नेपालको पत्रकारीतामा बिकृति चाहिँ बढेकै छ भन्ने सामान्य नागरिकको पनि ठम्याइ छ।पत्रकार जति पार्टीको,नेताको भएपछी के आस गर्ने?ठुल-ठुला भनिने मिडिया हाउसहरु सब उधोगी,व्यवसायीहरुको हातमा। पत्रकार पनि नबिक्ने भए पो भन्नू बिक्ने,नबिके ज्यान मार्ने धम्की दिने गुन्डाहरुले सुरक्षा प्रशासनलाई मग्यो प्रशासन मौन बस्दिने।खोज पत्रकाररीता गर्न त अहिले दिवा सपना झै भएको छ।
पत्रकार बन्न नियम बिधि:-

एउटा मिडिया हाउस खोल्यो उ पत्रकार भइहाल्ने।एउटा नियम,विधि त हुन्छ होला नि पत्रकार हुन पनि?फेस्बुकमा पेज खोलेर,युटुब खोलेर भिडियो बनाउदैमा पत्रकार मानिदिनुपर्ने?क्यामेरा भिड्यो बोल्न जान्यो अनि उसलाइ पनि पत्रकार मानिदिनुपर्ने?क्यामेरा बोक्ने क्यामेरा मेन हुन्छ,बोल्न जान्ने मान्छे कि त समाचार बाचक हुन्छ कि कार्यक्रम प्रस्तोता हुन्छ त्यसलाइ संचारकर्मी भनिन्छ।तर नेपालमा सबै पत्रकार पो रे।
मिडिया हाउस संचालक:-
मिडिया हाउस संचालक प्राय अहिले त समाचार लेख्न जान्ने नै हुन्छन तर अझै पनि ठुल-ठुला मिडिया हाउसका संचालकहरु प्राय आफुलाइ पत्रकार भन्दा पनि मिडिया हाउस संचालक कै रुपमा चिनिन चाहान्छन र त्यसरी चिनि पनि रहेका छन तर मोफसलमा चाहिँ बिकृती यस्तो छ कि मिडिया हाउस खोल्छन समाचार लेख्न आउदैन आफुलाइ पत्रकार भनेर चिनाउन्छन।यो प्रवृत्ति चाहिँ गलत हो।
प्रधान सम्पादक,सम्पादक /सहसम्पादकको भुमिका:-
एउटा मिडिया हाउसमा सम्पादकको यति महत्त्वपूर्ण भुमिका हुन्छ।छापिने पत्रीका र अनलाइन डटकमको समाचारमा शब्द,भाषाहरु मिलेकी मिलेनन।यो हाल्दा हुने कि नहुने।यसको असर कति पर्छ यस्ता थुप्रै कुरालाई नियाल्ने एउटा जिम्मेवार पद हो तर अहिले नेपालमा यसलाई पनि भद्दा मज्जाक बनाइराख्या छन।यो पनि सुदृढीकरण हुन जरुरी छ।
समाचार प्रमुखको भुमिका:-
समाचार प्रमुखको भुमिका एउटा मिडिया हाउसमा समाचार संकलन देखि त्यसलाइ सम्पादकलाई जिम्मेवारी लगाउने सम्मको जिम्मेवारी हुन्छ।यो पनि आफैमा पछिल्लो समय बदनाम छ।
पत्रकार:-
एउटा पत्रकार साच्चै नै निष्ठावान नहुने हो भने चाहिँ देशका हरेक अंगलाइ झक झकाइरहन्छन। तर अहिले त जो पनि पत्रकार जहाँ पनि पत्रकार जस्तो पनि पत्रकार अनि समाचार पनि उस्तै कि त पार्टीको कि त कार्यक्रम सम्पन्न भयो भनेर मात्र।त्यो भन्दा अरु लेख्न त आट पनि पुग्दैन।भुमाफिया, गुन्डाहरुले तर्साइहाल्छन।एउटा पत्रकारलाई एउटा मिडिया हाउसले कति नै दिन सक्ला र?सुरक्षाको दृष्टिकोणले त झनै नसोचे पनि भयो।अझ पत्रकार त बजारमा जहाँ पनि जहिले पनि पाइने आलु जस्तो भयो।
खोज पत्रकारीता:-
यो एउटा यस्तो क्षेत्र हो जहाँ गाउँ गाउमा गएर त्यहाको भ्रस्टाचार त्यहाको समस्या,त्यहाको जनताको गुनासो बारे खोज्नु पर्छ बुझ्नुपर्छ वास्तविकतामा।तर अहिले खोज पत्रकारिता कस्तो भयो भने गाउँ गाउँ जाने जनप्रतिनिधि भेट्ने बुम तेर्साउने अनि जिल्लामा गएर समाचार बनाउने। यसले पनि खोज पत्रकारिता माथी प्रश्न तेर्साएको छ ।
अन्त्यमा,
अब यी सबको विकल्प खोज्नुपर्छ।सबैलाई एक ठाउमा ल्याएर नियम र विधि सिकाउनुपर्छ यो बारे सम्बन्धित पक्षको ध्यान जानुपर्छ।
: लेखक अविन मेन्याङ्बाे सूचना चाैतारी डट कमका लागि रिपाेर्टर हुन्।










