डिकेन्द्र बस्नेत । पथरी शनिश्चरे खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको मिनी मेराथन दौड प्रतियोगितामा पुरुषतर्फ सरोज सिंह र महिला तर्फ जमुना आले मगर प्रथम भएका छन्।

पुरुष तर्फको दौडमा सिंहले निर्धारित दुरी १७ मिनेटमा पार गरेका हुन् । यस्तै सोनुप राई दोस्रो र आशिस मण्डल तेस्रो भएका छन् । राई र मण्डलले २० मिनेट र २२ मिनेटमा दुरी पूरा गरेका थिए ।
यसैगरी महिलातर्फको अंकिता राई दोस्रो र मञ्जु जिमी तेस्रो भएका छन् ।
मिनी मेराथनमा पथरी बजारबाट यलम्बर चौक, पथरी बहुमुखी क्याम्पस, जुनतारा बोडिङ स्कुल हुँदै विष्णु चौक बाट घुमेर बुद्ध चौक हुँदै मन्दिर लाइनमा आएर समापन भएको थियो ।
विजेताहरुलाई क्रमशः प्रथम, द्वितीय र त्रितीय हुने विजेताहरुलाई नगद ६ हजार, ४ हजार र २ हजार माघ १५ गते प्रदान गरिने आयोजक पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको सदस्य सचिव नविन खुलालले बताएका छन ।










