Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” एकतानै बल हाे” खोटाङ सेवा समाज यूकेले पठायो साँढे ११ लाखको स्वास्थ्य सामग्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2021

खोटाङ । खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।

कोभिड–१९ को महामारी फैलिरहेकाबेला यूकेमा खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सञ्चालन गरेको खोटाङ सेवा समाज यूकेले पहिलो चरणमा ९० वटा थर्मल गन, ९ वटा ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १ थान बिआइपिएपी, २० थान रिजभ्र्वयर सहितको अक्सिजन मास्क, २ थान इन्ट्यूवेसन, ५ थान पेडियट्रिक पल्स अक्सिमिटर, ९० थान एडल्ट पल्स अक्सिमिटर, ५० वटा एडल्ट सक्सन ट्यूव, १० थान गाइडल्स एयरवे, ५० थान थ्रि वे अक्सिजन कारमेला २२, ५ थान हाइ फ्लो नेजल क्यानेल्ला, १ थान इलेक्ट्रिक सक्सन र ९० थान कनेक्सन पाइप र मास्क पठाएको हो ।

यूकेमा सञ्चालन गरिएको ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगत जुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री बिहिबार संविधानसभा सदस्य दुर्गाजयन्ती राई सहित खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राई र वर्तमान सदस्य जानुका राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन् ।

खोटाङ सेवा समाज यूकेले गाँस काटेर जुटाएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री जिल्लाका १० स्थानीय तह र जिल्ला अस्पतालमा पुग्नेगरी पठाइदिएको हो । दोश्रो चरणमा स्थानीय तह र जिल्ला अस्पतालको आवश्यकताको आधारमा थप स्वास्थ्य सामग्री पठाइने खोटाङ सेवा समाज यूकेका सदस्य जानुका राईले बताईन् ।

कोभिड–१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमा मृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला खोटाङ सेवा समाज यूकेले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको थियो ।

आफ्नो जन्म्भूमीमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले प्राणघातक रोग कोभिड विरुद्ध यूकेमा अभियान सञ्चालन गरेको विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए ।

गाँस काटेर जिल्लावासीका लागि लाखौंको स्वास्थ्य सामग्री प्रदान गरेकामा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले खोटाङ सेवा समाज यूके परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

खोटाङको सामाजिक र मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो । त्यो भन्दा अघि पनि समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved