Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकार र पत्रकारीता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2023

नेपालको पत्रकारीतामा बिकृति चाहिँ बढेकै छ भन्ने सामान्य नागरिकको पनि ठम्याइ छ।पत्रकार जति पार्टीको,नेताको भएपछी के आस गर्ने?ठुल-ठुला भनिने मिडिया हाउसहरु सब उधोगी,व्यवसायीहरुको हातमा। पत्रकार पनि नबिक्ने भए पो भन्नू बिक्ने,नबिके ज्यान मार्ने धम्की दिने गुन्डाहरुले सुरक्षा प्रशासनलाई मग्यो प्रशासन मौन बस्दिने।खोज पत्रकाररीता गर्न त अहिले दिवा सपना झै भएको छ।

पत्रकार बन्न नियम बिधि:-

एउटा मिडिया हाउस खोल्यो उ पत्रकार भइहाल्ने।एउटा नियम,विधि त हुन्छ होला नि पत्रकार हुन पनि?फेस्बुकमा पेज खोलेर,युटुब खोलेर भिडियो बनाउदैमा पत्रकार मानिदिनुपर्ने?क्यामेरा भिड्यो बोल्न जान्यो अनि उसलाइ पनि पत्रकार मानिदिनुपर्ने?क्यामेरा बोक्ने क्यामेरा मेन हुन्छ,बोल्न जान्ने मान्छे कि त समाचार बाचक हुन्छ कि कार्यक्रम प्रस्तोता हुन्छ त्यसलाइ संचारकर्मी भनिन्छ।तर नेपालमा सबै पत्रकार पो रे।

मिडिया हाउस संचालक:-

मिडिया हाउस संचालक प्राय अहिले त समाचार लेख्न जान्ने नै हुन्छन तर अझै पनि ठुल-ठुला मिडिया हाउसका संचालकहरु प्राय आफुलाइ पत्रकार भन्दा पनि मिडिया हाउस संचालक कै रुपमा चिनिन चाहान्छन र त्यसरी चिनि पनि रहेका छन तर मोफसलमा चाहिँ बिकृती यस्तो छ कि मिडिया हाउस खोल्छन समाचार लेख्न आउदैन आफुलाइ पत्रकार भनेर चिनाउन्छन।यो प्रवृत्ति चाहिँ गलत हो।

प्रधान सम्पादक,सम्पादक /सहसम्पादकको भुमिका:-

एउटा मिडिया हाउसमा सम्पादकको यति महत्त्वपूर्ण भुमिका हुन्छ।छापिने पत्रीका र अनलाइन डटकमको समाचारमा शब्द,भाषाहरु मिलेकी मिलेनन।यो हाल्दा हुने कि नहुने।यसको असर कति पर्छ यस्ता थुप्रै कुरालाई नियाल्ने एउटा जिम्मेवार पद हो तर अहिले नेपालमा यसलाई पनि भद्दा मज्जाक बनाइराख्या छन।यो पनि सुदृढीकरण हुन जरुरी छ।

समाचार प्रमुखको भुमिका:-

समाचार प्रमुखको भुमिका एउटा मिडिया हाउसमा समाचार संकलन देखि त्यसलाइ सम्पादकलाई जिम्मेवारी लगाउने सम्मको जिम्मेवारी हुन्छ।यो पनि आफैमा पछिल्लो समय बदनाम छ।

पत्रकार:-

एउटा पत्रकार साच्चै नै निष्ठावान नहुने हो भने चाहिँ देशका हरेक अंगलाइ झक झकाइरहन्छन। तर अहिले त जो पनि पत्रकार जहाँ पनि पत्रकार जस्तो पनि पत्रकार अनि समाचार पनि उस्तै कि त पार्टीको कि त कार्यक्रम सम्पन्न भयो भनेर मात्र।त्यो भन्दा अरु लेख्न त आट पनि पुग्दैन।भुमाफिया, गुन्डाहरुले तर्साइहाल्छन।एउटा पत्रकारलाई एउटा मिडिया हाउसले कति नै दिन सक्ला र?सुरक्षाको दृष्टिकोणले त झनै नसोचे पनि भयो।अझ पत्रकार त बजारमा जहाँ पनि जहिले पनि पाइने आलु जस्तो भयो।

खोज पत्रकारीता:-

यो एउटा यस्तो क्षेत्र हो जहाँ गाउँ गाउमा गएर त्यहाको भ्रस्टाचार त्यहाको समस्या,त्यहाको जनताको गुनासो बारे खोज्नु पर्छ बुझ्नुपर्छ वास्तविकतामा।तर अहिले खोज पत्रकारिता कस्तो भयो भने गाउँ गाउँ जाने जनप्रतिनिधि भेट्ने बुम तेर्साउने अनि जिल्लामा गएर समाचार बनाउने। यसले पनि खोज पत्रकारिता माथी प्रश्न तेर्साएको छ ।

अन्त्यमा,
अब यी सबको विकल्प खोज्नुपर्छ।सबैलाई एक ठाउमा ल्याएर नियम र विधि सिकाउनुपर्छ यो बारे सम्बन्धित पक्षको ध्यान जानुपर्छ।

: लेखक अविन मेन्याङ्बाे सूचना चाैतारी डट कमका लागि  रिपाेर्टर हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved