Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नझरेका फुलहरुले आफ्नो ४१ ओै श्रृखला ” गीताञ्जली साँझ” मार्फत सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 3, 2024

हिमांशु राय, मोरङ। लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ श्रृखला अन्तर्गत ‘गीताञ्जली साँझ’ मोरङको विराटचौकमा सम्पन्न गरेको छ।

कार्यक्रममा समाजसेवी ललितबहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर थापा, दुष्यन्त भट्टराई,साहित्यकार पुरन राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरङचिङ साथै छवि वैरागी घिमिरे, जे.बि. थुलुङ,यमुना पराजुली,ई.सुरेशकुमार श्रेष्ठ, आइतराज लिम्बू,गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, लोक मोक्तान, राजेन्द्रबहादुर थापा, उत्सव थापा, दिलिप थापा,भीम अधिकारी, वीरेन्द्र श्रेष्ठ, माधव रेग्मी, यादव भट्टराई, गीता कुलुङ, शशी राई,वृषिका तुम्छा, रामकुमार प्रधान, मीना राई,नीरु बजगाईँ, सिर्जना नेपाल, तुलसा आचार्य, केशव कार्की, ज्ञानेन्द्र नेपाल, प्रदीप पराजुली, विराज लुइँटेल, प्रवीण साह, पर्शु खतिवडा लगायतका विभिन्न संघसंस्थामा आवद्ध साथै सर्जक-कलाकार महानुभावको उल्लेख्य सहभागिताले कार्यक्रमको शोभा बढेको प्रस्तोता केपी घिमिरेले बताएका छन् ।

कार्यक्रममा गायिका पम्फा चाहारलाई ‘कदरपत्र’द्वारा नझरेका फूलहरू सम्मान प्रदान गरिएको थियो। गीताञ्जली साँझमा पम्फा चाहार,दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, मेरिना राई, अनु बुढाथोकी गिरी र निशा कार्कीले विभिन्न गीतहरू गाएर दर्शक/स्रोतालाई साङ्गीतिक आनन्द प्रदान गरेका थिए।

कार्यक्रमका सभापति पुरन राईले नझरेका फूलहरूमार्फत सानो भए पनि सहयोग पठाएर गीतकार डि.पी. खनालको स्वास्थ्य लाभको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले देश तथा विदेशमा रहेका हरेक नेपाली स्रोता दर्शकले यसैगरी मनैदेखि सानो सानो सहयोग गरिदिए डि.पी. खनालको उपचारमा राहत पुग्ने कुरा समेत बताए।

साहित्यकार पुरन राई र केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले संयुक्तरूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले देशमा साहित्य,कला र संस्कृति धराशायी अवस्थामा रहेका बेला नझरेका फूलहरूले स्रष्टा सम्मान र पलेँटी शृङ्खला आयोजना गरेर यस क्षेत्रको संरक्षण र संवर्द्धनमा उल्लेख्य योगदान दिएको बताउँदै आगामी दिनमा नझरेका फूलहरूको शृङ्खला केराबारी गाउँपालिकामा पनि सञ्चालन गर्न आफू इच्छुक भएको र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मोरङको सुन्दरहरैँचा १०, विराटचोक स्थित प्लानेट लाउञ्जमा आयोजना गरिएको गीताञ्जली साँझलाई भव्य बनाउन साथ-सहयोगका लागि प्लानेट लाउञ्ज, रतन टेन्ट, श्री नारायण प्रिन्टिङ प्रेस, ग्राफिक हाउस, इटहरी साउन्ड लगायत सबैको सेवाप्रति प्रस्तोता घिमिरेले आभार व्यक्त गरेका छन्।

कार्यक्रम आयोजना मार्फत जम्मा गरिएको सहयोग रकम खर्च कटाएर डि.पी.खनालकै स्वास्थ्य उपचारका लागि पठाइदिने नझरेका फूलहरूद्वारा बताइएको छ। कार्यक्रममा नेपालका चर्चित गायक कलाकार गायनशिरोमणि रामकृष्ण ढकाल,गायकहरू हेमन्त शर्मा,तुलसी पराजुली,राज सिग्देल लगायतले सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved