Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सोमाङ शैक्षिक गुठी र सोमाङ एकेडेमीमा तिर्थ थापाको हालिमुहालि, जालसाजीगरी अचल सम्पति हत्याएको खुलासा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 29, 2024

काठमाडौं । लतिलपुरको बज्रबाराही नगरपालिका ७,ठेचोमा रहेको सोमाङ शैक्षिक गुठी र सोद्वारा संचालित सोमाङ एकेडेमी लाई डा.तिर्थ थापाले किर्ते जालसाजी गरी कब्जा गरोको खुल्न आएको छ । थापा पक्ष र तत्कालिन् जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा करोडौं अनियमितता गरेको स्रोतको दाबी छ ।

२०५९ सालदेखि सो गुठी विभिन्न व्यक्तिहरुले नेतृत्व गर्दै आउने क्रममा २०६२ साल माघ ११ गतेसम्म डा. थापाले नेतृत्व गरेका थिए । उनको कार्यकाल सकिएर विधिवतरुपमा विदा भए पनि थापाले संस्थामाथि गिद्धे नजर राख्दै षड्यन्त्रलाई जारी राखेको स्रोत बताउँछ ।

थापको कार्यकालपछि २०६८ चैत्र २ गतेदेखि वैधानीक तबरबाट सोमाङ क्लब तथा सोमाङ शैक्षिक गुठीको अध्यक्ष साथै प्रमुख गुठियार भई जितबहादुर घलेको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । थापाले हरेक तौर तरिकाले संस्थामाथिको आदिपात्य जमाउनका लागि अनेक दाउपेचमार्फत घले नतृत्वको वैधानीक टिमलाई अस्तब्यस्त बनाउन कार्यालयमा तालाबन्दीसम्म गरेको पीडित पक्षको आरोप छ । यसरी पक्ष र विपक्षबीच लामो रस्साकशीपछि विवादले उग्रता लिएको पाईन्छ ।

सो विवाद मिलाउन २०६९ वैशाख १८ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा दुई पक्षबीचमा छलफल गराईएको थियो । छलफलपछि सोमाङ एक्याडेमीको सम्रचना सुधार र विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट पक्षलाईसमेत समेटी कार्य सञ्चालन गर्ने सर्तमा अध्यक्ष घलेले संस्था नविकरण गरेको जनाइएको छ ।

सो सहमतिपछि अध्यक्ष घलेले नविकरण गरि संस्थालाई चुस्त र दुरुस्त बनाई व्यवस्थापनलाई अगाडी बढाएका थिए । व्यवस्थित ढंगबाट संचालन भइरहेको संस्थामा २०६२ सालमै कार्यकाल सकिएर विदा भएका डा.थापाले विभिन्न बहाना बनाएर विद्यालयमा तालाबन्दी गरि अस्तव्यस्त बनाएको तत्कालिन् अध्यक्ष तथा प्रधानाध्यापक घले पक्षको जिकिर छ ।

त्यतिले मात्रै नपुगेर कर्यकाल नसकिदै घले नेतृत्वको विद्यालय व्यवस्थापन समितिलाई तत्कालिन् जिल्ला शिक्षा अधिकारीसँग साँठगाँठ गरि अवैधानीक बाटोबाट घलेलाई पदच्युत गरिएको घले पक्षको आरोप छ ।
‘डा.थापा पक्षले न त व्यवस्थापक न लगानीकार्ता, न त अभिभावक कोही पनि नरहेको एकपक्षिय अवैध किर्ते माइनटद्वारा पद्यमिनी प्रधानाङ्गलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिनु घोर आपत्तिजनक कार्य भएको छ’ । पीडित घले स्रोत थप्छ ।

सो विषयमा भ्रष्टाचार छानविन गरिपाउँ भनि २०७१ मंसिर १ गते गुठिसँग सम्बन्धित निकाय समाज कल्याण परिषद र आवश्यक कारवाहीको निम्ति २०७१ भाद्र ४ गते जिल्ला प्रशासन कार्यालय ललितपुरलाई समेत सोमाङ एकेडेमीका तत्कालिन प्रिन्सिपल जित घलेले निवेदन पेश गरेको स्रोत बताउँछ ।

यस विषयमा डा.तिर्थ थापालाई फोन सम्पर्क गरी बुझ्दा, आफू अहिले सो संस्थासँग सम्बन्धित नरहेको र त्यहाँ रहँदा सम्पूर्ण कार्य वैधानिक तरिकाले रितपूर्वक गरिएको हुँदा कुनै समस्या नरहेको जानकारी दिए । डा.थापाले कुनै समस्या र असन्तुष्टि मोचन गर्न मिडियाबाजी भन्दा कानुनीबाटो अपनाउन पीडित पक्षलाई सुझाउँदै भने,“अनलाईन र युट्युबबाट बदनाम गर्न र टर्चर दिने बाटो भन्दा कानुनी उपचार खोजे भैगो नी,कसले रोकेको छ र ?”                                                                                                    यो सामग्रि onlinedabali.comबाट लिईएको हो भने प्रस्तुत तस्विरहरु उक्त स्कुलकाे पेज र विभिन्न ब्यक्तिकाे फेसबुकबाट लिईएकाे हाे।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved