Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुखले ब्यक्त गर्न नसकिने शब्दहरु..। ( सत्य घटनामा आधारित्)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 5, 2024

✒️ कृष्ण कुँवर(कर्नेलियस)

कति कुराहरु यस्ता हुन्छन्, शब्दहरुले बर्णन् गर्नै सकिन्न तर सुस्केराहरु र मौनताहरुले हजार शब्दहरु बोलिरहेका हुन्छन्। कतिपय क्षणहरु नआए हुनेथियो, नदेखे हुनेथियो, नसुने हुनेथियो।
~उ सुन्दर थियो। राम्ररी बोल्थियो। सरासर आफ्नो काम् गर्थियो, सानो जागिर् गर्थियो, थोरै भएपनि कमाएर ल्याउँथियो। आमा, श्रीमती, छोराछोरीलाई पालिरहेकोनै थियो तर उ अचानक् अस्वस्थ भयो। शरिरको छाला कालो हुँदैगयो उपचारको निम्ति हस्पिटल् धाईरह्यो अंततः उस्लाई रोगसङ्ग लडेर जीत्न गार्हो हुन थाल्यो। उपचार धेरै गर्यो भएन, नीको हुनलाई दिल्ली सम्म पुग्यो किनकी उस्को बुबाले दिल्लीमा नै सानो नोकरी गर्नुहुन्थियो। तीन महिना उपचार गर्यो तर भएन। दिल्लीबाट रेखदेख गर्ने बहिनीले दाजु ठीक छन्, नीको हुँदैछन् भन्ने खबर आमालाई दिनेगर्थिन् तरपनी आमाको ऑंखाबाट आँशु बगिरहन्थे। नीको हुन औषधि खायो, उपचार गर्यो, अप्रेशन् पनि गर्यो। जति संघर्ष गरेपनी उ सफल् भएन। उ हरेश खाएर घर फर्कियो किनकी उसलाई स्किन् (छालाको) क्यान्सर् भएको थियो।

उस्को घरको कोठामा र पलङ्गमा राखिएका सीसाहरु र ऐनाहरु उस्की बहिनीले टेप लगाएर टालेकी थिईन् किनकी दाजुको सुन्दर मुहारको कुरूप् पना उस्ले नदेखोस् ,उ निरुत्साहित् नहोस् भनेर। छोराछोरीको पिर बुबाआमालाई धेरै हुनेरैछ। दिल्लीबाट बिदाई गरेर नेपाल पठाएको छोरा बाँच्दैन भन्ने कुरा उस्को बुबालाई थाहा थियो। सुगरप्रेशर रोगी बुवाले आफ्नो जवान् एक्लो छोरो आफ्नो अगाडि लास् बनेको कसरी हेर्न सक्थेर? छोराको लागि उनले रूपैयाँ र सम्पत्ति खर्च नगरेका होईनन् तरपनी बुबाको हातमा छोराको जीवन थिएन। धेरै सोचे होलान्। कसरी छोराको मृत्युलाई हेरुँ? बरु मनै अघि जान् पाए! छोरा आउँदै गरोस् भन्ने मनमा लागेहोला।

यता दाजुलाई कुरेर आमालाई हेरबिचार गर्दै बसेकी बहिनिलाई दिल्लीबाट फोन् आयो बुबाको लास् आउँदैछ। रिसिभ् गर्न बाघडोब्रा जानु। केहि दिन् अघि सकुशल् बुबा कसरी…? बहिनि छांगा बाट खसेझैँ भईन्।
चारैतिरबाट अशुभ खबर आउँदा मान्छे कती बेचैन् हुन्छ, भोग्नेलाई मात्र थाहा हुन्छ। बुबाको लाश लिएर आएकी बहिनिको घरगाउँमा रूवाबाशी थियो भनें दाजु उठ्न नसक्ने अबस्थामा बिछ्यौनामा लडिरहेको थियो। उस्ले बल्लतल्ल उठेर अन्तिम् पटक् बुबाको मुख् हेरेर बिदाई गरेर फेरि ओछ्यान् मा गएर लड्यो। बुबालाई ढीलै भएपनि अन्त्येष्टिको लागि घाट्मा लगियो।

उ अझैपनि रोगले छट्पटाएको छ। उसलाई कलिला सुन्दर छोराछोरी हेर्ने,उनीहरुलाई बोक्ने घुमाउने रहर छ। आफ्नी श्रीमतीसङ्ग सँगै घुम्ने रहर छ। एक्ली आमालाई जागिर् गरेर पाल्ने रहर छ। बैनी सङ्ग झगडा गर्ने रहर छ। उसलाई पहिले जस्तै बाईक् घुईंकाउने रहर छ तर….. ओछ्यान् बाट उठ्ने कसरी? अशक्त शरिर छ। उ हारिरहेको छ,रोगले जितिरहेको छ। शरिरको भित्री भाग् नष्ट गरेका किराहरु बाहिर छरपष्ट देखिन्छन्। आजभोली त, उस्को शरिर भन्दा पहिले उस्का ईच्छा र सपना मरेका छन्। उस्को आधा घाँटी नष्ट भएको टाउको यताउती चल्मलाउँछ। सहायताको निम्ति कसैको अपेक्षा राख्छ। उस्लाई थाहा छ, अब मैले चाहेका कुरा पूरा गर्न सक्दिन। मनभित्र हजारौं शब्द छन् उस्ले ब्यक्त गर्न सक्दैन नत उ भित्रका कुरा कसैले बुझ्नसक्छ। उ मौनतामा बोलिरह्यो। सुस्केराहरुमा बोलिरह्यो। उस्का आँखाहरुले बोलिरहेका थिए तर उ भित्रका सबै कुराहरूको बयान् गर्ने शब्दहरु खै?
अंततः उ संधैलाई हार्यो। उस्ले आफ्नो जीवन मृत्युलाई सुम्पिदियो। उस्को शरिर र उस्को सपना घाटको आगोबाट निस्किएको कालो धूवाँ सँगै बिलिन् भए। धेरैलाई शोकमा पार्दै एउटा जीवन सक्कियो।
यी सबै कष्ट भोगेकी ति बहिनीले ब्यक्त गर्ने शब्दहरु खै? ति आमाको अबिरल् आँशुहरुको बयान् गर्ने शब्दहरु खै? जवान अबस्थाकी श्रीमतिका सोंचका शब्दहरु खै?
वरिपरि सान्त्वना दिनेहरुले पनि ब्यक्त गर्न नसक्ने शब्दहरु। मान्छेहरुले एक अक्षर मात्र बोल्छन् नि! लेख्छन् नि! -“निशब्द”। त्यसै बोलेको, लेखेको होईनरैछ। ब्यक्त गर्ननै नसकिने भएर रैछ।
नसोचेको समयमा मानिसको जीवनमा बिपत्ति आउँछ। यस्तो अबस्था कसैलाई नआओस्। संसार दुःखदायी छ। तर कहिलै दुःखी नहुनुहोस् है, भनी सल्लाह दिन्छु। यहाँ खुशीहरु क्षणिक् छन् तरपनी खुशी हुनैपर्ने! खुशी हुनुपर्छपनी। खुशी रहनुहोस् है।
त्यो परिवारलाई ईश्वरले सान्त्वना दिउन्। हामीपनी यो संसारमा केहि दिनका पाहुना हौं भन्ने सम्झेर अशल् कर्म गर्दैगरौं। कसैको ओठ्को खुशी नखोसियोस् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved