– आकाश मगर
नेपाल प्रकृतिक सुन्दरताले भरिएको देश हो जहाँ हिमाल पहाड र तराइको मनोहर सुन्दरतालाई नियाल्न सकिन्छ । नेपालको पुर्बी जिल्ला उदयपुर प्राकृतिक हिसाबले निकै सुन्दर जिल्लाहो जहा हिमाल पहाड र् तराईको सुन्दरतलाई एकै ठौउबाट नियाल्न सकिन्छ ।

उदयपुर जिल्लाको उत्तरी भेगमा दुधकोशिले छाहारी दिएकोछ अनी यही उत्तरी भेगबाट मधुर मुस्कान दीई फिजिएको हिमश्रिङ्गखलाहरु देख्न पाईन्छ , तराईको बिशाल उर्बराशिल जमिन लगायत चुरे र महाभारतको डाडा र जङ्गलहरु यहाँ पाईन्छ । पूर्वमा नेपालकै ठुलो नदी कोशी र पश्चिम तिर तावा जस्ता खोलाको बिचमा पर्ने प्राकृतिक सुन्दरताले भरिएको जिल्ला बिरलै पाईेएला ।
एउटा आफ्नै ईतिहास र पहिचान बोकेको उदयपुर जिल्ला , यसको ईतिहास कुनै बेला खोतलौला तर अहिले चर्चा गरौ रौतामाईको काखबाट जन्मिएर कोशी नदी सङ्ग साईनो गास्न पुगेको यो नदी जसले उदयपुर र सप्तरीको किसानहरुलाई खुशी दिएकोछ उही त्रीयुगा नदिको कथा ।
कुनै बेला यो खोला यती सुन्दर थियो जसको बर्णन सायद म गर्न सक्दिन । ठुला ठुला दहहरु जहाँ मनिसहरु पौडी खेल्न , फिल्मका भिडियोहरु छायाङ्कन गर्न आउथे , किसानहरुलाई खेतमा कुलो बनाएर दहबाट पानी लान्थे त्यती मात्रा होइन १५-२० बर्ष अघी खोलामा पाइला राख्दा माछा टेकिन्थ्यो तर यि सबै यथार्थताहरु एकादेशको कथा बनेकोछ ।त्रीयुगा नदी वास्तबमा जसले लाखौं किसानहरुलाई खुशी दियो , जसको नामबाट नगरपालिकाको समेत नाम रहन गयो तर आज त्यही खोलाको दिन डाहै बलत्कार भएकोछ त्यही पनि सबैले देख्ने गरी निवस्त्र बनाएर ।
हिजोको सबै सुन्दर दहहरु पुरिएकोछ , खोलाको कलकल आवाज अब सुन्न पाईदैन त्यसको पछाडिको कारणहो तस्करहरुलाई त्रीयुगा खोला कमाई खाने भाडो बनाउन दिने तत्कालिन जिल्ला बिकास समिती साथै अहिलेको स्थानिय सरकार नगरपालिका ।
आफ्नो कार्यकर्ताको घरको चुलो बालिदिन , नगरपालिकाको आम्दानिको श्रोतको रुपमा यती चोखो र पवित्र खोला माथि तस्कर र माफियाहरुको गिद्देनजर परेपछी आज त्रीयुगा खोला आफ्नो अस्तित्वको खोजिमाछा । सरक्षण गर्नु पर्ने सरोकारवालाहरुको आम्दानिको श्रोत भएको यो खोला जहाँ हरेक दिन ट्याक्टर र बिकासको नाममा उसको जेसिबी पसे पछी आज बेश्यालयमा मोलमोलाईमा राखिएको एक दुखी ब्यक्ती जस्तोछ ।
पानीमा पाईने जिवहरु सकष्टमाछान हरेक दिन बिजुलिको पोलबाट करेन्ट जोडेर माछा मार्नाले खोलामा माछाको मात्रा होइन धेरै पानी जन्य प्रानीको बिनाश भएकोछ । खोलाबाट अत्याधिक ढुङ्गा र गिटी झिक्नु र रोकथाममा प्रहरी , जिल्ला बन कार्यालय , सामुदायिक उपभोक्ता बन सामुदाय , सम्बन्धित वडा तथा नगरपालिकाले ठुलो भूमिका खेल्नु पर्ने थियो तर सत्ता र राजनीतिक स्वार्थको कारण प्रक्रिती खोला नाला जोगाउनमा सरकारको बुद्दिमा घाम लाग्न सकिरहेकोछैन । पछील्लो समय विश्व जलबायु परिवर्तन र त्यसको असरलाई कसरी न्युनिकरण गर्ने भन्ने बहसमा लाग्द , त्रीयुगा नगरपालिकाले नदी दोहनलाई नरोक्नु र रोक्नको लागि कडा कदमा नचाल्नुले वास्तबमा प्रक्रिती र नदी प्रती माया नहुनु मात्रा होइन तर बर्षायाममा यसले कती बिनाश गर्न सक्छ भन्ने कुराको भबिश्य प्रती उदाशिन हुनु पनि हो ।
धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राइले माफिया र तस्करको लुटिखाने भाडोनै बन्द गरी दिए कि खोलानालाई सरक्षण गर्नु पर्छ भनेर उनी आफ्नो मुद्दामा अडिग रहे र धराने जनताहरुलाई श्रमदान द्वारा लाखौं रुखका बिरुवहाँरु रोपे ताकी खोला उत्खनन गर्दा बढी पहिरोले हजारौ जतना अप्ठ्यारोमा पर्छन भन्ने उनले जाने ।
तर त्रीयुगा नगरपालिकाकै सुन्दरताको रुपमा रहेको त्रीयुगा खोला , जसको शरक्षण गर्दा अझ धेरै शुन्दर र बिभिन्न प्रकारको आर्थिक फाईदा जनताले लिना सक्थे तर खोलामा फोहर फ्याक्ने , ढुङ्गा गिटी अनाधिक्रित रुपमा झिक्नाले वास्तबमा एक दिन त्रीयुगा खोला मरुभुमिमा पारीणत हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन , त्यती मात्रा होइन हिन्दु धर्मल्म्बिहरुको लागि पवित्र मानिएको यो खोला काठमाण्डौ जस्तै दुर्घन्धित र फोहर खोला हुन सक्छ त्यती मात्रा होइन खोलाको बगरहरु समेत अतिक्रममा पर्दा टुकुचाको अर्को अध्याय हुन सक्छ ।
यदी यो खोलालाई सरक्षण गर्ने हो भने यो खोला नगरको सुन्दरतामात्र होइन , यसको अतिक्रमण बिना आम्दानिको अनन्तको श्रोत बन्न सक्छ , खोलाले बगर बनाएको हजारौ बिघा जग्गाहरु किसानलाई फिर्ता गर्न सकिन्छ , माछा पालन जस्ता कार्यक्रम ल्याएर त्रीयुगमा सम्रिदी ल्याउन सकिन्छ , खोलाको छेउछाउमा पार्क बनाएर आम्दानिको श्रोत बढाउन सकिन्छ तर त्यसको लागि खोलाको बिचमा डोजर लगाएर टिपरका टिपर गिटी झिक्ने , राजास्व र कर बढाउने लोभमा ट्याक्टर लाई खोला भरी पस्न दिने र हिउदभरी खोलाबाट खोलाई रित्तिने गरी ढुङ्गा झिक्न दिने मानशिकता परिवर्तन हुनुपर्छ ।
घर अगाडि बाटो बन्नु , पुल बन्नु बिकास हो तर साथ साथै प्रक्रिती लाई जोगाउनु र त्यसको अस्तित्वलाई निमिट्यान्न नपार्नु पनि बिकास हो । तर दु:खद कुरा आज त्यती सुन्दर त्रीयुगा खोला माथि दिनडाहै उसको अस्मिता लुटिदा बलात्कृत हुँदा नत सरकार बोल्छ , नत कुनै राजनीतिकर्मी बोल्छ अनी यो हुनु आउने पुस्ताको लागि अभिषाप हो । कसले सुनिदिने यो खोलाको चित्कारलाई ? कसले देखिदिने हरेक दिन बलात्कृत भएको उसको अस्मितालाई ? कसले दिने न्याय ? यसैले सबै मिलेर प्रक्रिती जोगाउन आवश्यकछ र सम्बन्धित निकायले यसमा ध्यान दिन जरुरिछ ।










