Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लोकतन्त्रलाई बलियो बनाऔं

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2024

गिदाेन लामिछाने,तारा । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । लोकतन्त्र भनेको जनताको शासन विधि हो । लोकतन्त्र पनि मुलतः ३ प्रकारका हुन्छन् । पहिलो, पुँजीवादी लोकतन्त्र, दोस्रो सामाजिक लोकतन्त्र र तेस्रो समाजवादी लोकतन्त्र । नेपालमा लोकतन्त्रको स्थापना गर्नका लागि राजनीतिक दलहरुको मुख्य भूमिका रहेको छ र अहिलेको लोकतन्त्रमा बहुदलीय संसदीय प्रणाली अपनाइएको छ ।

दलबाट प्रतिनिधि चुनिने र चुनिएकाहरुले शासन गर्ने पद्दति कायम भएको छ । तर दलका नेताहरुले कुन प्रकारको लोकतन्त्र लागु गर्ने भन्ने विषयमा एकरुपता कायम गर्न सकेका छैनन्, खासगरी नेपाली काँग्रेस, राप्रपा, रास्वपा लगायतका दलहरुले पुँजीवादी लोकतन्त्रको वकालत गरेको पाइन्छ । पुँजीवादी लोकतन्त्रको अभ्यास पश्चिमा युरोपेली संघहरुले गर्दै आएको पाइन्छ । यस लोकतन्त्रमा धनि र गरिबबीचको खाडल झन्झन बढ्दै जान्छ र समाज असमान र विभेदको सिकार हुन्छ ।

राज्यसत्ता केवल मुठ्ठीभर मानिसको हातमा केन्द्रीत हुन्छ र उनीहरुले आफ्नो अनुकुलतामा शासन सत्ता चलाएका हुन्छन् । जनताकै प्रतिनिधि भए पनि उनीहरु आम सर्वहारा जनताको अवस्था प्रति गम्भिर बन्दैनन्, हुनेखानेहरुले नै शासनको बाघडोर सम्हाल्ने गर्छन् । यो सामन्तवादी व्यवस्थाभन्दा केहि सुधारवादी व्यवस्था चाहिं हो तर आम जनताको दैनिक जीवनमा खासैचासोको विषय भन्दैन र समाजमा विभेद कायम रहने भएकोले विद्रोहको वातावरण बनिरहेको हुन्छ ।

अर्को सामाजिक लोकतन्त्रको पक्षमा नेपालमा एमाले–माओवादी, एकीकृत समाजवादीहरु देखिएका छन् । उनीहरुले समाजको अवस्था अनुकूलका नियम बनाएर समावेशी राज्यसत्ता निर्धारण गर्नु र उत्पीडितहरुको प्रतिनिधित्व गराउनुलाई सामाजिक लोकतन्त्र ठान्दछन् । उनीहरुले समाजका सबै बर्गको प्रतिनिधित्व हुने खालको समावेशी सहभागितालाई असली लोकतन्त्र मान्दछन् । तेस्रो लोकतन्त्र भनेको समाजवादी लोकतन्त्र हो, जसलाई गणतन्त्र पनि भनिन्छ । पहिला यसको पक्षमा कम्युनिष्ट भनिने सबै शक्तिहरु थिए तर पछि व्यवहारतः यो छुट्टिएको स्थिति छ ।

समाजवादी लोकतन्त्रको पक्षमा नेपालका आहुती, विप्लव, मोहन बैद्य लगायतका राजनीतिक शक्तिहरुले त्यसको नेतृत्व गर्दै आवाज उठाइरहेका छन् । वर्तमान राज्यसत्ता पूँजीवादी र समाजवादीहरुबीचको तालमेल र सम्झौतामा सञ्चालन भईरहेको छ । वास्तविक समाजवादी लोकतन्त्रमा सर्वहारा वर्गको नेतृत्वमा राज्यसत्ता सञ्चालन हुन्छ र समाजवादी व्यवस्था भनेको विभेदरहित समाज हो ।

त्यसको परिकल्पना सच्चा क्रान्तिकारीहरुले गर्दै आएको देखिन्छ । क्रान्तिकारीहरु नै समाजवादी लोकतन्त्रको पक्षपाती हुन् । बुर्जवाहरुले नक्कली लोकतन्त्रको प्रतिनिधित्व गर्दछन् । अर्थात् कागजमा सिमित लोकतन्त्रले जनतालाई अधिकार सम्पन्न बनाउन सक्दैनन् ।

तसर्थ लोकतन्त्रमा जनताको अधिकार सुनिश्चित हुनु आवश्यक छ । लोकतन्त्रमा लोकतान्त्रिकरण, नागरिक समाज र सामाजिक आन्दोलन बलियो हुनु आवश्यक छ । वास्तवमा नेपालमा २००७ सालबाट नै प्रजातन्त्रको नाममा लोकतन्त्रको स्थापना भएकै हो तर आज ७ दशक पुरा भइसक्दा पनि असली लोकतन्त्र किन जनताले प्रत्याभूति गर्न पाएका छैनन् त भन्दा राज्यका सबै क्षेत्रमा लोकतान्त्रिकरण भएन । एकात्मक सामन्ती राज्य व्यवस्था कायम भयो र लोकतन्त्रको पटक पटक घा“टी निमोठियो । राज्यमा एकल जाति, एक नश्लीय चरित्र कायम राखियो ।

लोकतान्त्रिकरण भनेको राज्यका सबै अंगमा समावेशी र सामाजिक न्यायको सिद्धान्त लागू हुनुपर्छ । त्यस्तै नागरिक समाज स्वतन्त्र र स्वस्फूर्त हुनुपर्छ । नेपालको नागरिक समाज दलका झोले मात्र भए, तसर्थ राजनीतिक दलले गरेको बद्मासी, भ्रष्टचार बिरुद्ध नागरिकहरु स्वतन्त्र रुपमा संगठित भएर संघर्षमा होमिनुपर्छ, खबरदारी गर्नुपर्छ ।

त्यस्तै बेलाबखत समाजमा भएका अन्याय, अत्याचार बिरुद्ध सामाजिक आन्दोलन हुनुपर्छ । समाजले आफुमाथि भएको दमन, अन्याय र अत्याचार सह“दैनौं भनि खबरदारी गर्ने र आन्दोलन गरिरहने हुनुपर्छ । यति भएमात्र लोकतन्त्र बलियो बन्दछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved