डिकेन्द्र बस्नेत,झापा । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुर सेमिफाइनल प्रवेश गरेको छ ।
युनिटीले प्रस्तावित पथरी रंगशालामा भएको दोस्रो चरणको पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

युनिटीका निरोज धिमालले खेलको २२ औं र ३० औं मिनेटमा गोल गरेका थिए । खेलको पहिलो हाफ राम्रो खेल प्रदर्शन गर्न नसकेको राइजिङले दोस्रो हाफमा भने राम्रै खेल प्रदर्शन गरेको थियो ।
तर, गोल गर्न चुक्दा राइजिङले पराजय भोग्नुपर्यो । खेलको म्यान अफ द म्याच विजेता टिमको रोहन लिम्बु घोषित भए । लिम्बुलाई नगरपालिकाका लेखा अधिकृत पिताम्बर वस्तीले नगद रु. २ हजार र ट्रफी प्रदान गर्नुभएको थियो ।
पथरी शनिश्चरे नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको भोलिको खेल कल्याण एफ.सी. र देविगन्ज एफ.सी. बीच हुने संयोजक दीपक राईले जानकारी गराउनुभयो ।
नगरमा दर्ता भएको १० टिमले सहभागी रहेको खेल जाते मोडमा माघ १५ गतेसम्म जारी रहनेछ । प्रथम हुने टिमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । प्रतियोगितामा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको समेत व्यवस्थापन गरेको छ ।










