अबिन मेन्याङ्बाे, ललितपुर । नेपालमा ख्रीष्टियन समुदायकाे हितका लागि काम गर्छु भनेर सञ्चालनमा ल्याइएकाे दर्जन बढी संघ संस्थाहरु समुदायकाे हितमा काम गर्ने बहानामा झनै आतंकित पार्न थालेकाे छ।
विभिन्न बाहानामा समुदायबाट रकम सङ्कलन गर्ने संस्थाहरु छन्, काेहिले चर्च बिस्तारकाे नाममा सङ्कलन गरिरहेकाे छ भने काेहिले धर्म प्रचारकाे क्रममा पक्राउ परेका क्रिस्चियनहरूकाे रिहाइकाे नाममा देस बिदेशबाट रकम सङ्कलन गरिरहेकाे बुझिएकाे छ भने, पछिल्लाे उदाहरणकाे रुपमा ख्रीष्टियन महासंघ नेपाल नामक एक संस्थाले मृत्यु भएका क्रिस्चियनहरुकाे लास गाड्ने जग्गाकाे बिषयमा लुटकाे सुरुवात गरेकाे छ।


उक्त संस्थाले माघ ११ गत्ते जारी गरेकाे एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार समाधिस्थलका लागि खरिद गरिएकाे जमिनमा लास गाड्नका लागि भनेर हरेक चर्चका प्रति ब्यक्ति १ बर्षदेखि १० बर्ष उमेरकालाइ १००० ताेकेकाे छ भने १० देखि १६ बर्ष उमेरका लागि १५०० र १६ बर्ष माथिका लागि २००० ताेकिएकाे छ। यस्तै उक्त संस्थामा आवद्ध रहेकाे चर्चका सदस्यहरुका लागि भने प्रति ब्यक्ति १००० रेट ताेकिएकाे छ। साे विज्ञप्ति प्रकाशित पश्चात् क्रिस्चियन समुदायका मानिसहरुका अलावा विभिन्न पास्टरहरुले समेत बिराेध जनाएको छ।
यस कार्यमा सहभागी हुन मण्डलिहरुले ३००० तिरेर सदस्यता लिनु पर्ने , स्वइच्छा स्वरुप १०००० र उपत्यका बाहिरकाे चर्च तथा क्रिस्चियनहरुले साे संस्थाले खरिद गरेकाे जमिनमा लास गाड्नका लागि ४०००० देखि १ लाख सम्म ताेकिएकाे छ।
सञ्जालकर्ताहरुले ( मर्नकै लागि बिदेशीनु पर्ने कस्ताे दिन आयाे? पैसा नहुनेले मर्न पनि नपाउने ? ) जस्ता प्रतिकृया जनाएका छन् भने पछिल्लाे समय मुद्दा र उजुरिमा ख्याति कमाएका युबराज सफलले समेत चासाे देखाउँदै ( धर्म भनेको ब्यक्तिको आस्था हो ,विश्वास हो ,तर धर्मलाई व्यापार बनाउने चाहे हिन्दु होस् ,चाहे कृश्चियन होस् चाहे बुद्धिष्ट होस् चाहे किराँत होस् चाहे मुस्लिम होस् चाहे शिख होस् चाहे जैन धर्म नै किन नहोस् कसैले धर्मको नाममा व्यापार गर्न पाउदैन र पाउनु हुँदैन ।ख्रिस्टियन महासंघ ललितपुरको नाम लिदै मरेको मान्छे जलाउने जस्तो कुरामा यति उति रकम भनेर तोक्न मिल्छ ?के व्यापारको लागि धार्मिक संस्था खोलिएको हो ??एक रुपैयाँ पैसा नभएको मान्छे मर्यो भने के पैसा नबुझाएको कारण उस्को अन्तिम संस्कार नगर्ने ??यस्ता प्रश्नको जवाफ यो महासंघले के दिन्छ ??तुरुन्त यो निर्णय सच्चाउने दिशामा जान्छन् कि धर्मको नाममा व्यापार गर्नेहरुको विरुद्ध कानुनी लडाई लड्नु पर्ने हो ?? ) लेखेका छन्।
यस्तै, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका मनाेनित उपाध्यक्ष तुलसि प्रसाद श्रेष्ठले समेत साे बिषयमा चासाे दिँदै खबरदारि गरेका छन्।
( ललितपुर महर्जन ग्रुप अफ कम्पनि ख्रिष्टियन माहासंघनेपाल नाम ले मच्चाएको फेसबुक आतङ्क प्रति नेपाली ख्रिष्टियन समुदायहरु नझुक्किनुहोला।राष्ट्रिय ख्रिष्टियन माहासंघ नेपालले अब निकट भविष्यमा छिट्टै सरकारसँग सित्तैमा समाधि स्थल देशभर दिलाउने छ।आदर्णिय प्रभुका जनहरुमा ढुक्क हुन अनुरोध गर्दछु।राष्ट्रिय ख्रिष्टियन माहासंघ नेपाल मनाेनित उपाध्यक्ष तुलसि प्रसाद श्रेष्ट (ध्रुब) ) मनाेनि उपाध्यक्ष श्रेष्ठ लेख्छन्।
यस्तै, श्रवण बम्जनले समेत साे संस्थाकाे विज्ञप्तिकाे बिषयमा यस्ताे लेख्छन् :
( यस्तो महङ्गी सुनेपछि कसलाई मर्न मनलाग्छ ? चिहानमा सदस्यता लिएर मरे १०,०००/-
सदस्यता नलिइकन मरे १,००,०००/-
काठमाडौं उपत्यका भन्दा बाहिरका व्यक्ति उपचारको क्रममा उपत्यकाभित्र मरे ४०,०००/-साथै, अलग्गै क्रमश १०,०००/- देखि १,००,०००/- सम्म रकम बुझाउन सक्नेको नाम चिहानको अभिलेखमा लेखिने ।दशकअघि पनि यस्तै चिहान अभियान चलाउने केही पास्टरहरूका समूह थिए जसले चिहान नै बेचेर घरखेत जोडे । आजकालको धर्म असाध्यै महङ्गो । चिन्ता नगर्नुस्: पैसा नहुनेहरूका लागि पशुपति विद्युतीय शव गृह छिटोछरितो, सजिलो र सस्तो छ । १० मिनेटमै काम सकिन्छ ।
सञ्जालमा व्यापक बिराेध पश्चात् संस्थाका अध्यक्ष सुनिल महर्जनले फ्रीमा समाधिस्थल उपयोग गर्न छलफल हुने बताएका छन्।

यहाँ राखिएको विज्ञप्ति संस्थाका अध्यक्ष सुनिल महर्जनकाे फेसबुकबाट लिइएकाे हाे भने सञ्जालमा जनाइएकाे प्रतिकृयाहरु संवन्धित सञ्जालकर्ताहरुकाे फेसबुकबाट लिईएकाे हाे।










