ईलाम । चुलाचुलि गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डकप २०८० भव्यताका साथ सम्पन्न भएको छ। गाँउपालिका अध्यक्ष राजेन्द्र केरुङकाे अध्यक्षता र प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई साथै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ।

राष्ट्रपति रनिङ शिल्डकप २०८० को विजेता बालज्याेति मावि भएको छ। दाेस्राे स्थान चुलाचुलि बाेर्डिङ साथै तेस्रो स्थान राष्ट्रप्रेमि माविले जितको छ। कार्यक्रममा यस बर्षकाे विभिन्न पक्षहरूकाे विशिष्ट मुल्यांकन गरि उत्कृष्ट माविमा बाँझाेगाँउ मावि रु ३ लाख सहित सम्मानित भएको छ भने पन्चकन्या आवि उत्कृष्ट आवि रु २ लाख सहित सम्मानित भएको छ।
यस्तै उत्कृष्ट प्रधानाध्यापकतर्फ सुरेन्द्र कटुवाल , उत्कृष्ट शिक्षकतर्फ माधवप्रसाद आचार्य , उत्कृष्ट कर्मचारीतर्फ प्रदिप लावति साथै उत्कृष्ट श का हात्तिलेदा बालविकास सम्मानित भएका छन। उत्कृष्ट भई सम्मानितहुने सम्पूर्णलाई जनहि नगत सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा चुलाचुलिमा रहेका आधारभूत विद्यालयहरुलाई ल्यापटप, प्रिन्टर साथै साउण्डबक्स समेत प्रदान गरिएको छ जसले प्रविधि मैत्री शिक्षणलाई थप सहयोग मिल्ने सामाजिक विकास समिति संयोजक तथा चुलाचुलि गाँउपालिका ईलामका प्रवक्ता बबिन बान्तावा राईले बताउनुभयो ।











