।

बोल्ने शैली र व्यक्तित्व: भनिन्छ बोली नै मानिसहरुमा प्रभाव जमाउने सबै भन्दा उत्तम तरिका हो । नेपाली उखान अनुसार बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भने जस्तै एक असल लिडरमा सहि ढंगले सहि शब्दको छनौट गरि बोल्न सक्ने क्षमता हुनु पर्दछ । लिडरले कहाँ कुन शिर्षकमा र कसरी बोल्दै छु भन्ने कुराको सधै ख्याल राख्नु पर्दछ किनकि नेतृत्वको सुरुवात नै बोलीबाट हुने गर्दछ ।

दूरदर्शी: एक प्रभावकारी र सफल लिडर बन्नको निम्ति एक अहम शर्त छ – पछिका कुरालाइ समेत विश्लेषण गर्न सक्ने क्षमता हुनै पर्छ। यस्तो व्यक्ति आफ्नो अदभुत कल्पनाशक्ति र बुद्धिमत्ताको सहायताले पहिला नै भविष्यलाइ योजनाबद्ध गर्न सक्दछ । भिजन भएको लिडर संग प्रत्येक कार्यको लागी एक स्पष्ट योजना त हुन्छ नै, पहिलो योजनाले काम नगरेको अवस्थामा एक जगेडा योजना पनि सधै तयार हुनु पर्दछ ।

जसले ति थोरै समयमा नै आफ्नो इच्छित लक्ष्य हासिल गर्न सक्छन , ति केवल अनुमानको आधारमा कुनै पनि काम गर्दैनन्। थोमस कार्लिलको अनुसार “अन्तरदृस्टी बिना नै काम गर्नुले अधिक भयानक असफलात प्राप्त हुन्छ ।” यसैले एक सफल Leader बन्नको लागी कार्यको योजना बनाउनु र योजना अनुसार कार्य गर्नु धेरै जरूरी छ

लिडरमा आज गरेको कामको असर भोलिको लागि कस्तो हुन्छ? आजको कामले भोलिलाई कति फाइदा हुन्छ यस्ता कुराको अनुमान गर्न सक्ने क्षमता हुनु पर्दछ ।

आत्मविश्वास अनि आशावादी: एक सफल लिडर भित्र आत्मविश्वास अनि आशावादी हुनु पर्छ, किन कि आफ्नो क्षमतामा थोरै पनि, मैले गर्न सक्दिन भन्ने खालको बिचारले कुनै पनि व्यक्तिलाइ सफल हुन दिदैन। जो व्यक्तिमा आत्म-विश्वास भरपूर छ र निडर हुन्छ उसलाई कुनै पनि कुरामा नेतृत्व गर्न मुस्किल हुदैन ।आत्मविश्वास नभएका Leader लाइ उसको अधिनमा कार्य गर्नेले लामो समय सम्म लिडरको रुपमा समर्थन गर्दैनन् ।

आत्म-विश्वासबाट भरिएको लिडरले आफ्नो टिममा पनि आत्म-विश्वास जगाइ दिन्छन र तिनलाई आफ्नो लक्ष्य हासिल गर्न को लागि उत्प्रेरित गर्छन । एक आत्मविश्वास भएको लिडर नै वास्तवमा एक उच्च आशावादी व्यक्ति हुन सक्छन ।

विश्वसनीयता : मान्छेहरु त्यहि व्यक्ति को आदेशमा हिंड्न रुचाउछन् र हिडछन्,जसको भनाइ र गराईमा कुनै अन्तर न होस। यदि तपाईं स्वयं नै कामप्रति वफादार हुनुहुन्न भने त यस कुरालाइ अपेक्षा नै नगर्नु कि अरुले आफ्नो नेतृत्वलाइ अरुले स्वीकार गर्लान। तपाईंको सरल,स्पष्टवादी, दृढ र यथार्थवादी सोच राखेर ईमानदार व्यक्ति बन्ने प्रयास गर्नुहोस।

इमान्दारिता: दुनियाँका हरेक व्यक्तिमा केहि न केहि विशेस क्षमता हुन्छ तर इमान्दारिता जो संग हुन्छ त्यो व्यक्तिलाई विस्वास गर्ने र पछयाउने व्यक्ति धेरै हुन्छन उसको समाजमा अलग्गै पहिचान हुन्छ । इमान्दारिताले तपाइको विश्वसनीयता बढाउछ ।जव तपाइँ सबैले बिस्वास गर्न लायक बन्नुहुन्छ तव मात्र तपाइँ एक असल लिडर बन्नुहुन्छ । त्यसैले यदि तपाईलाई लिडर बन्नुछ भने सधै इमान्दारितालाई हतियार बनाउनुहोस ।

साहसी: सत्यसंग नभाग्नु र शक्ति संग नडराउनु एक साहसी व्यक्तिको परिचय हो । साहसी बन्नु एक सफल लिडरको को लागी आवश्यक गुण हो। साहसी हुनु को अर्थ हो – डर लाइ जित्नु, कठिन परिस्थितिको डटेर सामना गर्नु। हामीले मनमा यो राख्नु पर्छ कि बिना साहस हामीले कुनै पनि कार्यलाई सफल बनाउन सकिन्न । हामी दयालु, ईमानदार, उदार या सत्यवादी केहि पनि बन्न सकिन्न। एक लिडरमा बुद्धिमता र साहस संग प्रतिकूल परिस्थितिलाइ सामना गर्नमा सक्षम हुनु पर्छ।

चुनौतिलाइ स्वीकार गर्न पर्छ र कठोर परिश्रम गर्ने हुनु पर्छ । यो ध्यान मा राख्नुहोला कि एक दृढ अठोट लिएर हिड्ने मान्छे इतिहास कोर्न र परिवर्तन गर्न सक्छ। एक राम्रो लिडरले ठुलो भन्दा ठुलो समस्याको बीच पनि संतुलित , संकल्पित र सहनशील बनि रहन सक्नुपर्छ।

जिम्मेवारी वहन गर्न सक्नु: जिम्मेवारी वहन गर्न सक्नु एक लिडरमा हुनु पर्ने महत्वपूर्ण गुण हो । तपाइ आफ्नो कार्य प्रति जिम्मेवार हुनुका साथ-साथै, आफ्नो अधीनमा काम गर्नेहरुको गल्ति रअसफलताको लागी पनि जिम्मेवार बन्न सक्नु पर्दछ । यदि तपाईं यस्तो गर्नु हुन्न भने तपाईं कहिल्यै पनि आफ्नो टिमको विश्वासलाइ जित्न सक्नु हुन्न र यसका लागी तपाईंसंग जिम्मेवारी स्वीकार गर्न को निम्ति साहस र दायित्वबोध हुनु पर्छ।

विनम्र अनि शालीन व्यवहार: एक टुक्का छ “बोलीबाट नै मान्छेले साथी र दुश्मन बनाउछ।” महान पुरुष को पहिलो पहिचान उसको विनम्रता नै हो। यदि तपाईं मिलनसार र सजिलै उपलब्ध हुने व्यक्ति हुनुहुन्छ भने आफ्नो समर्थकहरुमा आशा, विश्वास र जोश भर्न सफल हुनुहुन्छ। अनि ति व्यक्तिहरु बीच तपाईंको छबि पनि राम्रो हुन्छ । यो संसारमा प्रत्येक व्यक्ति, प्रशंसा र सम्मान को भोको छ। यदि तपाईं कुनै व्यक्तिसंग विनम्रताले बातचित गर्नुहुन्छ र तपाईंको व्यवहार पनि शालीन छ भने तपाईं हरेक विषयमा उनीहरुको सहज स्वीकृति हासिल गर्न सक्नुहुन्छ।

उत्साही र परिश्रमी स्वभाव: यो दुनियामा जति पनि सफल लिडर भएका छन्, र जसले असम्भव लाइ सम्भवमा बदलेका छन्, ति सबैमा एक प्रमुख गुण थियो र ति हुन् उत्साह र परिश्रमी स्वभाव। ध्यान रहोस, कार्य उत्साह र परिश्रमबाट नै सिद्ध हुन्छ, मनोरथ मात्रले होइन। नार्मन कजिन भन्छन – “जीवन को सबै भन्दा ठुलो क्षति मृत्यु होइन, साच्चै भन्ने हो भने सबै भन्दा ठुलो क्षति त त्यो हो जो हामी भित्र नै मरेर जान्छ” – अर्थात आलस्य को पैदा हुनु।

यसैले एक असल लिडर धेरै मेहनती हुनु पर्छ। जो व्यक्ति कामलाइ पूजा मान्छ केवल उसले नै आफुलाई पच्छ्याउनेहरुलाई राम्रो काम गर्नको लागी प्रेरित गर्न सक्छ।

संयमता र अनुशासित: एक राम्रो लीडरमा आफ्नो व्यवहार र आफ्नो बोलीमा पूरा नियंत्रण हुनु पर्छ। जो व्यक्ति आफ्नो व्यवहार, वाणी अनि कार्यलाइ जिम्मेवार र अपेक्षित गरीए अनुसार नियंत्रणमा राख्न सक्दैन, उ अरुलाई सही नेतृत्व पनि दिन सक्दैन, किन कि उसको मर्यादा रहित व्यवहारबाट उसको अधिनमा काम गर्नेहरुपनि मनमानी गर्न थाल्दछन । यसैले आफैमा आत्म-नियंत्रण राख्नुले नै, एक लिडर आफ्नो अधिनमा रहेका सबै व्यक्तिहरुलाई सहि मार्ग निर्देशन गर्न सक्छछन्।

धैर्यवान र सहनशील स्वभाव: जीवन सधै मान्छेको इच्छा अनुसार हुँदैन । कठिन परिस्थिति र घटनाक्रम जीवनमा पटक पटक आइ राख्छन । जब तिनलाई नियंत्रणमा राख्न धेरै कठिन हुन्छ, तव व्यक्ति हार मान्न थाल्दछन तर लिडर बन्न चाहनेले यस्तो परिस्थितिको सामना गर्न सक्नु पर्दछ । यस्तो स्थितिमा लिडरले धैर्यवान र सहनशील बनेर कठिन परिस्थितिको सामना गर्न सक्नु पर्दछ ।, धैर्यवान व्यक्तिहरुले नै मुस्किल परिस्थितिसंग सामना गर्न सक्छन र बाधा अड्चनलाई हटाउदै आफ्नो लक्ष्य हासिल गर्न सक्छन।

–उदार वा सहानुभूतिपूर्ण सोच: उदारता भनेको मानव भित्र हुने एक इश्वरीय सद्गुण हो। अरु माथि उदारता देखाउने व्यक्तिले अरु मान्छेहरुको सहयोग सजिलैसँग पाउन सक्छ। अरु माथि दया र सहयोगको भावना देखाउनाले अन्य व्यक्तिहरु विच लोकप्रिय बन्न सकिन्छ जसले गर्दा तपाइलाइ एक असल लिडर बन्न थप सहयोग हुन्छ । एक प्रभावकारी लिडर बन्न को लागि व्यक्तित्वमा उदारता धेरै आवश्यक छ।

लेखक : लाेकमणि रिजाल नेपाल पत्रकार मंहासघ नेपाल खाेटाङका सचिब तथा प्रेस चाैतारी नेपाल खाेटाङ जिल्ला ईन्चार्ज हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved