Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्य घटनामा आधारित ( एलिनाको कथा ) “साँचो प्रेम खोजें “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 11, 2024

कृष्ण कुँवर
खुशी थिए रे सबैजना, म जन्मेको साँझ, बेंशीका काकाले काखिमा लोकल् कुखुरा र घ्यू बोकेर ‘साँहिली भाउजुले छोरी पाईछिन् त्यतै हिडेको है मत, भन्दै खोलाखेते बाजेको घरको बाटो हुँदै हाम्रो घरमा आएका थिएरे। हाम्रो घरमा र गाउँमा सारै खुशियाली छाएको थियोरे, किनकी धेरै छोरा जन्मिईसकेपछि त्यो घरमा पहिलो छोरीको रुपमा मैले जन्म लिएकीरैछु।
ति खोलाखेते बाजेको घर बेंशीमा जाँदा बाटैमा पर्थियो- म बेंशिको खेतमा घाँस काट्न जादैथिएँ। आगन्-मा लट्ठीको टुप्पामा चिउँडो टेकाउँदै खोलाखेते बाजेले भनें-
अस्ती भर्खर जन्मिएकी यी नानी यत्ती ठूली भैसकिन्, अब त नानिको बिहे गर्ने बेला पनि भयो, कोही खान्दानी केटा आयोभनें बिहे गर्दाहुन्छ है नानी।
मनमनै कुरागर्दै आफ्नो बाटो लागें-यी बुढाको घरबाट हिड्नैपर्ने, अर्को सजिलो बाटो कतै भएको भएपनि अर्कै बाटो जानेथिएँ , बाजेसङ्ग झर्किदै म बेंशितिर लागें।
स्कुल जाँदैथिएँ, पढ़ाई राम्रै थियो। दाजुभाईले घरको काममा ध्यान् नदिंदा मैलेनै आमालाई सघाउनुपर्थियो। घरको कामगर्दै स्कुल पढ्दै बल्ल-तल्ल सरकारी स्कूल बाट एस.एल.सी. सिध्याएँ।
एस.एल.सी. को रिजल्ट आएपछि डाँडाको स्कुलबाट हँशिलो चेहरामा झर्दैथिएँ, ति खोलाखेते बाजेले दाम्लो बाट्दै बसेका रैछन्। सँधै बाजेसङ्ग झर्किएर बोल्थिएँ,आज चाहीं राम्रै किसिमले बोल्नुपर्यो भन्ने सोचें ।
मैले भनें- बाजे ! बाजे!! मैले एस.एल्.सी. पास् गरें।
होर नानि! ‘लो नानीले सारै खुशीको कुरा पो सुनायोत हौ’
अब नानि एस.एल सी. पास् पनि गर्यौ, राम्रो केटा आयो भनेँ अब नानिको बिहे गराईदिनुपर्छ।
खोलाखेते बाजेले फेरी झर्किने बनाएरै छाडे- मैले झर्किंदै उत्तर दिएँ, ह्य्या…. बाजेपनी खाली एउटैकुरा …….
म आफ्नो बाटो लागें, खुशीको कुरा आमालाई पनि सुनाएँ। आमाले खुशी हुँदै स्याबासी दिनुभयो।
मैले घरको कामगर्दै भएपनि आमासँङ्ग क्याम्पस् पढ्ने अनुमती मागें, पढ्नको निम्ति काकाले खर्च जुटाईदिनुभयो। क्याम्पस् पढ्ने क्रममा एक्-जना केटा, जो मेरै उमेरको थियो । उस्ले मलाई पछ्याईरह्यो। उस्ले मसङ्ग बोल्न निकै प्रयत्न गर्थियो । तर म बोल्ने इच्छा नगरी कलेजको पढाई सिध्याएर घर फर्किने गर्थिएँ।
म क्याम्पस् जाने आउने क्रममा धेरै दिन् नै उस्ले मसङ्ग बोल्ने प्रयत्न गरिरह्यो। एक्दिन् उस्ले म आउने बाटो छेकेरै भन्यो-
एलिना, म तिमिसँग केहि कुरागर्न चाहान्छु। उस्को अनुहारमा केहि डर थियो, कम्पित स्वरमा उ बोलिरहेको थियो। मैले भनें- भन के भन्नुछ?
म क्याम्पस् आएको पहिलो दिन् देखिनै तिमीलाई नियाली रहेको छु, तिम्रो सरलता, र भद्रताको कारण म प्रभावित भएको छु। मैले तिम्रो मुहारलाई हृदयमा लुकाईसकेको छू। साँच्चै आँखा चिम्लेपनि तिमीलाई देख्ने गरेकोछु। मन्मनै तिमीलाई मन पराईसकेको छू। साँच्चैनै म तिमीलाई मन पराउँछु । उ बोल्दै थियो तर ति कुराहरुको केहि वास्ता नै नगरी म आफ्नो बाटो घरतिर लागें – ति खोलाखेते बाजे त्यही आगनमा रैछन् , मैले मनमनै सोचें, ति बाजे भित्र पसेको बेला स्वाट्टै आगन् काट्नु पर्यो, फेरी बिहेकै कूरा गर्छन् मकैको बोटको छेल पारेर केहिछिन् बसेपछि, बाजे भित्र पसे, अनि म घरतिर लागें।
मैले मन्मनै क्याम्पसको घटनालाई सम्झिएँ, भोली पनि त्यों केटाले त्यही कूरा गर्नेहोला, अब के गर्नेहोला ? मैले सोचिरहें।
भोली पल्ट क्याम्पस छुट्टी भयो फेरी त्यो केटा म आउने बाटो छेकेर पहिलै बसेकोरैछ। म तर्केर हिड्नैलाग्दा उस्ले बाटो छेकी पिलिज् एलिना मेरो कूरा सुन, भन्दै बिन्ति गर्न थाल्यो। उस्ले फेरी भन्यो म तिमीलाई साँच्चि नै मन पराउँछु, म बिहे गर्न तयार छु।
यो केटाबाट छुटकारा पाउन मैले केहि भन्नैपर्छ-मैले मुख खोलें -हेर कमल्, मैले मेरो बुबाको सपना पुरा गर्नुपर्छ, मेरो बुबाले, मैले पढ्न नसकेपनी मेरो छोरा छोरीलाई मैले राम्ररी पढाउनुपर्छ भनेर जीबनभर अरूको हलो जोत्नुभयो , बृद बुबाले हाम्रो भबिस्य हेर्दाहेर्दै, अरूको घरमा काम गर्दागर्दै उहाँले आफ्नो शरिरको ख्यालै गर्नुभएनछ। उहाँलाई दम् को रोगले लग्यो। म ८ कक्षामा पढ्दैगर्दा बुबाले संसार छोड्नुभयो। मैले बुबाको सपना पूरा गर्नुपर्छ। बुबाको कूरा गर्दै गर्दा बुबाको मुहार आँखामा झल्झली आइरहेको थियो। मेरो आँखाबाट आँसुको ढिक्का खसेको पत्तैपाईन ।
म बोल्दै गएँ,- म शिक्षिका बनेर देशको सेवा गर्नुछ । यो उमेर पढ्ने हो, बिहे गर्ने होईन।
म बोल्दा बोल्दै उस्ले मलाई बिचैमा रोक्यो। हैन एलिना म तिम्रो सपना पुरा गर्न सहायता गर्छु “मलाई -तिमीलाई सहायता गर्ने मौका देऊ”….
मैले उत्तर नदिई घरतिर लागें, सबैकुरा आमासँङ्ग लुकाईराख्न सकिन, क्याम्पसबाट आउँदाको सबै घटना आमालाई सुनाएँ। आमाले त्यो केटा आफ्नै पर्ने र आफुले चिनेजानेको, खान्दानी भनेर बताउनुभयो ।
आमाले भन्नुभयो हेर छोरी ,तिम्रो बिहे गर्ने उमेर भयो । यत्तिको केटा पाउँदा -तिमिले बिहे गरिनौ भने पछुताउनुपर्छ। आमाले धेरै सम्झाउनुभयो। अर्कोदिन् केटाको बुबाआमालाईं बोलाई मेरो बिहेको कुरा गर्नुभयो। दुबैपक्ष सहमति भए। ऋण खोजेरै भएपनि आमाले राम्रो प्रकारले बिहे गराईदिनुभयो।
म ठुलो घरानाकी बुहारी भएँ। धेरैकाम आफैले समाल्नुपर्दा पढाईपनि बीचमा छोड्नुपर्यो। शिक्षिका भै सेवा गर्ने सपना बिहेपछि सक्कियो। बिहेपछिका तीन-चार महीना राम्रै भए। हामि खुशिनै थियौं।
एकदिन माइतिघरको सम्झना आयो। आमालाई सम्झिएर दुईजनाकै सहमतिमा हामि माइतीघर हिड्यौं। माइतीघर पुग्नै लाग्दा, खोलाखेते बाजेले देखिहाले।
हैन नानि, कत्ति सुहाएको जोडि, ईश्वरले तिम्रो जोडिलाई सँधै खुशी राखुन् , हेर्दाहेर्दै यी नानिले पनि बिहे गरिन्।
बाजेलाई केहि कोशेली दिईं म माइती घर पुगें।
श्रीमानको फोनमा घण्टी बज्छ। श्रीमानले फोन उठाएर हत्तपत्त बाहिर जान्छन्, र मैले नसुन्नेगरी मस्किंदै केहिकुरा गर्छन्। फोन राखेपछि खाना खाएर आमासङ्ग केहि कुरागरी हामी घर फर्कियौं।
श्रीमानमा एकाएक परिबर्तन आउन थालेको थियो। उनको पहिलेको बोली परिबर्तन भएको थियो। ऊनि फेरीपनि कसैको प्रेममा फसेको थाहा पाएँ। यही कारण हामि दुईजनाको बीचमा झै झगडा हुनथाल्यो। सँधै यही बिषयलाई लिएर डिस्कस् भैरहने हुँदा हाम्रो सम्बंधबिच्छेद् सम्म हुने स्थिति आयो। अन्तत: हाम्रो प्रेम असफल भयो। श्रीमानलाई मायाले जीत्न खोजें, सकिन। झगडाले जित्न खोजें, सकिन। प्रेमले सम्झाईरहें, सकिन। अन्तत मन् मा बेदनाको गाँठो पारेर ,आँखा चिम्लेर सम्बन्धबिच्छेद् को पन्नामा हस्ताक्षर गरें।
त्यस पश्चात् वरिपरि कतै बस्न मन् लागेन। दुबईमा जान्छु -केहि समय त्यहाँ बसेर कमाएको पैसाले जिबनमा केहि गर्छु, भन्ने उधेश्यले दुबई गएँ। त्यहाँ चारबर्ष जति काम् गरें। त्यसपछी नेपाल फर्किएँ ।
माइती घरमा पुग्नुभन्दा अघि खोलाखेते बाजेलाई चर्को स्वरले बोलाएँ, तर बाजे बोलेनन्। जुठेल्नोमा भाँड़ा माझ्दै गरेकी उनकी बुहारिले ति बाजेको मृत्यु भैसकेको बताईंन्।
म निराश भै घर पुगें । नयाँ भाईबुहारी पिढिंमा बसिरहेका थिए। आमाले भित्रबाट मेरो आवाज सुनी हतारिंदै आएर भनिन्। एलिना? तँ आईस्? सन्चै आईस्?
-अँ आमा सन्चै आईपुगे।
गाँउमा रहँदैबस्दै गर्दा एउटा केटाले सधै पछ्याईरह्यो मैले पहिलो प्रेममा, बिबाहामा धोका पाएको कुरा सम्झिएँ।सबै कुरा उसलाई भनें र पनि उस्ले दिएको हजारौं आश्वासन् ले मलाई परिबर्तन गर्यो। उस्ले मलाई गरेको प्रेम मैले बुझ्न सकिन। म प्रेममा यती सारै डुबेछु की, म निस्कनै नसक्ने भैछु। मेरो पेटमा उस्को नाशो हुर्कदै गरेको कुरा मलाई थाहा भयो तर जब मेरो पेटमा उस्को बच्चा भएको थाहा पाएँ तब मैले मेरो प्रेमिलाई खोजें तर कतै भेटाईन। माईति गाँउमा पनि ‘घर गरिखान नसकेकी बुहारी’, भन्न थाले जिबनमा निराशा छाईरहेको थियो। मेरो पेटमा बच्चा भएको कुरा सबैतिर थाहा भएछ।
म छाँगाबाट खसेजस्तै भएँ। मेरो जिबनमा फेरीपनी बज्रपात भयो, मैले फेरीपनी धोकापाएँ। म अब यो संसारमा रहनु उचित् छैन। धोका! धोका!!धोका!!!
एलिना रुँदै कोठाभित्र पसिन् । बाहिर पानी बर्षिरहेको थियो, आकाश गर्जदै चट्यांङ, हान्दैथियो । बिहान कोठामा पसेकी छोरी बेलुकासम्म बाहिर ननिस्किंदा आमालाई आश्चर्य लाग्यो । आमाले ढोका घच्घच्याउँदा ढोका खोलिएन। छोरीलाई बोलाउँदा छोरी नबोलेकोले आमालाई डर र शंका लाग्यो । भाई-बुहारी आए, ढोका बल गरेर बल्लतल्ल खोलियो तर भुंईमा लडिरहेको अबस्थामा छोरिले मुखमा फिंज निकाल्दै अन्तिम स्वाश फेर्दैथिईन्। नजिकै बिष को सानो सीसी थियो। गाउँमा सबैलाई खबर गरियो ,दौडाउँदै अस्पताल् लगियो तर बीच्बाटैमा एलिनाले आफ्नो जीबन अकाल् मैं गुमाईन् । उनले देखेको सपनाहरु, उनका चाहानाहरु अपुरो र अधुरो भयो। उनले साँचो प्रेमलाई चाहिन् तर ‘प्रेम’ उनिबाट भाग्यो। उनले निस्वार्थ प्रेम पाउन सकिनन्। एलिनाले जिबनमा प्रेम् र शान्तिको स्वाश फेर्न पाईनन् ।
आज बेंशीका काका साहिंली भाउजुको घरमा खोलाखेते बाजेको घरको आगन् हुँदै आए। काखिमा घिउ र चामल च्यापेर आए। एलिना जन्मेको खुशी मनाऊनलाई होइन तर तेर्हऔं दिनमा सान्त्वना दिन, सम्बेदना प्रकट गर्न……
प्रिय हो, तपाईंहरुले एलिनाको कथा पढ्नुभयो। यो सत्य कथा नै हो। तर केहि संपादन् गरि लेखिएको कथा, निराशाको कथा,धोका र अधुरो प्रेमको कथा…..।
साँचो प्रेम संसारमा पाउन गार्हो छ, त्यसैले संसारमा साँचो प्रेम नपाईने भएरनै परमेश्वरले स्वर्गबाट तपाईंलाई र मलाई प्रेम गर्न, प्रेम बाँड्न येशूख्रीष्ट संसारमा पठाउनुभयो, उहाँको प्रेम साँचो छ। हाम्रो अधर्मको प्रायश्चित् को निम्ति येशूले कलवरी क्रुसमा दिएको बलिदान् साँचो हो। उहाँमा धोका र छल भन्नेकुरा पाईंदैन। उहाँले हामीलाई स्वार्थी प्रेम् होईन, ईश्वरिय प्रेमगर्न सिकाउनुभएको छ। संसारको प्रेममा धोका र छल् हुन सक्छ तर जस्ले येशूको प्रेमलाई बुझ्छ, त्यहाँ धोका र छल् भन्नेकुरा पाईंदैन। येशुमा गाढा बिश्वाश राख्नेले एलिनाले जस्तै जीबन गुमाउनु पर्दैन। उहाँको प्रेमले खुशी दिन्छ, शान्ति दिन्छ, आनन्द दिन्छ अनि अनन्तको जीबन दिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved