हिमांशु राय मोरङ । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा कल्याण फुटबल क्लब विजयी भएको छ ।
कल्याण फुटबल क्लबले ४–२ गोलको अन्तरले बि १६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । आजको प्रतियोगितामा पहिलो ह्याट्रिक कल्याण फुटबल क्लबका सुरज याक्खाले पूरा गर्दे खेलको म्यान अफ द म्याच घोषित भए ।

खेल सुरु भएको पहिलो मिनेटमै बि १६ का कवि राईले गोलको खाता खोलेका थिए । खेलको ३३ औं मिनेटमा कल्याणका विवेक आङदेम्बेले गोल फर्काए । त्यसपश्चात् बि १६ का सुरज शिवाले एक गोल गरे ।
भोलिको खेल युनिटी स्पोट्स र राइजिङ स्टार बिच हुने नगर खेलकुद महोत्सव आयोजकका संयोजक दीपक राईले जानकारी दिएका छन ।











