डि बि मुखिया। आज विश्व रेडियो दिवस,नेपालमा रेडियो सुन्नका लागी लाइसेन्स लिने चलन थियो। सन २०११ फेब्रुअरी १३ का दिन देखि विश्व रेडियो दिवस मनाउने चलन सुरु भएसगै नेपालले पनि सन २०१२ फेब्रुअरी १३ का दिन अर्थात फागुन १ गतेका देखि विश्व रेडियो दिवस मनाउन थालेको हो।स्मरण रहोस जमानामा रेडियो बारे रमाइलो प्रसंग यस्तो थियो।जमनामा गाउघर तिर रेडियो बोक्ने र राख्ने ब्यक्तिको निकै इज्जत र सान थियो।पछिल्लो समय क्यासेट रेडियो आउन थाल्यो।
क्यासेट रेडियो बोक्नेको त झन अति नै सान र इज्जत छुट्टै नै थियो।जो कसैले रेडियो बजाउदै हिडेको देखियो र सुनियो भने केटाकेटी देखि ठुला सम्म डाडामा उभिएर हेर्ने चलन थियो।अझ क्यासेट रेडियो बजाउदै बोकेर हिडने हिडनेहरुलाइ त झन अलि बढिले नै ध्यान लगाएर हेर्ने चलन थियो।जमानामा रेडियो र क्यासेट रेडियो बोक्ने ब्यक्तिलाइ लाहुरे र धनी मान्छे अनि ठुला मान्छे भन्ने चलन थियो।साचै हो पनि,रेडियो बोक्ने ब्यक्तिहरु कि त मुग्लान,भोटोङ,दोर्लिङ र सुकिम गएर आउनेहरु हुन्थे,कि त लाहुर गएर आउनेहरु मात्र हुन्थे।जमानामा बुढापाकाहरुले स्थानिय बोलचालीको भाषामा रेडियोलाइ रेरी,रेरिवा,रेरियो भन्थे भने टेपरेकर्डिङ क्यासेट रेडियोलाइ भने टेपरीकोट भन्थे।त्यो जमानामा अर्थात तत्कालीन समयमा कसैले रेडियो लिएर आयो र क्यासेट रेडियो लिएर आयो भने वल्लापल्ला घरबाट रेडियो हेर्न र सुन्नका लागी जम्मा हुन्थे।

अझ पछिल्लो समय क्यासेट रेडियो निस्के पछि त झन कति दिदी बहिनिहरु रातीको जातो बिधिसकेर सम्म टेपरीकोट सुन्न जाने भन्दै रेडियो क्यासेट भएको घरमा जम्मा हुन पुग्थे।तत्कालीन समयमा ब्याट्रीबाट रेडियो र क्यासेट रेडियो बज्थ्यो।गाउमा,समाजमा कसैको बिवाह हुदा पनि रेडियो क्यासेट बजाएर खुप नाच्ने चलन हुन्थ्यो।जमानामा निकै लोकप्रिय रेडियोको चर्चा अझै यदाकदा भए त पनि यसको महत्त्व हराउदै गएकोछ।अझ टेपरेकर्डिङ रेडियो क्यासेटको त झन पुर्ण रुपमा अन्त भएर इतिहासमा मात्र सिमित हुन पुगेकोछ।
स्मरण रहोस कि जमानामा रेडियोको जति नै लोकप्रिय र चर्चा चहाना थियो त्यति नै रेडियो बजाउन र सुन्न भने सजिलो थिएन।नेपामा पदमा शमशेर राणाको सासनकाल हुदा बिक्रम सम्बत २००४ सालमा पहिलो पटक नेपालमा रेडियो बजाउने चलनको सुरुवात भएको थियो।बिक्रम सम्बत २००४ सालमा रेडियो बजाउने चलन राणाहरुले सुरु गरे त पनि राणाहरुले मात्र रेडियो बजाउन र सुन्न पाउथे भने सर्बसाधरण रैतिहरुले रेडियो सुन्न पाउने अनुमती थिएन।पछिल्लो समय बिक्रम सम्बत २००७ साल मंसिर २८ गते बिहान ८:३० बजे अचानक यो नेपाल प्रजातन्त्र रेडियो हो।हामी बिराटनगर मुक्तिमोर्चाबाट बोलिरहेकाछौ भन्दै राणा बिरोधी क्रान्तिको रुपमा रेडियो बज्न थाले पछि तत्कालीन मोहन शमशेर राणा प्रधानमन्त्री दङ्ग र आश्चर्य चकित परेका थिए।
उक्त बिराटनगरबाट राणा बिरोधी क्रान्तिको रुपमा सर्बशारण रैतिहरुले बिराटनगरबाट पहिलो पटक बजाइएको रेडियो भारतबाट नेपालमा ल्याएर तत्कालीन काङग्रेस मुक्तिसेनाहरुले बजाएका थिए।पछिल्लो समय नेपालमा प्रजातन्त्रको स्थापना भए पछि बिक्रम सम्बत २००७ साल चैत २० गते तारिणी प्रसाद कोइरालाको निर्देशनमा सर्बशाधरण रैतिहरुको लागी बिराटनगरबाट अधिकारीक रुपमा रेडियो बजाउन थालिएको हो।प्रजातन्त्र स्थापनाकाल पछि सर्बसाधरणको लागी रेडियो बजाउन थालेसगै अब भने सर्बसाधरण रैतिहरु मध्य जो कसैले रेडियो राख्न चाहेमा लाइसेन्स लिएर मात्र रेडियो राख्न र सुन्न पाउने नियमको सुरुवात तत्कालीन सरकारले बसाले।
यसरी रेडियो राख्न र सुन्नका लागी लाइसेन्स लिने चलन पन्चायतकाल बिक्रम सम्बत २०३७ साल पछि सम्म पनि भएको इतिहास छ।बिक्रम सम्बत २०३७ साल पछि पनि रेडियो सुन्नका लागी लाइसेन्स लिनु पर्ने र बार्षिक नवीकरण गर्दा १० रुपिया तिरेर नवीकरण गर्ने चलन थियो।नेपालमा बिक्रम सम्बत २००४ सालमा रेडियो आउनु भन्दा धेरै बर्ष अगाडी नै सन १८९४ सालमा बैज्ञानिक मार्कोनीले हावाको तरंगबाट तार बिना नै रेडियो बच्ने बारेमा पत्ता लगाएसगै बिस्वमा रेडियोको चर्चा हुन थालेको हो।










